• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

कैलाश पर्वतको कठिन कोरा, जसले खाली खुट्टै पूरा गरे

64x64
नेपाल लाइभ सोमबार, असार २५, २०८०  ०६:५५
1140x725

काठमाडौं– हिन्दु तथा बौद्ध धर्मावलम्बी पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको यात्रालाई स्वर्गसँग जोडेर हेर्छन्। 

हिन्दु धर्मावलम्बीहरुमा कैलाशको दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ। हिन्दु र बौद्धसहित जैन र बोन धर्मका अनुयायी पनि कैलाश पर्वतको यात्रा तथा दर्शनका लागि पुग्छन्। 

हिन्दुहरुको पवित्र ग्रन्थ रामायणमा गरिएको बयानअनुसार मानसरोवरमा स्नान गर्ने र कैलाशको परिक्रमा गर्ने व्यक्ति सिधै ब्रह्मलोकमा पुग्न सक्छ भन्ने आमविश्वास छ। 

मानसरोवरको पानीलाई स्पर्श मात्रै गर्न सके मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता पनि छ। यही मान्यताका कारण जिन्दगीमा एक पटक कैलाश–मानसरोवरको दर्शन गर्नु आवश्यक छ भन्ने हिन्दु मान्यता रहेको छ।  

Yambahadur_KC_Kailash_Kora_21688897224.jpg

कैलाश पर्वतको यात्रामा जाने सबैले पूरै पर्वत परिक्रमा (स्थानीय तिब्बती भाषामा कोरा) गर्न सक्दैनन्। समुद्री सतहदेखि ५ हजार मिटर माथिको उचाइमा यात्रा गर्नु आफैंमा सकसपूर्ण हुन्छ। त्यसमाथि ३ दिनभन्दा बढी समय लाग्ने पर्वत परिक्रमा गर्न जो–सुकैले आँट देखाउन सक्दैनन्। 

म्यादीका ६० वर्षीय यम बहादुर केसीले भने ३ दिनमा कैलाश पर्वतको परिक्रमा पुरा गरेका छन्। उनले खाली खुट्टा नै पर्वतको परिक्रमा (कोरा) गरेका हुन्। 

Kailash_Yatra_41688951205.png

Ncell 2
Ncell 2

पथप्रदर्शक टीएन भट्टका अनुसार पछिल्लो समय यसरी कसैले पनि कोरा गरेका छैनन्।  ‘उहाँ (केसी)ले ३ दिन लगाएर खाली खुट्टा पूरै पर्वत परिक्रमा गर्नुभयो। उहाँले गरे जसरी विगत पछिल्ला वर्षमा कसैले पनि कोरा पुरा नगरेको रहेछ। केसीले कोरा पूरा गरेकामा यहाँका व्यवसायी र स्थानीयले उत्साह व्यक्त गर्नुभएको छ,’ भट्टले नेपाल लाइभसँग भने। 

भट्टका अनुसार केसीले गरेको कोरालाई असम्भव नै मानिन्छ। ‘उहाँले धेरै असहज मानिने ठाउँबाट पुरै पर्वतको परिक्रमा गर्नुभएको छ। जसका लागि सबैले हिम्मत जुटाउँदैनन् भनेर यहाँका स्थानीय पर्यटन व्यवसायीले पनि भनेका छन्। उहाँको यात्रालाई अभूतपूर्व भनेर प्रशंसा भइरहेको छ।’

भट्टका अनुसार कैलाश कोरा गर्न सामान्यतया ३ दिन लाग्छ। यस अवधिमा यात्रुले ५२ किलोमिटरको यात्रा गर्छन्। 

Yambahadur_KC_Kailash_Kora_31688897225.jpg

भट्टका अनुसार कैलाश पर्वतको परिक्रमा गर्न भनेर केही ठाउँमा गाडी तथा घोडा चढेर पनि यात्रा गर्छन्। तर कैलाश पर्वतको मूख्य बाहिरी कोरा भने ५ हजार मिटरको उचाइ पार गरेपछि मात्रै सुरु हुन्छ। केसीले ५ हजार मिटर माथिको उचाइमा पर्वत परिक्रमा गरेका हुन्। 

केसीले कोरा गरेको विषय चिनियाँ पर्यटकमाझ पनि चर्चित बनेको छ। त्यहाँ टिकटक लगायतका सञ्जालहरुमा केसीले कोरा गरेका भिडियोहरु भाइरल भइरहेका छन्। 

कसरी गर्ने यात्रा?
कैलाश यात्रा गर्न काठमाडौंबाट सिधै हवाई जहाजमार्फत् तिब्बतको ल्हासा पुग्ने पनि हुन्छन्। केही रुसुवाको केरुङ नाका हुँदै पनि यात्रामा जान्छन्। काठमाडौंबाट सडकमार्ग भएर जाने यात्रुहरुका लागि रसुवा नाका सहज हुन्छ। 

Kailash_Yatra_11688950985.png

रसुवाको केरुङ नाका पार गरेर चीनको सागा हुँदै सडकमार्गबाट मानसरोवर ताल पुग्न सकिन्छ।  यस्तै, हुम्लाको सिमिकोट हुँदै जाने रुट पनि बढी प्रचलनमा छ। सिमिकोटबाट हिल्सासम्म हेलिकोप्टरमा पुग्न सकिन्छ। हिल्सा नाका पार गरेर सडकमार्ग हुँदै मानसरोवर ताल पुगिन्छ। 

Kailash_Yatra_51688950989.png

मानसरोवर तालसम्मको यात्रा मात्रै तय गरेकाहरु त्यहाँ स्नान गरेर फर्किन्छन्। कैलाश पर्वतको दर्शन गर्न भने त्यहाँबाट पनि उचाइ चढ्नुपर्छ। 

मानसरोवर तालबाट करिब २० मिनेटको बस यात्रापछि कैलाशको बेसक्याम्प मानिने दार्चेन पुग्न सकिन्छ। दार्चेनपछि यमद्वार पुगिन्छ। हिँड्न नसक्ने बिरामी तथा वृद्धवृद्धाहरु यमद्वारबाटै कैलाशको दर्शन गरेर फर्कन्छन्। 

दार्चेनबाट ७ किमि यात्रा गरेर भ्याली अफ गड अर्थात् तारबुच्चे पुग्न सकिन्छ। तारबुच्चेबाट ६/७ किलोमिटर यात्रा गरेपछि डेरापुक पुग्न सकिन्छ। अधिकांश भक्तजनहरु डेरापुकमा बास बस्छन्। डेरापुक समुद्री सतहबाट करिब ४ हजार ९०० मिटरको उचाइमा पर्छ। 

Kailash_Yatra_31688950986.png

डेरापुकबाट करिब २२ किलोमिटरको यात्रापछि जजुलपुक पुग्न सकिन्छ। जुजुलपुक अर्थात् डोल्मा ला पाससम्मको यात्रालाई निकै कठिन मानिन्छ। यो यात्राको क्रममा पवित्र गौरीकुण्ड (ताल)को पनि दृश्यावलोकन गर्न पाइन्छ। 

Kailash_Yatra_21688950985.png

डोल्मा ला पासबाट करिब ३/४ घण्टा हिँडेपछि सागा पुगिन्छ। तीर्थयात्रीले सागा पुगेर आफ्नो कोरा टुंग्याउँछन्।


तस्बिर तथा भिडियो: टीएन भट्ट

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले
परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण - सभापति थापा
स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण - सभापति थापा बुधबार, माघ ७, २०८२
स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव बुधबार, माघ ७, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो बुधबार, माघ ७, २०८२
मुस्ताङमा चार जना उम्मेदवार बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
काँग्रेस विवाद : सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार मंगलबार, माघ ६, २०८२
कांग्रेस मुद्दा : रिट निवेदकको तर्फबाट बहस जारी मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्