• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सत्तालाई मात्र अन्तिम सत्य मान्दा हामी जनतासँग टाढिएका छौँ

शेखर कोइराला आइतबार, साउन ७, २०८०  १८:००
1140x725

आज हामी झण्डै एक वर्षको अन्तरालपछि यहाँ भेला भएका छौँ। कैयन साथीहरुलाई विधान विपरीत यसरी एक वर्षपछि भेला हुने अवस्था किन र कसरी उत्पन्न भयो होला भन्ने जिज्ञासा हुनसक्छ। यसको जवाफ सभापति र पदाधिकारी साथीहरुबाट आउने नै छ भन्ने विश्वास गरौँ। 

बैठक लाइभसम्बन्धी
अहिलेको विश्व लोकरिझ्याइँमा चलेको छ। सायद त्यसैको सिको हामी पनि गर्दैछौँ। केन्द्रीय समितिको बैठक लाइभ गर्नु त राम्रै हो र हाम्रा लागि नयाँ प्रयोग पनी हो। यसले पारदर्शितालाई प्रवर्धन त गरेको छ तर यो सुरु गर्दा कार्यविधि तय गरेर गरेको भए राम्रो हुने थियो जस्तो लाग्छ। कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्थ्यो। मलाई लाग्छ परराष्ट्र, समसामयिक विषयहरु, अन्तरदलीय विषय, निर्वाचन रणनीति आदि कुराको स्पष्ट गाइडलाइन बनाऔँ।

महामन्त्रीको सांगठानिक कार्यतालिका 
महामन्त्रीले प्रस्तुत गर्नु भएको पार्टीको सांगठानिक कार्यतालिका समग्रमा राम्रै छ। कांग्रेस मासबेस पार्टी भनिन्छ तर सांगठनिक कार्यक्रम क्याडरबेसमा आधारित देखिन्छ। केन्द्रले जिल्ला लगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउनुपर्ने प्रावधान थपिनुपर्छ। किनकी, यसले संघीयताप्रति हामी प्रतिबद्ध छौँ भन्ने कुरा उजागर गर्छ। अर्कोतर्फ अन्य महत्वपूर्ण नेताहरुको स्मृति दिवस छुटेको छ, ती पनि समावेश गरिनुपर्छ। 

गठबन्धनबारे
कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्‍यो भनी अब बस्ने समय छैन, आगामी निर्वाचनहरु कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानु पर्नेछ। किनकी, गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ।

गएको आम निर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसद्‌‌भित्र ठूलो दल भएको छ। ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न हामीलाई प्राविधिक कारणले सम्भव भएन तर पनि अहिले हाम्रो समर्थनको संघीय सरकार छ र प्रदेश सरकारमा पनी हामी छौँ। संसद्‌मा कांग्रेस पार्टीभित्र अपेक्षित ऊर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रो सामु छ। मलाई यो भनिरहँदा कुनै संकोच छैन कि, हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारहरुबाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीहरुबाट पनि चुनौतीको घेरामा छ। 

सरकारको कामकाज 
सरकारको कामकाज समीक्षा र प्रभावकारिताबारे अहिले भनिहाल्नुपर्ने समय भएको छैन तर गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरुले स्वत:स्फुर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा भने सोच्नु पर्ने समय आएको छ।

स्थानीय सरकारदेखि प्रदेश हुँदै केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरुबाट जन अपेक्षा अत्यन्त बढी छ र त्यस अनुरुप हामीले जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्य मात्र अन्धकार हुने होइन, नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहीन हुन जानेतर्फ साथीहरु सचेत हुनुहुनेछ। महँगी र कालाबजारीले जनता आक्रान्त छन्। जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन्। यसप्रति हामी र पार्टीबाट मन्त्री बनेकाहरुले गम्भीर हुनै पर्छ। कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउनेतर्फ साथीहरु सचेत हुनुहोला। 

दण्डहिनता
राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहिनता बढेर गएको छ। नीतिगत रुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ। हाल संसदमा रहेको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०८०’ तत्काल खारेज गरिनुपर्छ। यदि यो विधेयक संसदबाट पारित भए देशमा दण्डहिनताले संस्थागत रुप लिन्छ। जनता दण्डहिनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस भन्ने चाहना राख्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

अन्य राजनीतिक दल सम्बन्धी
समाजवादी मोर्चा किन बनेको हो? गठबन्धन भित्रैबाट बनेको यसको औचित्य के हो?

भ्रष्टाचार र सुशासन
भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिँड्छन्। कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन।

भुटानी शरणार्थी प्रकरण
भुटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशील र पेचिलो विषय हो। यस विषयमा केवल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था छैन। यो प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको छवि धमिलिएको छ। यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता छ। यस विषयमा यो केन्द्रीय समितिले पारदर्शिता र सुशासनका पक्षमा उभिन सक्ने नैतिक बल दिनेछ भन्ने विश्वास लिएको छु।

निर्वाचन प्रणाली
प्रत्यक्ष निर्वाचन प्रणाली भित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्छ। 

विदेशमा बस्ने नेपालीहरुको मताधिकार
विदेशमा बस्ने नेपालीहरुलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेको छ। यस सम्बन्धी कानुन बनाएर कार्यान्वयनका लागी कांग्रेस पार्टीले जोड दिनुपर्ने आवश्यकता छ। 

बदलिँदो भूराजनीति
बदलिँदो भूराजनीतिलाई मध्यनजर गर्दै नेपालको अन्तर्राष्ट्रिय कुटनीतिमा देखिएको असंगति र अस्थिरतालाई देशको जिम्मेवार र ठूलो पार्टीको नाताले एक पटक गम्भीरतापूर्वक सोचौँ, हामी अन्तर्राष्ट्रिय राजनीतिको क्रिडास्थल नबनौँ।

पार्टीमा एकताबद्ध हुन आह्वान
विभिन्न कारणले कांग्रेसको मुलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनक रुपमा घर फर्कने बाटो खोलिनुपर्छ। कांग्रेस पार्टीले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सबैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्न सके हामीसँग अनेकन कारणले असन्तुष्ट भएकालाई फेरि मुलधारमा ल्याउन सकिन्छ। तसर्थ यसअघि जुनसुकै कारणले कांग्रेसबाट अलग्गिएका साथीहरुलाई पार्टीमा पुनः एकताबद्ध हुन आह्वान गरौँ।

जनतासँग जोडौँ
सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको छ। हामी जनतासँग टाढिएका छौँ। जनता र हामीबीचको खाडल पुर्नुपर्ने अहिलेको पहिलो आवश्यकता हो। लोककल्याणकारी राज्य निर्माणमा हामी चुकेका छौँ। जसका कारण पार्टीमा नैतिक र सांस्कृतिक विचलन आएको छ। यसलाई क्रमशः न्यून गर्दै पार्टीको नैतिक पक्षलाई पुनर्स्थापित गरेर बीपी कोइराला लगायत हाम्रा अग्रजहरुको सोचको कांग्रेस फेरि निर्माण गर्नुछ। जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ।

तसर्थ नेपाली समाजको बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन पेसा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य नै भएको छ। पार्टीलाई देशभित्र र बाहिरका श्रमिक,विज्ञ, विशेषज्ञ, पूर्व प्रशासक र समाजका प्रतिष्ठित व्यक्तिहरुसँग नजोडी पुरानो शैलीमा मात्र पार्टी सञ्चालन गर्ने समय अब रहेन। त्यसकारण पार्टीका विभिन्न तहमा निश्चित प्रतिशत तय गरी यस्ता व्यक्तिबाट पार्टीले लाभ लिने व्यवस्था गरौँ।  

विधानअनुसार चलौँ
हाम्रो राजनीतिक भविष्य मात्र होइन देशको लोकतन्त्रको भविष्य पनि हाम्रो चरित्र र कार्यशैलीद्वारा निर्देशित हुन्छ। हामी सबै एउटा खेलको नियममा बाँधिएका छौँ र बाधिनु पर्छ। जसरी देश संविधानबाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट अगाडि बढाउने परम्परा बसालौँ। हाम्रा भ्रातृ र शुभेच्छुक संस्थाहरुलाई पनि विधान अनुरुप अगाडि बढाउने काम गरौँ। विधानले सबैले गर्ने काम तोकेको छ। हामी कतिले के-के गर्‍यौं, मनन गरौँ। लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप-प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो। यो राम्रो लक्षण हैन। यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ।

महासमिति बैठक 
१४औँ महाधिविशनले नेतृत्व चयन मात्र गर्‍यो। कुनै पनि पार्टी उसको नीति, सिद्धान्त र कार्ययोजनाले मात्रै जीवन्त रहन्छ। नेपाली कांग्रेस विचारले भरिएको पार्टी हो तर १४औँ महाधिवेशन पछाडि यसले आफ्नो राजनीतिक दस्तावेज ल्याएको छैन। अहिले पार्टीमा विचारको खडेरी छ। त्यसकारण विधान अनुसार अबिलम्व महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानु पर्छ। 

अन्त्यमा, 
पार्टी सुधारको कुरा कसैलाई सुनाउन वा देखाउनलाई होइन। पार्टीलाई जीवन्त र समय सापेक्ष राख्न हो। सस्तो लोकप्रियता र लहडले संगठन चल्दैन। परिपक्व र जिम्मेवार बनौँ। दूरदराजका जनताको आवाज सुनौँ। केवल शब्द रटानमा मात्रै होइन, व्यवहारिक रुपमै आफूलाई परिवर्तन गरौँ। विधानले व्यवस्था गरे अनुसार बसौँ र छलफल गरौँ। कांग्रेसलाई बहस, चिन्तन र विचारको नयाँ युगमा प्रवेश गराऔँ। कांग्रेस रुपान्तरण भनेकै यही हो। जय नेपाल। 

(कांग्रेस नेता शेखर कोइरालाले सानेपामा चलिरहेको केन्द्रीय समिति बैठकमा राखेको धारणा।)

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्