• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सदन निरन्तर अवरोध : ट्विटरबाट असन्तुष्टि पोख्दै रास्वपा सांसदहरु
64x64
नेपाल लाइभ मंगलबार, साउन २३, २०८०  १३:३२
1140x725

काठमाडौं- पछिल्लो समय साउन १० गतेदेखि प्रतिनिधि सभा अवरुद्ध छ। दुई वटा सुन प्रकरणलाई लिएर उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडान र त्यस्तो समिति आवश्यक नरहेको सत्तापक्षीयको बुझाइका बीच सभाको नियमित गतिविधिहरु प्रभावित भइरहेका छन्। कैयौँ दिनका बैठकहरु अन्तिम समयमा स्थगित भइरहेका छन्। राष्ट्रिय सभाका बैठक पनि प्रभावित भइरहेका छन्।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको असमझदारीले सदन अवरोध भइरहँदा अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने आफ्नो आवाज चेपिएको महसुस गरेको देखिन्छ। परिणामतः सो पार्टीका केही सांसदहरुले सामाजिक सञ्जालमार्फत सदन खुलाउनुपर्ने बताइरहेका छन्।

रास्वपाकी एक सांसद सुमना श्रेष्ठले 'फ्रिदपार्लियामेन्ट' ह्यासट्याग नै राखेर संसद्लाई बन्धनमुक्त बनाउन भनेकी छिन्। 'संसद जनताको हो। यो आधार हो। यो बिना सरकार छैन, कर छैन, केही छैन। धेरै लामो समयदेखि पर्दा पछाडि वार्ता गरिरहनुभएको छ। भ्रष्टाचार लुकाउन र भ्रष्टाचारीलाई जोगाउन जनतालाई भ्रममा पार्न धेरै आयोगहरू प्रयोग भएका छन्। जनताका लागि संसद खोल्नुपर्छ,' श्रेष्ठले लेखेकी छिन्।

श्रेष्ठको ट्विटमा दुई वटा विषय देखिन्छ। पहिलो, पर्दा पछाडि वार्ता भइरहेकोमा असन्तुष्टि। दोस्रो, एमालेले माग गरेको जस्तो आयोग जनतालाई भ्रम पार्न मात्रै हो।

हुन पनि पछिल्लो पटक सुन काण्ड सार्वजनिक भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवादहरु भइरहेका छन्। सभामुखको अग्रसरतामा पनि तीन मुख्य दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रतिनिधिबीच छलफल भइरहेका छन्। सदन खुलाउनका लागि वार्ता भइरहेको भनिए पनि ती वार्ता अनेकथरी भागबण्डामा पनि केन्द्रित हुने गरेको हालै सार्वजनिक एक विषयले प्रष्ट पार्छ।

Ncell 2
Ncell 2

सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले दलहरुबीच संसदीय समितिको नेतृत्वको भागबण्डा टुंगिसकेको ब्रिफिङ गरेका थिए। उनका अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, जसपाले १, एकीकृत समाजवादीले १ र जनमत पार्टीले १ समितिको सभापति पाउने सहमति भइसकेको छ। रोचक चाहिँ के छ भने, जसपा, एकीकृत समाजवादी, जनमत पार्टीले समेत समितिको नेतृत्व पाउने गरी 'पर्दाबाहिर' भागबण्डा गरिँदा तीभन्दा ठूलो दल रास्वपा र राप्रपालाई भने बेवास्ता गरिएको छ।

तीन दलबीचको छलफल र भागबण्डाप्रति रास्वपाका सांसदहरुको असन्तुष्टि व्यक्त गरेका छन्। सभापति रवि लामिछानेले लेखेका छन्, 'वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कैयौँ कानुन बनाउनु पर्नेछ, कैयौँ कानुनमा संशोधन छन्। जन सरोकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद..।'

रास्वापकै सांसद सोबिता गौतमले नेपालको सार्वभौम संसद दलीय भागबन्डाको बन्धक भएको उल्लेख गरेकी छिन्। 'कति विधेयकमा छलफल थियो, संशोधन थियो, जनताको आवाज बोल्नु थियो तर नेपालको सार्वभौम संसद दलीय स्वार्थको जालोमा जेलिएको छ। चल्नै सकेन !!!', उनले लेखेकी छिन्।

अर्की सांसद तोसिमा कार्कीले जनताको मुद्दा उठाउने ठाउँ चल्नै नदिएपछि मुद्दा कहाँ उठाउने? छलफल कहाँ गर्ने? भन्दै प्रश्न गरेकी छिन्। कविता- शैलीमा कार्कीले लेखेकी छिन्- 'सदन चल्छ भनि बोलाउने। अनि फेरि बन्द गर्ने। एक दिन हैन, दुई दिन हैन। पटक पटक यस्तै। सदन कसको हो? जनताको होइन? कसका लागि हो? जनताका लागि होइन? हामी प्रतिपक्षले सरकारलाई प्रश्न सोध्ने हो। अरे बाबा, प्रश्न सोध्नलाई सदन त चल्न दिनुपर्‍यो  नि!'

यो पनि पढ्नुहोस

जब अनियमितताका काण्ड सार्वजनिक हुन्छ, तब शीर्ष नेताबीच तीव्र भेट हुन्छ

यो पनि पढ्नुहोस

सदन ठप्प गरेर सामाजिक सञ्जालमा प्रतिपक्षी ‘धर्म’ निभाउँदै एमाले नेताहरु

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही
शिक्षा समितिको बैठक सुरू
गर्भपतनको कानुनी झन्झटले पीडित झन् पीडामा
सम्बन्धित सामग्री
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन्। बुधबार, जेठ ७, २०८२
विद्युत् प्राधिकरणको नाफा–घाटाबारे तीनवटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ बुधवार गभर्नर पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । बुधबार, जेठ ७, २०८२
ताजा समाचारसबै
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही बुधबार, जेठ ७, २०८२
शिक्षा समितिको बैठक सुरू बुधबार, जेठ ७, २०८२
गर्भपतनको कानुनी झन्झटले पीडित झन् पीडामा बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
चितवनलाई  पर्यटकीय राजधानी घोषणा गर्न माग बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्