• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जेठ २२ गतेसम्म ३ लाख मेट्रिक टन मल नेपाल भित्रियो, थप १ लाख टन समयमा आए अभाव नहुने

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३२, २०८०  ११:४९
1140x725

काठमाडौंं- चालु आर्थिक वर्ष २०७९/०८० को जेठ २२ गतेसम्म ३ लाख ३ हजार मेट्रिक टन मल नेपाल भित्रिएको छ। १ लाख ४ हजार ५ सय मेट्रिक टन भने आउन बाँकी रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बताएको छ। 

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार नेपालमा हाल हरेक वर्ष ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ। विगतको अनुभव हेर्दा सरकारी स्रोतबाट ४ लाख मेट्रिक टन मल आयात हुँदा अभाव नदेखिएको उनको भनाइ छ। 

यस्तै मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले राष्ट्रिय सभा अन्तर्गतको एक बैठकमा बोल्दै कृषकको लागि आवश्यक रासायनिक मल खरिदको लागि मन्त्रालयले खरिद सम्झौता गरिसकेकाले यस वर्ष रासायनिक मल अभाव नहुने बताएका थिए। साथै अर्को वर्षमा दायित्व सिर्जना हुने गरी मन्त्रालयको २ अर्ब ४० करोड र अर्थ मन्त्रालयको २ अर्ब ६० करोड गरी ५ अर्ब ७० करोडको मल खरिद गर्न लागेको समेत उनले बताएका थिए।

यो वर्ष अहिलेसम्मकै धेरै ४ लाख ७२ हजार मेट्रिक टन रासायनिक मल खरिदको टेण्डर निकालिएको र ५५ हजार मेट्रिक टन खरिद सम्झौता हुन बाँकी रहेको उनको भनाइ थियो।

समयमा मल आए अभाव नहुने
चालु आर्थिक वर्षमा रासायनिक मल अनुदानको लागि ३८ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन तथा स्रोत सुनिश्चित भएको थियो। जसमध्येबाट मल आपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई जिम्मा दिइएको थियो। 

टेण्डर आह्वान/सम्झौता गरेका कम्पनीले अहिलेसम्म ३ लाख ३ हजार मेट्रिक टन मल  ल्याइसकेका छन्। जसमध्ये गत आर्थिक वर्षको बाँकी मौज्दात सहित जम्मा २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भइसकेको छ। ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको छ भने अझै ठूलो परिणममा मल आउन बाँकी रहेको कृषि मन्त्रालयले जनाएको छ। जस अनुसार समयमै मल आइपुगे बाली लगाउने बेलामा अभाव नहुने देखिएको छ।

जसमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल भारतको विशाखापट्नम बन्दरगाहबाट नेपालको लागि चलान हुँदै गरेको र सोमध्ये केही मल वीरगञ्ज आइसकेको मन्त्रालयले बताएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गर्ने २७ हजार मेट्रिक टन युरिया कोलकोताबाट नेपालको लागि चलान हुँदै गरेको बताएको छ। सोमध्ये केही मल नेपाल भित्रिसकेको छ भने २५ हजार मेट्रिक टन डीएपी मल जेठ अन्तिमसम्म आइपुग्ने कम्पनीले जानकारी गराएको मन्त्रालयले बताएको छ।

Ncell 2
Ncell 2

कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने ५ हजार मेट्रिक टन पोटास र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गर्ने २ हजार ५ सय मेट्रिक टन पोटास भारतको विशाखापट्नम आइसकेको र भारत सरकार  डिपार्टमेन्ट अफ फेर्टिलाइजरले पुनः निर्यात अनुमति दिएपछि नेपालको लागि चलान हुने जानकारी प्राप्त भएको बताएको छ।

साल्ट ट्रेडिङले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मलका लागि जहाज चीनको लोड पोर्टमा लोडिङको क्रममा रहेको र सो मल जेठ ३२ सम्ममा कोलकाता आइपुग्ने जानकारी प्राप्त भएको बताएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने ३० हजार मेट्रिक टन युरियाको र २५ हजार मेट्रिक टन डीएपी मलको बोलपत्र सम्झौता भई प्रतितपत्र खोल्ने कार्य सम्पन्न भई समान सिपमेन्टको लागि जहाज लोड पोर्ट जाँदै गरेको जानकारी प्राप्त भएको बताएको छ। 

मलको मूल्य कति?
सरकारले किसानलाई अनुदानमा उपलब्ध गराउने मलको आयात विन्दुको बिक्री मूल्यः युरिया प्रति केजी १४ रुपैयाँ, डीएपी प्रति केजी ४३ रुपैयाँ र पोटास प्रति केजी ३१ रुपैयाँ रहेको छ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालयहरुको बिक्री मूल्य आयात बिन्दुको लागि तोकिएको मूल्यमा प्रति केजी १ रुपैयाँ, सञ्चालन खर्च र आयात बिन्दुदेखि बिक्री केन्द्रसम्मको लागि ढुवानी भाडा जोडी बिक्री मूल्य निर्धारण हुने व्यवस्था रहेको छ।

सहकारी एग्रोभेट तथा विभिन्न संस्थाहरु (डिलर)मार्फत गरिने रासायनिक मलको बिक्री मूल्य कृषि कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसन  लिमिटेडको बिक्री कार्यालयको मूल्यमा सञ्चालन खर्च र १ प्रति केजी थप गरी ढुवानी भाडा जोडी बिक्री मूल्य निर्धारण हुने व्यवस्था रहेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्