• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचन प्रणाली परिवर्तनको बहस : ‘नाच्न जान्दैन आँगन टेढो’ !

64x64
किशोर दहाल शुक्रबार, साउन २६, २०८०  २०:०७
1140x725

काठमाडौं– नेपाली कांग्रेसको गत साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रदीप पौडेलले भने, ‘अहिलेको विद्यमान व्यवस्थाभित्रबाट कसैले पनि बहुमत ल्याउने स्थिति छैन। स्थिरता दिने स्थिति छैन। निर्वाचनभन्दा अगाडि गठबन्धन गर्नुहुँदैन भनिरहँदा त्यसको सान्दर्भिकता अन्त्य गर्ने स्थिति छैन। त्यसैले केही संवैधानिक प्रावधानहरूलाई संशोधन गर्नका निम्ति नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्छ।’

कांग्रेस बैठकमा अहिलेको निर्वाचन प्रणालीप्रति असन्तुष्टि राख्ने केही सदस्यमध्येका हुन्, पौडेल। उनले अहिलेको निर्वाचन प्रणाली परिवर्तन गरेर प्रतिनिधि सभामा समानुपातिक समावेशी प्रतिनिधित्व हुने गरी प्रत्यक्ष निर्वाचनको व्यवस्था गरिनुपर्ने बताए। उनले प्रतिनिधि सभामा २०१ सिटमा निर्वाचन हुने व्यवस्था गरिनुपर्ने प्रस्ताव पनि राखे।

बैठकमा पौडेलका अतिरिक्त चिनकाजी श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, गोविन्द भट्टराई लगायतका नेताहरूले पनि अहिलेको निर्वाचन प्रणालीप्रति कटाक्ष गर्दै परिवर्तनको पक्षमा धारणा राखेका थिए। 

स्थिरता र समृद्धिका लागि बहुमत?
यसअघि पार्टीहरूको बैठकमा निर्वाचन प्रणालीप्रति चर्चा हुने गरेको थियो। मुख्यतः प्रत्यक्षतर्फको निर्वाचन भड्किलो र खर्चिलो भएकाले इमानदार, आस्थाको राजनीति गरेका, तर पैसा खर्च गर्न नसक्नेहरूले उम्मेदवार नै बन्न नसक्ने स्थिति उत्पन्न भएको तर्क गरिन्थ्यो। र निर्वाचनलाई कम खर्चिलो बनाइनुपर्ने उपाय खोजी हुनुपर्ने प्रस्ताव राखिन्थ्यो। तत्कालीन नेकपादेखि अहिलेका एमाले र माओवादी केन्द्र लगायतका सबै जसो पार्टीमा यो विषय जोडतोडका साथ उठ्ने गरेको थियो, छ।

यसपटकको कांग्रेस बैठकमा भने अहिलेको निर्वाचन प्रणालीले स्थिरताको नदिने र त्यसले समृद्धि हासिल गर्न नसकिएको भन्दै परिवर्तन गर्नुपर्ने आवाज उठेको हो। जस्तो कि, चिनकाजी श्रेष्ठले ‘हंग पार्लियामेन्ट’का कारण अस्थिर सरकार बन्ने र एकले अर्काको खुट्टा तान्ने गर्दा राजनीतिक अस्थिरता आएको बताए। अर्का नेता गोविन्द भट्टराईले राजनीतिक स्थिरतासँग सुशासन पनि जोडिएर आउने तर्क गर्दै निर्वाचन प्रणाली परिवर्तनको पक्षमा उभिए। ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक अस्थिरताकै कारण मुलुकले अपेक्षित समृद्धि हासिल गर्न नसकेको तर्क गरे।

कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रतिनिधि सभाको निर्वाचन प्रत्यक्ष प्रणालीबाट मात्रै गरेर एउटा पार्टीको बहुमत आउने स्थिति बनाउनुपर्ने वकालत गरेको देखिन्छ। त्यसो गर्न सकिए स्थिर सरकार बन्ने र त्यसले समृद्धि र सुशासनको आकांक्षा पूरा हुने उनीहरुको पुरक तर्क देखिन्छ।

कांग्रेस बैठकमा उठेको र अन्यले पनि सरोकार राख्ने गरेको यो विषयलाई नेपालकै विगतले के भन्छ त? त्यस्ता दाबी कति तथ्यगत देखिन्छ? त्यसका लागि अस्थिर शासनको गणना गरिने २०४८ पछिको अवधिलाई केलाएर हेर्न सकिन्छ।

२०४८ र २०५६ मा कांग्रेसले एकल बहुमत पाएको थियो। र एकलौटी सरकार पनि बनाएको थियो। तर, आन्तरिक द्वन्द्वको सिकार भयो। २०४८ को निर्वाचनपछि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले २०५१ मा प्रतिनिधि सभा विघटन गरे। २०५६ पछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए। तर दलभित्रको किचलोका कारण एक वर्ष पनि सरकार चलाउन सकेनन्। निर्वाचनको ३ वर्षमा ३ वटा सरकार बन्यो, प्रतिनिधि सभा पनि विघटन गरियो।

nimb
nimb
Ncell 2
Ncell 2

२०७४ को निर्वाचनका क्रममा एमाले र माओवादी केन्द्रले स्थिरता र समृद्धिको नारा नै दिएका थिए। उनीहरूको अजेन्डालाई जनताले अनुमोदन पनि गरे। निर्वाचनपछि पार्टी एकता भएका कारण संसद्‌मा तत्कालीन नेकपाको एकल बहुमतको स्थिति बनेको थियो। तर त्यो पार्टी आन्तरिक द्वन्द्वकै सिकार भयो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे। किचलोकै कारण पार्टी पनि विभाजन भयो।

एउटै पार्टीको बहुमत भएको ती समयमा पनि सुशासन कायम भएको थियो भनेर दाबी गर्ने उदाहरण छैन, त्यस्तो दाबीलाई बलियो तुल्याउने सैद्धान्तिक आधार पनि छैन। निर्वाचनको पर्यवेक्षण र विविध पाटोमा अध्ययन अनुसन्धान गर्दै आएको संस्था ‘डेमोक्रेसी रिसोर्स सेन्टर’का रिसर्चर ईश्वरी भट्टराई भन्छन्, ‘कुनै एकल पार्टीको बहुमत र राजनीतिक स्थिरता तथा सुशासनको सिधा सम्बन्ध छैन, यसलाई अन्य धेरै कारकले प्रभाव पार्न सक्छन्।’

नेपालको हालको मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक) आफैंमा खराब नभएको, बरु पात्रहरू खराब छन् भन्न सकिने भट्टराईको तर्क छ। उनीहरुबाट आफैंले निर्माण गरेको विधि, पद्धति, कानुन मिच्ने काम भएको उनी बतताउँछन्। ‘जुन दल र राजनीतिक नेतृत्वले हालको निर्वाचन प्रणाली फेर्नुपर्छ भनेका छन्, ती दलहरूभित्रै समस्या छ। तिनीहरु खास अर्थमा समानुपातिक समावेशिताको मूल उद्देश्य र प्रणाली र संविधानको मर्म अनुरूप चल्न नसकेका समूह हुन्,’ उनी भन्छन्, ‘आन्दोलनको जगमा स्थापित यो संरचना भत्काउनका लागि परम्परागत वर्चस्वशाली वर्ग तथा जातीय समुदायका व्यक्तिहरूबाट बारम्बार आवाज उठ्ने गरेको छ। सीमान्तकृत पृष्ठभूमिका नागरिकहरूबाट यस्तो आवाज खासै उठेको पाइँदैन। त्यसैले नाच्न नजान्ने पात्रहरूले आँगन टेढो देखेको भन्न सकिन्छ।’

प्रहारको केन्द्रमा समानुपातिक प्रणाली
कांग्रेस बैठकमा चिनकाजी श्रेष्ठले प्रतिनिधि सभामा समानुपातिक प्रणालीलाई समस्याको रुपमा चित्रित गर्दै त्यसलाई हटाउनुपर्ने प्रस्ताव गरेका थिए। त्यसो गर्न सकिए बहुमतको सरकार बन्न सक्ने सम्भावना उनले प्रस्तुत गरेका थिए। ‘तपाईंहरूले प्रतिनिधि सभामा समानुपातिकको व्यवस्था हटाउनुस् त, सबै सिट कांग्रेस, एमाले र माओवादीलाई बाँड्नुस् त, बहुमतको सरकार बन्ने सम्भावना करिबकरिब हुन्छ,’ उनको तर्क थियो, ‘यो मूल समस्यालाई हामीले हटायौँ भने, यसलाई समाधान गर्‍यौँ भने हाम्रा धेरै राजनीतिक समस्या हल हुन्छ भन्ने मलाई लाग्छ।’

प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचितहरुको मात्रै सभा बनाउनुपर्ने प्रस्ताव अन्य सदस्यको पनि थियो। जस्तै, कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवाले नै नेतृत्व लिएर प्रतिनिधि सभालाई निर्वाचित जनप्रतिनिधिहरूको थलो र राष्ट्रिय सभालाई समानुपातिक समावेशीको थलो बनाएर देशलाई समृद्धिको बाटोमा अग्रसर गराउनुपर्ने बताएका थिए। पौडेलले पनि कांग्रेसकै नेतृत्वमा संविधान संशोधन गर्ने विषयलाई अगाडि बढाउनुपर्ने प्रस्ताव राखेका थिए। भट्टराईको धारणा पनि उस्तै थियो।

प्रतिनिधि सभामा बहुमत आउँदैमा स्थिर सरकार बन्ने र स्थिर सरकार बन्दैमा समृद्धि र सुशासन आउने विषय जसरी सन्देहको घेरामा छ, समानुपातिक प्रणाली हटाउँदैमा एउटा पार्टीको बहुमत आउने विषय उसैगरी सन्देहको घेरामा छ। समानुपातिक निर्वाचन प्रणाली समेत अपनाउन थालिएपछिका ४ वटा निर्वाचनले त्यो सन्देहलाई बलियो बनाउँछ।  २०६४, २०७०, २०७४, २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्यालाई सदनको आकार मान्ने हो र पार्टीहरूले जितेको सिट संख्या हेर्ने हो भने एकल बहुमत पुग्ने हम्मे परेको देखिन्छ। २०६४ मा माओवादी केन्द्रले २४० मध्ये १२० सिट जितेको थियो। तर, तुलनात्मक रुपमा सो संख्या ठूलो भएता पनि बलियो सरकारका लागि पर्याप्त संख्या होइन।

तर मुख्यतः नेपालमा समानुपातिक प्रणालीको समेत व्यवस्था गर्नुमा राज्यका लागि नीति निर्माण गर्ने स्थानमा राज्यको समग्र विशेषताको प्रतिनिधित्व होस् र त्यहाँबाट बन्ने नीतिमा सबैको अपनत्व स्थापित होस् भन्ने अभिप्राय निहित थियो। त्यो लोकतन्त्रको बृहत् मान्यतामा आधारित थियो। रिसर्चर भट्टराई भन्छन्, ‘समाजमा विद्यमान असमावेशिताको अवस्थालाई सम्बोधन गर्ने उपायस्वरूप अहिलेको निर्वाचन प्रणाली र विशेषगरी समानुपातिक निर्वाचन प्रणाली अपनाइएको हो। दलहरूले यसलाई विकृत बनाउन हरसम्भव प्रयास गर्दागर्दै पनि यसले सामाजिक विविधता तथा समावेशितालाई सम्बोधन गर्न कोसिस गरेको छ।’

नेपालमा प्रजातन्त्र पुन:स्थापना (२०४६) भएपछिका सबैजसो निर्वाचनमा संसद्/निर्वाचित प्रतिनिधिहरू असमावेशी थिए। आधा जनसंख्या ओगट्ने महिलाको उम्मेदवारी अनुपातलाई हेर्दा नै धेरै चित्र प्रष्ट हुन्छ। २०४८ मा कुल १३४५ उम्मेदवारमध्ये महिला केवल ८१ जना थिए, त्यसमध्ये ७ जनाले जितेका थिए। २०५१ मा कुल १४४२ उम्मेदवारमध्ये महिला ८६  जना थिए, ७ जनाले जितेका थिए। २०५६ मा २२३८ उम्मेदवारमध्ये महिला १४३ जना थिए, १२ जनाले जितेका थिए। २०६४ को निर्वाचनपछि पनि प्रत्यक्षतर्फ महिलाको उम्मेदवारीको अनुपात उल्लेखनीय रुपमा बढेको छैन तर समानुपातिक प्रणालीका कारण सदनमा झन्डै एक तिहाइ प्रतिनिधित्व भने सुनिश्चित हुने गरेको छ। यस्तै गरी विभिन्न समुदायको प्रतिनिधित्व पनि बढेको छ।

समावेशिता प्रवर्द्धन गर्न, समाजिक विविधतालाई समेट्न र लोकतन्त्रलाई सुदृढ गर्न समानुपातिक निर्वाचन प्रणाली नेपालको हकमा अत्यन्त सान्दर्भिक रहेको रिसर्चर भट्टराईको भनाइ छ। ‘समानुपातिक निर्वाचन प्रणालीको सौन्दर्य भनेको यसले नेपालको सामाजिक-राजनीतिक परिदृश्यबाट उब्जिएका विभेद लगायत धेरै सामाजिक चुनौतीहरूलाई धेरै हदसम्म सम्बोधन गर्छ र यसलाई दलहरूले विकृत नबनाएमा राजनीतिक प्रक्रियामा नागरिकको आवाज सुनिने माध्यम बन्छ,’ उनी भन्छन्। 

यद्यपि, नेपालमा समानुपातिक प्रणालीको अभ्यासमा विकृति भित्रिएको गुनासो नसुनिने होइन। समानुपातिक प्रणालीबाट सांसद बन्ने क्रममा पैसाको चलखेल हुने गरेको, शीर्ष नेताका आफन्त र पहुँचवालालाई सहज रुपमा निर्वाचित हुने वैकल्पिक उपायको रुपमा उपयोग भइरहेको गुनासो पनि सुनिने गरेको छ। जसले गर्दा यो प्रणालीको काम नै छैन भनेर आक्रोशित हुनेहरू पनि छन्। समानुपातिक प्रणालीप्रति यस किसिमको आलोचना र आक्रोश दलहरूको निकम्मापनको कारणले आएको भट्टराईको बुझाइ छ। ‘आक्रोशलाई कम गर्न प्रत्यक्ष निर्वाचनमै पनि जनसंख्याको अनुपातमा समावेशितालाई ध्यान दिनुपर्छ,’ उनी भन्छन्, ‘प्रत्यक्ष उम्मेदवारी समावेशी हुन पुगेमा समानुपातिकमा अझ समावेशी बनाउन सकिन्छ।’

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्