• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक : टुंग्याउने हतारोसँगै सांसदको प्रश्न- १६ वर्षसम्म कसका कारण रोकियो? 

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ५, २०८०  १६:०२
1140x725

काठमाडौं- लामो समयदेखि विवाद, चर्चा अनि चासोको विषय बन्दै आएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल सुरु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले छलफल सुरु गरेको हो।

मंसिर ४ गते भएको निर्वाचनपछि गठन भएको संसदका मिनी संसदहरु सुरु भएसँगै यो विधेयकमा पनि समितिले छलफल सुरु गरेको हो। राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चासो र गम्भीरतापूर्वक हेरिएको यो विधेयक टुङ्गोमा छिटो पुग्नुपर्ने सांसदहरुको हतारो देखिन्थ्यो। समितिको छलफलमा भाग लिएका अधिकांश सांसदहरुले विधेयकलाई छिटो टुंग्याउनुपर्ने र पीडितहरुलाई न्याय दिनुपर्ने साझा आवाज सुनिथ्यो। 

समितिको बैठकमा भाग लिएका सबै सांसदहरुले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण मेलमिलापसम्बन्धी ऐन संशोधन गर्न पेस भएको विधेयक अब लामो समय छलफलमै रोकेर राख्न नहुने भन्दै यसमा सबै सरोकारवालासँग कुरा गरेर पास गर्नुपर्ने बताए।

नेकपा एमालेका महेश बर्तौलाबाट सुरु भएको भनाइ नेकपा एमालेकै सांसद सुवासचन्द्र नेम्वाङसम्म पुगेर टुङ्गिदा सबैको चासो र भनाइ एउटै थियो, ‘विधेयक पास गर्न समय धेरै छैन। छिटो गर्नुपर्छ।’ 

समितिमा सबै सांसदहरुको यही धारणा बुझेपछि समितिको सभापतिले ११ सदस्य उपसमिति घोषणा गरेर उक्त समितिलाई तीन साताको समय पनि दिएका छन्। 

सुरुमा उक्त प्रस्ताव नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राखेका थिए। लेखकको भनाइमा अन्य सांसदहरुले सहमति जनाएपछि सभापतिले त्यसलाई निर्णयका लागि पेस गरेका थिए। सांसदहरुले उक्त प्रस्ताव स्वीकृत गरेका थिए। 

बैठकमा एमाले सचेतक महेश बर्तौलाले बैठकमा टीआरसी विधेयक चार लट छलफल भएर पारित गर्नुपर्ने तर्क अघि सारे। २०७१ सालमा ऐन बनेको र यस बीचमा केके उपलब्धि भयो, त्यो पनि समितिले अध्ययन गर्नुपर्ने उनले बताए। 

आयोगमा बसेर काम गरेका पूर्व पदाधिकारीहरुसँग पनि कुरा गर्नुपर्ने भन्दै उनले त्यसपछि मात्र बाँकी काम र कति काम भयो भन्ने यकिन  हुन सक्ने बताए। त्यस्तै उनले यो विधेयकसँग सरोकारवाला पहिलो पीडित समुदाय भएकाले उनीहरुसँग पनि कुरा गर्नुपर्ने तर्क अघि सारे। 
त्यस्तै विधेयकलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने र मानवअधिकार आयोगसँग पनि छलफल गर्नुपर्ने उनले बताए। त्यस्तै यो क्षेत्रका विज्ञहरुसँग पनि कुरा गर्नुपर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनीपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विधेयकको बारेमा कुरा राखे। उनले एक दशक लामो सशस्त्र द्वन्द्वका विषयमा निरुपण गर्न विधेयक पेस भएकाले सहज नभएको दाबी गरे। उनले यो काम १६ वर्षदेखि बाँकी भएकाले सहज नभएको दाबी पनि गरे। 

‘यो ऐतिहासिक जिम्मेवारीमा छौं। छलफल सुरु भएको छ,’ उनले भने, ‘यसलाई एउटा राम्रो कानुन बनाउन जरुरी छ। सबैको चित्त बुझाउन नसकिएला तर ठिकै छ भन्ने बनाउँ। सत्य जान्न पाउने, न्याय पाउने, परिपुरणको हक हुने र द्वन्द्वका घटनाहरु पुन: नदोहोरिने ग्यारेन्टीको कुरा विधेयकले समेट्नु पर्नेछ। यो विधेयक छिट्टै पास गर्नुपर्ने पनि छ।’ 

उनले सबै सरोकारवालासँग छलफल गर्न जरुरी हुने र यसमा पनि पीडित, विधेयकमाथि दर्ता भएका संशोधनकर्ता सांसदहरु, नागरिकसँग छलफल गरेर अघि बढ्नुपर्नेछ। उनले सबै कुरा मिलाउन उपसमिति बनाएर जाने प्रस्ताव अघि सारे।

उनीपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्ना कुरा राखे। उनले संक्रमणकालीन न्यायको प्रक्रियामा विगत लामो समयदेखि राज्यको लगानी भएको भन्दै यसलाई छिट्टै टुङ्गोमा पुर्‍याउनुपर्ने बताए। यसका लागि उपसमिति गठन गर्ने कुरामा आफ्नो सहमति रहेको उनले बताए।

Xtrem

Xtrem

उनीपछि राप्रपाका सांसद एवं पूर्व कानुनमन्त्री ध्रुवबहादुर प्रधानले आफ्नो कुरा राखे। उनले विगतमा एक पटक यो विधेयक सहमति हुने गरी छलफल भएको तर केही कुरा नमिलेका कारण रोकिएको भन्दै यसमा छलफल गरेर जानुपर्ने र  ऐतिहासिक जिम्मेवारी समितिको काँधमा आएको टिप्पणी गरे। 

जसपाका सांसद रञ्जुकुमार झाले विगतमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति सम्बन्धी आयोगहरुले गरेको कामहरुको पनि अध्ययन गर्नुपर्ने बताइन्। त्यस्तै अब बन्ने आयोगले कति दिनमा पूरा काम गर्छ सक्छ त्यो पनि विधेयकमा निश्चित गर्नुपर्ने उनले माग गरिन्। 

पीडित, द्वन्द्वका पक्ष र अन्य सबैको आँखाबाट नहेरी दुवै पक्षको जित हुने गरी विधेयक बनाउनुपर्ने उनको टिप्पणी थियो। 

नेपाली कांग्रेसका सांसद जीवन परियारले २०५२ सालमा पीडित भएको व्यक्तिले २८ वर्ष पुग्न लाग्दा समेत न्याय नपाउने कार्य अब समाप्त गर्नुपर्ने बताए। 

दुवै आयोगले कति काम गरे र कति बाँकी छन्, त्यसलाई निर्क्योल गरेर विधेयकमा अघि बढ्नुपर्ने परियारले बताए। उनले विधेयकमा चार वटा कुरा मिलाएर छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संक्रमणकालीन न्यायका विषयमा विगतमा काम भएकाले त्यसलाई साथै लिएर अघि बढ्नुपर्ने बताए। द्वन्द्वको घटना जति लामो समय राख्यो त्यति अप्ठ्यारो आउने देखिएकाले न्याय दिने कुरामा  ढिलाइ गर्न नहुने उनले बताए। 

सांसद नैनकला थापाले यो १६ वर्षसम्म किन अल्झेको हो यसलाई अब टुङ्गोमा पुग्ने गरी विधेयक अघि बढाउनुपर्ने बताइन्।

त्यस्तै रास्वपाकी सांसद सोविता गौतमले संक्रमणकालीन न्याय प्रक्रिया लामो समयदेखि अल्झिरहेको भन्दै ढिलो गर्न नहुने बताइन्। ढिलो न्याय दिनु न्याय नदिनु बराबर हुने भन्दै उनले यसलाई गिजोल्ने नभई समाधान हुने गरी ऐन बनाउनुपर्ने तर्क गरिन्। 

एकिकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले यो महत्वपूर्ण विधेयक भएकाले त्यही अनुसार छलफल हुनुपर्ने तर्क गरे। यो अन्तर्रास्ट्रिय जगतको पनि चासो रहेको विधेयक भएकाले समितिले त्यही स्तरमा काम गर्नुपर्ने उनले बताए।

त्यस्तै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले विगतमा भएका सहमतिहरुलाई हेरेर सहमति हुन नसकेको कुरामा छलफल गर्नुपर्ने बताए। 

अन्तिममा नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले समय लिँदै यो विधेयक नयाँ नभएको तर सहज पनि नभएको धारणा राखे। उनले आफू कोलम्बियाको द्वन्द्व पनि हेर्न पुगेको भन्दै त्यहाँको भन्दा नेपालले धेरै राम्रो गरिरहेको दाबी गरे। 

‘हिजोको भन्दा अहिलेको विधेयकमा धेरै परिमार्जन भएको छ। पुनरावेदनको अधिकार समावेश भएको छ। यसमा थप छलफल गर्न सकिन्छ। केही दिन समय भएको भए अघिल्लो पटक टुंगोमा पुर्‍याउन सकिन्थ्यो। तर यस पटक भने अवसर छ,’ उनले भने।

समितिले उक्त विधेयकमाथि छलफल गर्न ११ सदस्य उपसमिति गठन गरेको छ। उपसमितिमा नेपाली कांग्रेसबाट रमेश लेखक, जीवन परियार, सुशीला थिङ, नेकपा एमालेबाट सुवास नेम्वाङ, महेश बर्तौला, माओवादी केन्द्रबाट पूर्णबहादुर घर्ती र गोमा लाभ सापकोटा, स्वतन्त्र पार्टीबाट सन्तोष परियार, जसपाबाट रञ्जुकुमारी झा, राप्रपाबाट ध्रुवबहादुर प्रधान र एकीकृत समाजवादीवाट शेरबहादुर केसी उक्त समितिमा रहेका छन्। 
समितिले तीन साताको समय पाएको छ। उक्त अवधिमा विधेयकमाथि छलफल गरेर सहमति गर्दै समितिले प्रतिवेदन पेस गर्नेछ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्