• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

एकान्त घरभित्रको रहस्यमय हत्या

64x64
नेपाल लाइभ बुधबार, भदौ ६, २०७५  १२:१४
1140x725

काठमाडौं– पूर्वराजदूत केशवराज झाको किचनमा हरेक दिन बिहान ६ बजे चिया पाक्थ्यो। पालेको काम गर्ने कान्छाराम तामाङले पकाउँथे। झा दम्पती र तामाङ सँगै चिया पिउँथे। यो बिहान ६ बजेको नियमित दैनिकी थियो। 

सोमबार बिहान पनि बाहिरतर्फको भर्‍याङबाट तामाङ किचनमा गए। चिया तयार भयो। तर, झा किचनमा उक्लिएनन्। 

उनकी श्रीमती बोलाउन तल झरिन्। रगतमा लतपतिएको अवस्थामा श्रीमान्‌लाई देखेपछि उनले तामाङलाई बोलाइन्। त्यसपछि आफन्तलाई। 

उनलाई लाग्यो– श्रीमानले आत्महत्या गरे। आफन्तहरुलाई पनि त्यही भन्दै जानकारी गराइन्। आफन्तहरु घरमा आए। 

बिहान करिब ८ बजे प्रहरीको कन्ट्रोल १०० मा झाले आत्महत्या गरेको भन्दै सूचना आयो। सुरुमा महानगरीय प्रहरी वृत्त सिंहदरबाले घटनाको अनुसन्धान अघि बढायो। घटनास्थलमा पुग्दा आत्महत्या होइन हत्या जस्तो अवस्था देखिन्थ्यो। त्यसपछि प्रहरीका उच्च अधिकारी तथा अनुसन्धान अधिकृतहरु घटनास्थलमा पुगे।

घटनास्थल हेर्दा उनको हत्या नै भएको प्रारम्भिक निष्कर्षमा प्रहरीहरु पुगे। प्रहार गरिएको चक्कु घाँटीमै थियो। टाउको र अनुहार रगतमा लतपतिएको थियो। उनी उत्तानो अवस्थामा थिए।

सिरकको एक भाग रगतमा भिजेको थियो। 

प्रहरीले ‘हाई प्रोफाइल मर्डर’को अनुमान गरेर फरेन्सिकका चिकित्सक तथा तालिमप्राप्त कुकुरलाई झिकाएर अनुसन्धान अघि बढायो। कामदार तामाङ तथा घरमा बिहान बिहान आउने २ मालीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्‍यो।  लगातार तीन दिन उनीहरुमाथि अनुसन्धान गर्दा पनि प्रहरीले शंका गर्ने ठाउँ भेटेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

एकान्त घरभित्रको रहस्यमय हत्या 
बबरमहलको ओलम्पिया स्कुलसँगै जोडिएको छ, झा दम्पतीको पुरानो घर। ठूलो कम्पाउन्ड भएको त्यो घर कतिपय स्थानीयका लागि रहस्यमय लाग्थ्यो। राजधानीको केन्द्रमा रहेको घरमा चहलपहल हुँदैन थियो। घरका मान्छेहरु छिमेकीहरुसँग पनि त्यति घुलमिल थिएनन्। 

छिमेकी मात्र होइन श्रीमतीका आफन्तहरुसँग पनि खासै घुलमिल नहुने स्वभाव थियो झाको। कोही पाहुना आएमा पूरै घर पखाल्ने गर्थिन्। घरमा बाहिरी मान्छे आएको उनलाई मन पर्दैन थियो।
त्यही एकान्त घरभित्र आइतबार झाको रहस्यमय हत्या भयो। यो घटना काठमाडौंका थोरै रहस्यमय केसमध्ये एक भएको प्रहरी अधिकारीहरु बताउँछन्। 

८० वर्षको उमेरमा पनि झा सक्रिय जीवन जिइरहेका थिए। शनिबार मात्र एक कार्यक्रममा गएर भाषण गरेका थिए। उनी आफैं गाडी चलाउँथे। 

आयरल्यान्ड बस्ने छोराछोरीलाई बिदाइ गर्न शनिबार विमानस्थल गएका थिए उनी। केही दिनअघि छोराबुहारीले २५औं ‘म्यारिज एनिभर्सरी’को भव्य पार्टी दिएका थिए। एक छोरी राष्ट्रसंघीय निकायमा विदेशमा कार्यरत छिन्।

अवशकाप्राप्त जीवन उनी खुसीसाथ जिइरहेका थिए। केही दिनअघि मात्र आफूसँग उनले नेपालमा हुन गइहरकोे बिमस्टेक सम्मेलनका बारेमा छलफल गरेको नेपाल प्रहरीका पूर्व आइजिपी खड्गजित बराल बताउँछन्। 

हत्याको उदेश्य के? 
कुनै पनि हत्यामा मुख्यगरी तीन कारण हुन्छन्, पैसा, रिसिइवी र आवेग। 

हत्या योजनाबद्ध भएकाले आवेगमा भएको हुन सक्ने सम्भावना न्यून छ। झाको कोहीसँग रिसइवी नभएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ। झा दम्पती प्राय: एकान्तमा रमाउँथे। कसैसँग दुस्मनी नगर्ने उनीहरुको स्वभाव थियो। दुस्मनी पनि नहुनु र घरमा केही चोरी पनि नहुनुले हत्या रहस्यको चक्रव्यूहमा फसेको हो। उनीहरुले केही समयअघि मात्र बूढानीलकण्ठ क्षेत्रको जग्गा बिक्री गरेको बुझिएको छ। त्यही विषयसँग हत्याको सम्बन्ध रहेको आशंका पनि गरिएको छ। कोही लुटपाटका लागि घरभित्र छिरेको र झाको हत्यापछि केही नलिएर भागेको हुन सक्ने पनि प्रहरी आशंका छ। 

घटनाको प्रकृति हेर्दा घरबारे जानकारी भएको व्यक्ति संलग्न रहेको प्रहरी आशंका छ। 

अनुसन्धान गरिरहेका महानगरीय अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंह भने अनुसन्धानमा रहस्य खुल्ने दाबी गर्छन्। 

घटनाको ‘मोडस अपेरान्डी’का आधारमा अहिलेसम्ममा यो उपत्यकामा भएको रहस्यमय हत्या भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन्। तर, तथ्य फेला पार्नेबित्तिकै रहस्य खुल्न धेरै समय नलाग्ने उनीहरुको विश्वास छ।

 

झा हत्याका ४ अनौठा तथ्य 

१.घरभित्र कसरी छिरे हत्यारा? 
झाको घरमा दुई वटा गेट छन्। पश्चिमतर्फको ढोका खुल्ने गरेको छ भने पूर्वतर्फको सधैं बन्द। आइतबार बेलुका पश्चिमको पनि बन्द थियो। घरमा प्रवेश गर्ने अर्काे ढोका भनेको छतको हो। त्यो पनि बन्द थियो। 

त्यो अवस्थामा हत्यारा कसरी घरभित्र प्रवेश गरे?

पहिलो तलामा रहेको झ्यालबाट जाली काटिएको प्रहरीको आशंका छ। पहिलो तलामा झाकी श्रीमती सुन्ते कोठाको जाली काटिएको थियो। त्यहीबाट हत्यारा प्रवेश गरेको आँकलन छ। तर, काटिएको जालीमा खिया रहेकाले त्यहीबाट प्रवेश गरे भन्न गाह्रो रहेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी बताउँछन्। 

तर, झ्यालमै रहेको बेडमा उनकी श्रीमती सुतेकी थिइन्। त्यहाँबाट प्रवेश गर्दा पनि उनले थाहा नपाउनु अनौठो छ। 

अर्काे आश्चर्य भनेको उनीहरु कसरी झ्यालमा पुगे भन्ने हो। जहाँ भर्‍याङ नलगाईकन जान सकिँदैन। तर, भर्‍याङ लगाएको कुनै संकेत देखिन्न। भित्ताको एक ठाउँमा नांगो खुट्टाको डाम मात्र देखिन्छ। 

अहिलेसम्मको प्रहरी अनुसन्धानको रिपोर्टअनुसार उनीहरु घरसँगै रहेको आँपको रुखबाट छतमा चढे। छतमा रहेको झ्यालको जाली काटेर भित्र छिरे। तर, तल झर्ने कोठा बन्द थियो। त्यसपछि डोरीको सहायताले उनीहरुले छतबाट तल्लो झ्यालसम्म पुगेर भित्र प्रवेश गरेका हुन सक्छन्। हत्यापछि छतको ढोका नै खोलेर आँपको रुख हुँदै उनीहरु बाहिरिएको प्रहरी आशंका छ। 

२. अचम्मको हत्या 
हत्यामा संलग्न व्यक्तिहरुले झाको घरबाट केही नलिई गएका छन्। जसले हत्याकै लागि उनीहरु गएको जस्तो पनि देखिन्छ। 

तर, हत्या गर्नेहरुले उनकै घरको किचनको चक्कु प्रयोग गरेका छन्। हत्या किनै क्रूर प्रकृतिको छ। घाँटी तथा टाउकोमा जोडले चक्कुले हानेका छन् उनीहरुले। सुतिरहेकै अवस्थामा झाको हत्या भएको देखिन्छ। 

३. कुकुर किन चुप ? 
झा कुकुरलाई निकै माया गर्दथे। सधैं आफ्नै कोठामा सुताउँथे। त्यही कारण उनको कोठाको ढोका सधैं खुल्ला हुन्थ्यो। तर, मध्यरात कसैले हत्या गर्दा पनि कुकुरले कुनै प्रतिक्रिया नदिए जस्तो देखिन्छ। त्यसले अर्को रहस्य थपिदिएको छ। 

४. प्रमाण गुमनाम 
झ्यालमा रहेको किताबमा समेत रगत पुग्ने गरी झामाथि चक्कु प्रहार भएको छ। तर, घटनास्थलभन्दा बाहिर भने रगतको कतै प्रमाण भेटिन्न। जसले गर्दा  पेसेवर अपराधीले नै हत्या गरेको प्रहरी आशंका छ।

घरको बगैंचामा दुई वटा पञ्जा भेटिएका छन्। हत्यामा प्रयोग भएको आशंकामा प्रहरीले त्यसलाई बरामद गरेको छ। तर, घरमा अरु पञ्जा पनि त्यस्तै भएकाले घरमै भएको आशंका छ। 
 
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु
सुनको मूल्य वृद्धि
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेट
सम्बन्धित सामग्री
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
ताजा समाचारसबै
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक आइतबार, वैशाख ६, २०८३
संविधान संशोधनसम्बन्धी अध्ययन समितिलाई काँग्रेसद्वारा पूर्णता आइतबार, वैशाख ६, २०८३
दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु आइतबार, वैशाख ६, २०८३
सुनको मूल्य वृद्धि आइतबार, वैशाख ६, २०८३
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेट आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
देउवा पक्षद्वारा सर्वोच्चको फैसला स्वीकार, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी गगनलाई शनिबार, वैशाख ५, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने ट्रम्पको धम्की शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्