रहस्यमय बन्दै पूर्वराजदूत झाको हत्या : पोलिग्राफ टेस्ट, घरकै कामदारमाथि प्रहरीको शंका

नेपाल लाइभ | २०७५ भदौ ११ सोमबार | Monday, August 27, 2018 ०१:१३:४६ मा प्रकाशित

काठमाडौं– पुर्वराजदूत केशबराज झाको हत्या घटनाको अनुसन्धानमा उनका तीन कामदारलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार उनका घरमा काम गर्ने सुरक्षा गार्ड कान्छाराम तामाङ र दुई मालीलाई थप अनुसन्धान गर्न म्याद दिएको हो। 

उनीहरुबाट थप कुराहरु प्रष्ट गराउन बाँकी रहेकाले म्याद लिइएको प्रहरीले जनाएको छ। 

गत सोमबार झाको बबरमहलस्थित घरभित्रै चक्कुले हानेर हत्या भएको थियो। एक हप्तासम्म प्रहरीले हत्यासम्बन्धि कुनै महत्वपूर्ण उपलब्धि हात पार्न सकेको छैन। 

प्रहरीले पक्राउ गरेका तीनै जनाको पोलिग्राफ टेष्ट पनि गरेको छ। जसमा उनीहरुमाथि थोरै मात्र शंका गर्ने ठाउँ भेटिएको प्रहरी भनाई छ। 

स्रोतका अनुसार पिंmगर प्रिन्ट लगायतको रिपोर्ट नआएसम्मका लागि उनीहरु प्रहरी हिरासतमै हुनेछन्। केही तथ्य खुल्न नसक्दा घटना झन् रहस्यमय बन्दै गएको प्रहरी अधिकारीहरु बताउँछन्। 

सम्बन्धित समाचारःएकान्त घरभित्रको रहस्यमय हत्या, पूर्वराजदूत केशवराज झा हत्याका ४ अनौठा तथ्य