• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

भुटानी शरणार्थी प्रकरण: प्रश्न पार्टीका शीर्ष नेताहरुमाथि पनि

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २९, २०८०  ११:०८
1140x725

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका सदस्यहरु र उनीहरुलाई सहयोग पुर्‍याउने राजनीतिक दलका केही नेताहरु यतिबेला अनुसन्धानको दायरामा तानिएका छन्। प्रहरीले बुधबार बिहान मात्रै पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ। पक्राउ पुर्जी जारी भएका एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी भने फरार नै छन्।

यो प्रकरणमा अझै प्रभावशाली नेताहरु पनि तानिनसक्ने प्रहरी स्रोतको भनाइ छ। कतिपय अप्रमाणित अडिओमा नाम मुछिएका कारण कांग्रेस नेता आरजु राणा, जो सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन्, माथि प्रश्न उठेको छ। भलै उनले अडिओबारे छानबिन गर्न माग गर्दै साइबर ब्यूरोमा उजुरी दिएकी छिन्। तर, उनीमाथि यसअघि पनि विभिन्न टिकाटिप्पणी हुने गरेका थिए। त्यसैले उनीमाथि उठेको प्रश्नले आम मान्छेको ध्यान खिंचिरहेको छ।

यतिबेला यो प्रकरणमा कांग्रेस र एमालेका नेताहरुमाथि पनि अनुसन्धान भइरहेको छ। खाण त देउवा नेतृत्वको अघिल्लो मन्त्रिपरिषद्‌मा गृहमन्त्री नै थिए। उनले पदमा रहँदा गिरोहको योजनामा काम गरेको आधार पाएपछि प्रहरीले पक्राउ परेको हो। पक्राउ परेका वा पक्राउ पुर्जी जारी भएका अन्य व्यक्तिहरुले पनि गिरोहलाई कुनै न कुनै रुपमा सहयोग गरेको र आर्थिक लाभ लिएको आधार पाइएको प्रहरीको भनाइ छ।

यतिबेला आमरुपमा चर्चा चलेका अन्य पात्रहरु पनि छन्। जसलाई पक्रन प्रहरीले थप प्रमाण संकलन गरिरहेको बताइन्छ। त्यस्तो चर्चामा खासगरी कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका केही नेताहरुकै नाम छ। उनीहरुको हकमा पनि प्रहरीले पारदर्शी र विश्वासिलो छानबिन प्रक्रिया अवलम्बन गर्नुपर्छ। दोषीहरुमाथि कारबाही हुने र निर्दोषहरुको चरित्रहत्या हुन नदिने सवालमा सबै सचेत बन्नुपर्छ। कानुनले पनि दोषी छुट्न नहुने र निर्दोष फस्न नहुने कल्पना गर्दछ। 

यतिबेला गिरोहका समूह वा गिरोहलाई सहयोग पुर्‍याउने राजनीतिक नेतृत्वमाथि जति प्रश्न उठेको छ, आरोपितलाई संरक्षण गर्न सम्बन्धित दलको मूल नेतृत्व सक्रिय भइरहेको सन्दर्भमा सोही प्रश्न उनीहरुतर्फ सोझिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जस्तो, तत्कालीन प्रधानमन्त्री देउवा र मन्त्री खाणको सवाल हेरौँ। पहिलो विषय, मन्त्रीका हरेक निर्णयहरुमा स्वतः प्रधानमन्त्रीको अपनत्व रहन्छ। रहनुपर्छ। अर्कोतिर, देउवा र खाण एकअर्काका राजनीतिक सारथि  हुन्। अब खाणको संलग्नताको जुन आरोप छ, त्यसको अन्तिम निर्क्यौल भविष्यमा हुने नै छ, तर अहिले खाणमाथिको आरोपको नैतिक जिम्मेवारी देउवाले पनि लिनु पर्ने  हुन्छ। आफ्नै मन्त्रिपरिषद्‌का एक सदस्य जो आफू निकट छन् उनी पक्राउ पर्दा देउवा चैं दुधले नुहाएको झैं चोखो हुन सक्छन् र ? तर आज  पार्टी सभापति रहेका देउवाले संगीन आरोपमा पक्राउ परिसक्दा पनि खाणलाई पार्टीबाट निलम्बन गर्न आवश्यक ठानेका छैनन्। उनी आफू निकट नेताहरुलाई खाणकाे बचाउमा लगाउँदै निलम्बनलाई धकेलिरहेका छन्। 

अर्कोतिर, टोपबहादुर रायमाझीको सवालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको दोहोरो भूमिका देखिएको छ। उनी एकातिर रायमाझी नभाग्ने बताइरहेका थिए, आफूले कुराकानी गरिरहेको पनि दाबी गरिरहेका थिए। तर रायमाझी सम्पर्कविहीन छन्, त्यो पनि उनले प्रत्यक्ष कुराकानी गरेकै समयदेखि। ओलीको पछिल्लो अभिव्यक्तिले पनि ओली र रायमाझीबीच प्रत्यक्ष/अप्रत्यक्ष संवाद भइरहेको सहज आकलन गर्न सकिन्छ। सार्वजनिक दबाब थेग्न नसकेपछि बुधबार एमालेले रायमाझीलाई निलम्बन गरेको घाम जत्तिकै छर्लंग छ। तर ओली भने शरणार्थी प्रकरणलाई पार्टीविरुद्धको षड्यन्त्रको रुपमा स्थापित गर्ने प्रयत्न गरिरहेका छन्।

ओलीमाथिको प्रश्न पनि त्यही हो, रायमाझीलाई एक आरोपितको रुपमा स्वतन्त्र अनुसन्धानमा सघाउन छाडेर उनी किन उत्तेजित भइरहेका छन्? उनी किन परस्पर नमिल्दा अभिव्यक्ति दिइरहेका छन्? उनी किन अन्य विषयलाई पनि जोड्दै ‘पख्लास्!’ भन्ने शैलीमा प्रस्तुत भइरहेका छन्?

के क्याबिनेटको शक्तिशाली मन्त्री यस्ता प्रकरणमा मुछिने, तर त्यही क्याबिनेटको नेतृत्व गर्ने प्रधानमन्त्री भने अन्जान थिए भनेर नागरिकले पत्याउँछन्? मन्त्रीमाथि दाग लाग्दा प्रधानमन्त्री कसरी दागरहित हुनसक्छ? के कुनै पार्टीका शक्तिशाली नेता यस्ता प्रकरणमा मुछिने, तर त्यही पार्टीको नेतृत्व प्रश्नबाहिर हुनसक्छ? हाम्रा पार्टीहरु कसरी चल्छन्, नेता-नेताबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने विषय आम बुझाइमा छैन र? कोही शीर्ष नेताले आफूलाई सफा देखाउन खोज्दैमा आम नागरिकले पत्याउने अवस्था अहिले छ र?

त्यसैले यतिबेला शीर्ष नेताहरुले यो प्रकरणमा आफ्नो संलग्नता छैन र आरोपितलाई सहयोग पनि गरेको छैन भनेर नागरिकलाई आश्वस्त तुल्याउन सक्नुपर्छ। अर्कोतिर, अनुसन्धान प्रक्रियामा रहेका नेताहरुलाई चोख्याउन कुनै खालको अवरोध गर्ने छैन भनी आश्वस्त तुल्याउनुपर्छ। शीर्ष नेताहरुको प्रारम्भिक सक्रियताको समय सन्दर्भले त्यस्तो वातावरण सुनिश्चित गर्न सकेको छैन। बरु आरोपितलाई बचाउन र अन्य कतिपयमाथि अनुसन्धान नै नगर्न दबाब बढाउने रणनीति अनुसार भेटघाट गरिरहेको सन्देश प्रवाह भइरहेको छ। उनीहरु नागरिकको प्रश्न र आशंकाप्रति सचेत बन्नुपर्छ।

अन्तिममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति प्रश्न सोधिनु वाञ्छनीय छ। उनले स्वतन्त्र रुपमा छानबिन हुने विश्वास दिलाउन सक्नुपर्छ। कसैमाथि नियत राखेर अनुसन्धान गरिएको होइन, बरु आगामी दिनमा यी र यस्तै प्रकरणहरुको क्रमैसँग छानबिन हुँदै जानेछ, त्यसमा पार्टी विशेषका नेताहरुकाे संलग्नतालाई आधार बनाइने छैन भनेर स्थापित गर्न सक्नुपर्छ।

समय यस्तो आएको छ, पुराना दलहरुप्रति आम नागरिकमा अविश्वास बढ्दो छ। त्यसको कैयौँ कारणमध्ये एक हो, आर्थिक अनियमिततामा ती पार्टीका नेताहरुको संलग्नता र पार्टीहरुको संरक्षण। त्यसैले यो प्रकरण पुराना दलहरुबीच आफूलाई शुद्धीकरण गर्ने अवसर पनि हो। खासगरी ती पार्टीभित्र रहेका पार्टी शुद्धीकरणका अभियन्ताहरुले यसलाई बढी महत्त्व दिनु जरुरी छ। जसबाट आरोपितलाई अनुसन्धान र कानुनी दायरामा ल्याउन बल पुगोस् र पार्टीहरूले संस्थागत रुपमा आरोपितको संरक्षण गर्ने प्रचलन अन्त्य होस्। होइन भने, ती पार्टीप्रति अविश्वास त गहिरिँदै जाने छ नै, थप पतनको बाटोमा पनि लैजाने छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ११:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्