• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

उहाँले भन्नुभयो- योगमायाप्रति सहानुभूति होस् भनेर केही तथ्य लुकाउनुपर्‍यो

64x64
नेपाल लाइभ सोमबार, भदौ ११, २०७५  ११:४८
1140x725

काठमाडौं- 'चीरहरण' उपन्यासको चर्चा सेलाउन नपाउँदै ऐतिहासिक पात्रमाथि अर्को आख्यान तयार पारिन्, नीलम कार्की निहारिकाले। प्रथम विद्रोही महिलाको रुपमा चिनिएकी योगमायामाथि लेखिएको उपन्यास 'योगमाया'ले पनि उनलाई उत्तिकै चर्चा दिलायो। मदन पुरस्कारको उत्कृष्ट ८ पुस्तकको सूचीमा योगमायासमेत परेको थियो। यही उपन्यासका लागि मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार दिने निर्णय आज गरेको छ।

लेखक निहारिकासँग नेपाल लाइभका फणीन्द्र संगमले केही समयअघि अन्तर्वार्ता गरेका थिए। अहिले सान्दर्भिक लागेर पुन: उक्त अन्तर्वार्ता प्रकाशन गरेका छौं।

५०३ पृष्ठको मोटो पुस्तकमा अनगिन्ती पात्र जेलिएका छन्। संवाद र तिनीहरुसँग जोडिएका कथामा औपन्यासिक तत्व कति प्रतिशत हाबी छ?
पात्रहरु शतप्रतिशत नै सत्य हुन्। मुख्यमुख्य घटना र घटित तिथिमितिसम्म सही राख्ने कोसिस गरेकी छु। तर संवाद भने घटनालाई उतार्ने क्रममा लेखकका कल्पना केही मिसिएका छन्। प्राथमिक र द्वितीय स्रोतबाट लिइएको स्थलगत विवरणमै उपन्यास आधारित छ।

कसरी संयोजन गर्नुभयो यत्तिका पात्रलाई? यी सबैको नाम वास्तविक नै हो? 
सबैसबै पात्र यथार्थ हुन्। हो, पात्र संयोजनमा धेरै नै गाह्रो भयो। पात्रहरुको आन्तरिक पक्ष र संरचनालाई पनि ध्यान दिएँ। पात्र कति आफूभित्र नाता सम्बन्धमा थिए। त्यो गाँठोसम्म फुकाउने कोसिस गरेकी छु। त्यसका लागि उनीहरुको वंशावली नै मिहिन ढंगले अध्ययन गरेँ। कतिपयसँग त अन्तर्वार्ताकै क्रममा कुरा गरेकी छु।

यसअघिका प्राय: लेखकले योगमाया बालविधवा थिइन् भनेर उल्लेख गरेको पाइन्छ। तर तपाईंको उपन्यासले त्यो तथ्य काट्छ। उनी बाल विधवा थिइनन् भन्ने आधार के त?
योगमाया बालविधवा होइनन्। उनको प्रथम विवाह भोजपुर धोद्लेका ईश्वर पाध्य कोइरालासँग भएको थियो। घरमा अति कष्ट भएर माइतीको सान्निध्य खोज्दै एक रात उनी घर छाडेर हिँडिन्। घरमा नोसोधी हिँडेको भन्दै पछि घरमा भित्र्याउन मन्जुर भएनन्। त्यसपछि उनका पतिले शुभकन्या सुवेदी र दिलशोभा खड्का नाम गरेका दुई कन्यासँग विवाह गरेका छन्। अब भन्नुस्, घर छोडेर आएपछि पनि पतिले दुई जना विवाह गरेका छन् भने उनी कसरी बालविधवा हुन्?

उनी बालविधवा हुन् भनेर जे जति लेखिएका छन्, उसो भए ती सब झुट हुन्?
हो। कान्छी दिलशोभाबाट जन्मिएका छोरातर्फका नाति-पनातिहरु यद्यपि धोद्लेमै हुनुहुन्छ। अनुसन्धानको क्रममा त्यहाँ पुगेर नै मैले यो तथ्यप्रमाण जुटाएकी हुँ।

उपन्यास लेखनका क्रममा आफैं पनि योगमायाको साधनास्थल भोजपुरसँगै नजिकका जिल्लाहरु पुग्नुभयो। इतिहासलाई कसरी बंग्याइँदो रहेछ? हामी कसरी भ्रमपूर्ण सामग्री पढ्न बाध्य हुँदा रहेछौं?
मैले भेटेसम्म योगमायामाथि लेखिएका सामग्री अध्ययन गरेँ। ख्वाम्पालुङ हिमाल र आसामबाहेक म योगमाया पुगेका भनिएका र उनीसँग जोडिएर आएका ठाउँसम्म पुगेँ।

बालविधवाको कुरा गर्दा यसअघि अनुसन्धान गर्नुभएका एक अग्रजले भन्नुभएको थियो, ‘त्यो बेला योगमायाको बारेमा लेख्छु भन्दा समेत राम्रो मानिँदैन थियो। के त्यस्ती आइमाईको पछि लागेर हिँडेको भनिन्थ्यो। त्यसो हुँदा योगमायाप्रति सहानुभूति होस् भनेर पनि केही तथ्य लुकाउनुपर्‍यो।’

Ncell 2
Ncell 2
nimb
nimb

अर्को घटना पनि भनिहालूँ। अनुसन्धानकै क्रममा योगमायाबारे केही कलम पनि चलाइसक्नुभएका एक व्यक्तिले भन्नुभयो, ‘योगमायाको पटकपटक विवाह भएको भनेर तपाईं उल्लेख नगर्नुहोला। त्यो छोरी नैनकला पनि कोइरालाकै हो। घरबाट निस्किँदा योगमायाले गर्भमै लिएर आएकी थिइन् भनेर लेख्नुहोला।’

आफै आश्चर्यमा परेँ यस्ता कुरा सुन्दा। यस्ता यावत् केही कारण पनि हुने रहेछन्, इतिहासलाई प्रभाव पार्ने।

बार्बरा निम्रीले योगमायालिखित भजन सुनेर पारिजातलाई अंग्रेजीमा अनुवाद गर्न लगाएको प्रसंगबाट उपन्यासको उठान भएको छ। बार्बरा र योगमायाको सन्दर्भ कसरी जोडिन्छ?
बार्बरा आफ्नो अनुसन्धान क्रममा फर्किंएर आउँदा मनकामना बास बस्न पुग्नुभएको रहेछ। त्यही रात उहाँकै कोठामा सुतेकी एक महिलाले भजन गाएको सुनेपछि जिज्ञासा राख्दा गुरुको भजन भन्ने जवाफ पाउनुभएछ। गुरु भनेपछि पक्कै कुनै पुरुष होला भन्ने लागेछ उहाँलाई। तर जब महिला हुन् भन्ने थाहा भयो झन् बढी उत्साहित भएर बुझ्दै जानुभएछ। अनि ६८ जनाले योगमायाकै साथमा समाधि लिएको सुनेपछि तिनै भक्तहरुको साथ उहाँ मझुवाबेँसी पुगेर थप सोधखोज गरेको तथ्य फेला पर्छ। एक अनुयायीले हजुरवाणी (सर्वार्थ योगवाणी) दिएका रहेछन् र त्यही अनुवादका लागि भनेर उहाँले पारिजातलाई भेट्नुभएको रहेछ।

Xtrem

Xtrem

त्यो कठिन समयमा पनि एउटी नारीलाई विद्रोही र जब्बर बनाउन केले उक्सायो होला?
तत्कालीन समाज र परिस्थितिले। आफ्नै संघर्षपूर्ण जीवन भोगाइ अनि अनुभवले। सत्‌संग र ज्ञान चेतनाले।

अहिलेको समयमा पनि बालविवाह, छाउगोठको सकस, बलात्कार, महिलामाथि हिंसाका घटना भइरहेका छन्। तर योगमाया जसरी किन महिला/पुरुषमा विद्रोहको चेत आउन नसकेको?
मलाई पनि त्यही कुरामा आश्चर्य लाग्छ। योगमायाले अग्रणी भूमिका निभाएर सामाजिक आन्दोलनको प्रारम्भ गरेको सय वर्ष पुगिसकेको छ। नारीहरु आन्दोलित त छन्। केही मुद्दा सम्बोधित भएका पनि छन्। तर जुन रुपले अघि बढ्नुपर्ने हो हुन सकेको छैन। योगमायाले त्यो समयमै सामाजिक विकृति र नारीमाथिका शोषणविरुद्ध कदम उठाइन्, यद्यपि ती कायमै छन्। उत्पीडनका प्रकृति र स्वरूप  पृथक् होलान् तर प्रवृति उस्तैउस्तै हो। नारी मुक्तिका लागि आवाज बुलन्द हुँदै नभएको कहाँ हो र? संगठित रुपमा पनि अघि बढेकै छ तर जति सुनुवाइ हुनुपर्ने हो सुन्नुपर्नेहरुले कम सुनिदिएको हो जस्तो पनि लाग्छ। नारी उत्पीडनको संवेदनाले जति छुनुपर्ने हो त्यति किन छुन सकेको छैन? यो आफैंमा अचम्मलाग्दो विषय हो।

योगमायाको धार्मिक उद्देश्य या परम्परा खास के देखिन्छ? उनी जोसमनि सन्त परम्परासँग कति निकट छिन्?
योगमाया सन्त हुन्, त्यसमा दुई मत छैन। उनको धार्मिक उद्देश्य सामाजिक परिवर्तनसँग जोडिएको छ। उनी हरि भजनसँगै हजुरवाणी गाएर मानिसलाई सचेत तुल्याउने गर्थिन्। पशुपतिनाथको मन्दिर आएर श्री ३ जुद्ध शमशेरलाई भेटेर आफ्ना माग राख्थिन्। 

प्रारम्भमा उनी जोसमनि परम्परा निकट थिइन्। १९७३ मा आसामबाट फर्किएपछि केही महिना स्वर्गद्वारी गएर समेत बसिन्। तर मझुवाबेँसी फर्किसकेपछि भने केही मिल्दोजुल्दो पाइए पनि उनको बाटो अलि पृथक् बन्यो। उनको पद्धति फरक थियो। म त भन्छु- उनी आफ्नै सिद्धान्त अवलम्बन गर्दै कम्मर कसेर निरन्तर अघि बढेकी साहसी नारी थिइन्।

विधवाले बिहे गर्न पाउनुपर्ने, शिक्षामा भेदभाव गर्न नहुने, छुवाछुतमुक्त समाज लगायतका मागसहित तत्कालीन सरकारसामु योगमायाले पटकपटक पत्र पठाएको प्रसंग छ। उनकाे त्यहाँ 'धर्मराज्य'को परिकल्पना पनि छ। उनले चाहेको धर्मराज्य कस्तो हो?
धर्मराज्यको तात्पर्य सामाजिक विकृति-विसंगतिको अन्त्य, उचनिच, धनी-गरिब, नारी-पुरुष अर्थात् लिंगभेद, जातीय भेदभावविहीन उच्च मानवीय शासन व्यवस्था हो। धर्मराज्य भन्नु सुशासन पनि हो। 

योगमायाले १९८६ मा चन्द्र शमशेरलाई भेट्न भनी सहयोगी पठाए पनि उनको निधन भएकाले भेट नभएको भनिएको छ। सतीप्रथाको उन्मूलन त १९७७ मै भइसकेको थियो। के सतीप्रथा हट्नुमा योगमायाको आन्दोलनको पनि कतै भूमिका देखिन्छ?
सामाजिक सचेतनाका लागि भूमिका अवश्य छ। उनले मझुवाबेँसीमै बसेर चालेका कदम र उठाएका आवाज भारदारहरुको संयन्त्रमार्फत राणा सरकारको कानसम्म पुगेको हुनुपर्छ। तर प्रत्यक्ष रुपमा योगयायाका दूत राणासमक्ष सतीप्रथा उन्मूलनका लागि भिक्षापत्र लिएर पुगेका भने होइनन्। तर पनि पटकपटक योगमायाका अनुयायी राणा सरकार भेट्न काठमाडौं पुगेका थिए। 

प्रथम पटक गएको बखत सतीप्रथा र दासप्रथा उन्मूलन भइसकेको थियो। राष्ट्रबाट सम्बोधन भए पनि समाजमा त्यसखाले विकृतिको अवशेष बाँकी रहेकाले ती हटाउनका लागि पहल गरेकी हुन्। 

योगमाया भन्नासाथ सतीप्रथासँग मात्र जोडेर बुझ्न खोजिएको मैले पाएकी छु। त्यसबाहेक उनले समाजमा धेरै काम गरेकी छन्। सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक पक्षसँग सरोकार राख्ने विषयमा चेतना जगाउनुका साथै सरकारलाई प्रत्यक्ष दबाब दिने काम गरेकी छन्। हामीले योगमायालाई आंशिक होइन पूर्ण रुपमा बुझ्न जरुरी छ। आँखा बन्द गरेर हाती छामेझैँ आफ्ना भाषणमा योगमाया मिसाएर उदाहरण प्रस्तुत गरेर पुग्दैन उहाँलाई सही अर्थमा बुझ्दै गर्दा उहाँले उठाउनुभएका मुद्दाहरु केलाएर मनन गरी कदम चाल्न जरुरी छ।

भीम शमशेर हुँदै जुद्ध शमशेरसम्म आइपुग्दा पनि कतै सुनुवाइ भएन। यही कारण योगमायासहित ६८ जनाले १९९८ सालमा अरुण नदीमा हामफालेर समाधि लिएको इतिहास छ। तत्कालीन सत्तासामु उनले उठाएका अन्य मागचाहिँ केके थिए, जुन राणा सरकारले बेवास्ता गर्‍यो?
जातपात र छुवाछुतको अन्त्य, जात काढ्ने मुढ्ने चलनको अन्त्य हुनुपर्ने कुरा उनले उठाएकी थिइन्। नारीसहित सबै जातिले वेद पढ्न पाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, बालविवाह प्रथा बन्द गर्नुपर्ने, नारीको इच्छाबेगर सौता हाल्न नपाइने, विधवाले चाहेमा बिहेको स्वीकृति दिनुपर्ने जस्ता माग उनले उठाइन्। यति मात्र होइन घुसखोरी र न्यायको किनबेच अन्त्य हुनुपर्ने, गरिबलाई भूदान, धार्मिक शोषण तथा गरुड पुराण लाउन बन्द गर्नुपर्ने, माना पचीसा चलन र चक्रवृत्ति ब्याज हट्नुपर्ने, गाउँमा चरनको बन्दोबस्त हुनु पर्ने, सरल र सुलभ न्याय निसाफको व्यवस्था होस् भनेर उनले निरन्तर आवाज उठाएकी थिइन्।

योगमायाको मूलकथा भए पनि वाचिका उनको भाइबुहारी गंगा छिन्, उपन्यासको अन्तिमसम्मै। उनले योगमायालाई कुन रुपमा सहयोग पुर्‍याइन्?
योगमाया नेपाल फर्किएपछि नै उनको महत्वपूर्ण भूमिका रहेको छ। गंगाको माइतीतिर जेठो दाजुबाहेक अधिकांश योगमायाको पक्षमा थिए। उनका आमाबाबु योगमायासँगै मझुवाबेँसीमा कुटीमा रहनु, दाजु महानन्द पनि सुरुदेखि नै अनुयायी हुनु, भाइ प्रेम नारायणलाई लिन आसाम जानु र फर्किएपछि पनि योगमायाको अनुयायी हुनुले यस कुराको पुष्टि गर्छ। गंगा आमाजूलाई अति आदर र प्रेम गर्थिन्। सामाजिक कठिनाइ देखाएर आफ्ना पति अग्निधरले योगमायाबाट टाढा रहन निर्देशन दिँदा पनि उनले बरु पतिसँग विद्रोह गर्दै भए पनि अघि बढिरहिन्। पछि पति र शीलतामाई महामारीका कारण जेठी छोरी र एक छोरा गुमाएपछि बाँचेकी एक छोरी दुखुनालाई साथ लिएर भएको सम्पति जेठाजुको छोरा महेश्वरलाई जिम्मा लाएर योगमायासँगै उनी कुटीमा रहन थालिन्। संन्यास धारण गरिन्। योगमायालाई ठूली हजुर भनिन्थ्यो भने गंगालाई सानी हजुर भनेर सम्बोधन गरिन्थ्यो। गंगाको भूमिका र योगदान यसबाट पनि स्पष्ट हुन्छ।

महाभारतीय पात्र द्रौपदीलाई केन्द्रमा राखेर 'चीरहरण' उपन्यास लेख्नुभयो। अहिले ऐतिहासिक पात्र योगमायालाई लिएर यो उपन्यास लिएर आउनुभयो। भिन्न प्रकृतिका आख्यान लेखिइरहँदा अनुभूति कस्तो रह्यो?
जब प्रथम पुरुष दृष्टिबिन्दुमा लेखिन्छ। लेखुन्जेल त्यही पात्र भएर आफू बाँचिदो रहेछ। म दुवै पुस्तकमा पृथक् पृथक् पात्र भएर बाँचे। चीरहरणमा सेकेन्डरी स्रोत प्रयोग भएको थियो। योगमायामा प्राइमरी र सेकेन्डरी दुवै। अनुसन्धानको पाटो बेग्लै रह्यो। 

चीरहरणको परिवेश वस्तुस्थिति सबै काल्पनिक थियो। लेख्नुअघि हरेक दिन  कल्पनाको पुल बनाउनुपर्थ्यो र त्यहीँबाट यात्रा गर्नुपर्थ्यो। योगमायामा मैले स्थलगत अध्ययन पनि गरेकी थिएँ। तर केही कल्पना पनि गर्नुपर्योा। तर त्यसरी हरेक पटक कल्पनाकै पुल तरिराख्नुपरेन। 

दुवै लेख्दा मभित्रको संवेदना भने नराम्रो गरी दुख्यो। ऐतिहासिक विषय भएकाले घटना जस्ताको तस्तै शृंखलाबद्ध उतार्नुपर्यो। इतिहासको यथार्थमा औपन्यासिकता भरेर पठनीय बनाउनु चुनौती थियो मेरोसामु। योगमाया लेखनको अन्त्यतिर त मैले केही महिना उच्च रक्तचापको औषधि नै खानुपर्‍यो।

अबको कृति कुनै इतिहाससम्बद्ध हुनेछ कि फरक?
म अहिले नै यसै भन्न सक्ने अवस्थामा छैन। अहिले पढ्न मन भएका तर दुई वर्षयता पढ्न नपाएका पुस्तकको अध्ययनमा छु। लेखनको विषयगत सोच बनाइसकेको छैन। विधागत रुपमा भने अबको कृति मेरो उपन्यास नै हुनेछ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०७५  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्