• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जब २८ वर्ष जेल बसेर आएको छोरासँग संवाद गर्न आमालाई भाषाले छेक्यो

जन्म मितिबारेको एक त्रुटी जसले मृत्युको मुखमा पुर्‍यायो 
64x64
नेपाल लाइभ सोमबार, वैशाख ४, २०८०  १३:२८
1140x725

काठमाडौं– आउनुहोस् एक मानिसले भोगेको सपनाजस्तो कहानी पढौं। यो त्यो मान्छेको कहानी हो जसले २८ वर्ष एक कसुरमा जेल जीवन बिताए। जसको २५ वर्ष मृत्युदण्ड कुरेर मात्र बित्यो। यद्यपि, उक्त कसुरका लागि उनी अपराधी करार हुने/नहुने यकिन भने थिएन। गत महिना मात्र एक फैसलाबाट उनी जेलमुक्त भए। उनी हुन् भारतको राजस्थानका निरानाराम चेतनराम चौधरी। 

चौधरीले भोगेको यो लामो कहानीबारे बीबीसी विश्व सेवाका सौतिक विश्वासले तयार पारेको सामग्री पढौं।

२५ वर्षअघि एक किशोरलाई एक अदालतले वयस्क ठान्दै मृत्युदण्डको फैसला सुनायो। तर, मार्चमा भारतको सर्वोच्च अदालतले उनलाई सफाइ दियो र पुष्टि गर्‍यो कि उनी अपराधको समयमा नाबालिग थिए। चौधरीलाई गत महिना भारतको पश्चिमी सहर नागपुरको एक जेलबाट रिहा गरिएको छ। 

तर, यसअघि उनले २८ वर्ष ६ महिना २३ दिन अर्थात जम्मा १० हजार ४३१ दिन हिरासतमा बिताएका थिए। मृत्युदण्डको फैसला हुनुपूर्व उनी ३ वर्ष जेल बसिसकेका थिए। 

करिब १०/१२ फिटको उच्च सुरक्षा घेराको कोठामा आफ्नो जिन्दगीको स्वर्णिम समय बिताएका चौधरीले उक्त समयमा पुस्तक पढेर, औपचारिक विद्यालयको शिक्षा पूरा गरेर कटाए। आफू अपराधमा दोषी पाइएपछि उनी १८ वर्षभन्दा कम उमेरका थिए भनेर प्रमाणित गर्ने प्रयासमा बिताए। 

चौधरीलाई सन् १९९४ मा सात जनाको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो। तीमध्ये पाँच महिला र दुई बालबालिका थिए। यो नरसंहार पुणे शहरमा भएको थियो।

उनलाई उनको गाउँ राजस्थानबाट अन्य दुई जनासहित पक्राउ गरिएको थियो। सन् १९९८ मा त्यहाँस्थित एक अदालतले अपराधको समयमा उनको उमेर २० वर्ष रहेको भन्दै मृत्युदण्डको सजाय सुनाएको थियो। 

करिब ३ दशकको अदालती मथापच्चिपछि चौधरी अपराध भएको समयमा १२ वर्ष ६ महिनाका मात्र रहेको पुष्टि भयो। अर्थात् उनी नाबालिग थिए भन्ने प्रमाणहरू जुट्न सक्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय कानुन अनुसार नाबालिगलाई मृत्युदण्डको सजाय दिन सकिँदैन र कुनै पनि किसिमको अपराधमा बढीमा तीन वर्षसम्म कैदको सजाय हुन सक्ने व्यवस्था छ।

चौधरीलाई प्रहरीले कसरी बालिग करार गर्‍यो?
चौधरी पक्राउ पर्दा प्रहरीले उनको उमेर र नाम गलत लेखेको थियो। प्रहरीले  किन त्यस्तो गर्‍यो भन्ने चाहिँ कतैबाट पनि स्पष्ट हुन सकेको छैन। तर, उनी पक्राउपछि प्रहरीले दर्ता गरेको अभिलेखमा उनको नाम नारायण लेखिएकोसम्मका प्रमाण भने रहेका छन्। 

अचम्मको कुरा त के छ भने सन् २०१८ अघि न अदालत, न अभियोजक र न प्रतिवादी वकिलले चौधरीको गलत जन्ममितिको मुद्दा उठाएका थिए।

ninaram1681717261.png

जन्म प्रमाणपत्र नहुँदा भारतका ग्रामीण क्षेत्रका धेरै मानिसहरूलाई आफ्नो वास्तविक जन्ममिति थाहा हुँदैन। चौधरीको अवस्था पनि त्यस्तै रहेको हुनसक्ने जानकाहरू बताउँछन्। 

चौधरीको गाउँको विद्यालयको पुरानो दर्तामा भने उनको जन्ममिति उल्लेख गरिएको प्रमाण जुट्न सकेपछि मात्र उनी नाबालिक रहेको पुष्टि हुनसकेको थियो। उक्त जन्ममितिमा उनको जन्म सन् १९८२ फेब्रुअरी १ रहेको उल्लेख छ। उनी गिरफ्तार भएका थिए सन् १९९४ मा। 

विद्यालय छाडेर अर्को विद्यालयमा भर्ना भएको मिति उल्लेख गर्ने विद्यालयको ट्रान्सफर सर्टिफिकेटमा नारायण र निरानाराम एउटै व्यक्ति भएको ग्राम पञ्चायतको प्रमाणपत्र जुटाउन सकेपछि अदालतले पनि चौधरीको पक्षमा फैसला गर्‍यो। 

मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण समय गुमाएको छु– चौधरी
चौधरीको परिवार परम्परागत कृषि पेसा गर्छन्। करिब ३ दशक फरक दुनियाँमा बिताएर आएका चौधरीले अब चार दाजुभाइको ठूलो परिवारसँग नयाँ जीवन सुरु गर्ने प्रयासमा छन्। 

गहिरा आँखा र अग्ला कदका चौधरीको प्रश्न छ,‘मलाई किन यस्तो भयो? एउटा सानो गल्तीले गर्दा मैले मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण समय गुमाएको छु। यसको क्षतिपूर्ति कसले दिने?’ राज्यले आफ्नो गल्तीको कुनै क्षतिपूर्ति दिएको छैन।

चौधरी कसरी प्रकाउ परे?
यसका लागि २६ अगस्ट १९९४ को घटना उल्लेख गर्नु पर्ने हुन्छ। उक्त दर्दानक घटना पुणेमा भएको थियो। डकैत गर्न आएको समूहले एकै परिवारका सात सदस्यको चक्कु प्रहार गरि हत्या गरेको थियो। 

चौधरी भने गाउँको स्कुलमा तेस्रो कक्षा पास गरेपछि घरबाट भागेको बताउँछन्। 

घरबाट किन भागेको भन्ने प्रश्नमा चौधरी भन्छन्,‘मलाई केही याद छैन। म कोसँग भागेँ भन्ने पनि याद छैन। म पुणे पुगेँ र  एक टेलर पसलमा काम गर्थेँ।’

निरानाराम घरबाट किन भागे भन्ने उनको परिवारालाई पनि याद छैन।

जघन्य हत्याबारे के भन्छन् चौधरी?
यसबारे चौधरी भन्छन्,‘मलाई त्यो अपराध पनि याद छैन। प्रहरीले किन पक्राउ गर्‍यो भन्ने पनि थाहा छैन। मलाई यति मात्र याद छ कि मलाई गिरफ्तार गरेपछि कुटपिट गरियो। मैले किन कुटेको भनेर सोध्दा पुलिसले मराठी भाषामा केही भने तर मलाई मराठी भाषाबारे त्यो बेला जानकारी थिएन।’

Niranaram-Chaudhary1681717262.png

चौधरी आफूलाई पुलिसले कागजातहरूमा हस्ताक्षर गर्न लगाएको र झूटा आरोपमा फसाइएको जस्तो लाग्ने दाबी गर्छन्।

त्यसो भए त्यो अपराधलाई अस्वीकार गर्नुहुन्छ? भन्ने प्रश्नमा चौधरी भन्छन्,‘म न त अपराध स्वीकार गर्छु न इन्कार गर्छु। मेरो स्मरणशक्ति राम्रो भएपछि म थप स्पष्ट पार्नेछु। मलाई अहिले केही पनि याद छैन।’

गत महिना सर्वोच्च अदालतले उनलाई रिहा गर्दा १२ वर्षको बालकले यस्तो जघन्य अपराध गर्न सक्छ भन्ने सवालमा पनि विचार गरिएको थियो। 

उक्त सवालमा विचार गर्दै न्यायाधीशले भनेका थिए,‘यो एकदमै स्तब्ध पार्ने घटना हो। हामी हाम्रो न्यायिक प्रक्रियालाई धुमिल पार्न यस प्रकारको अनुमान गर्न सक्दैनौं। हामीसँग उक्त विषयमा बताउन बाल मनोविज्ञान र अपराध विज्ञानको ज्ञान छैन।’

जेलमा के गरे चौधरीले?
नागपुर जेलमा चौधरीले कैदी नम्बर ७४३२ को परिचयमा बिताएका थिए। चौधरी आफू जेलमा रहँदा अथक रूपमा अध्ययन गरेर विद्यालयदेखि विश्वविद्यालयको ज्ञान पूरा गरेको बताउँछन्। 

उनले समाजशास्त्रमा एमए गरेका छन्। रिहापछि उनि राजनीतिशास्त्रमा एमए गर्ने तयारीमा छन्। यस्तै अब उनी सारा भारत घुम्ने बताउँछन्। त्यसका लागि उनले पर्यटन अध्ययनको ६ महिनाको कोर्ष पनि गरिसकेका छन्। 

यस्तै, चौधरीले गान्धीको विचारधारामाथिको एक कोर्ष पनि पूरा गरेका छन्। चौधरी आफूले जेलमा गान्धी, दुर्जोय दत्त र चेतन भगतजस्ता लोकप्रिय लेखकहरूलाई पढेको बताउँछन्। यस्तै, उनी शिडनी शेल्डनको थ्रिलर उपन्यासहरू पनि छिचोलिसकेको बताउँछन्। 

तर, उनी आफूलाई मन पर्ने पुस्तक भने फ्योदोर दोस्तोयेभस्कीको ‘क्राइम एण्ड पनिसमेन्ट’ रहेको बताउँछन्। यस्तै, जोन ग्रीसमको ‘द कन्फेशन’ पनि आफूलाई मन पर्ने पुस्तक रहेको बताउँछन्। यो उपन्यासमा आफ्नो जीवनको झलक पाएको उनी बताउँछन्। 

niranaram1681717261.png

आमा–छोराको संवादका लागि दोभाषे
चौधरी जेल बस्दा बाहिरी संसारसँग आफ्नो सम्पर्क केही अंग्रेजी पत्रपत्रिकाबाट मात्र भएको बताउँछन्। उनी उक्त पत्रिकाहरू पहिलो पानादेखि अन्तिम पानासम्म पढ्ने गरेको बताउँछन्। 

जेलमा रहँदा चौधरीले अन्य भाषाहरू पनि सिकेका थिए। चौधरीले आफूले मराठी, हिन्दी र पञ्जाबी भाषा सिकिसकेको भनेका छन्। अब उनी मलयालम भाषा सिक्ने तयारी रहेको बताउँछन्।

अन्य भाषामा दख्खल बढाउँदै लगेका चौधरीले राजस्थानमा आफ्नो क्षेत्रमा बोलिने स्थानीय भाषा भने बिर्सिसकेका थिए। लामो समयदेखि हराएको छोरा फर्किएपछि उनकी ७० वर्षीया आमाले पारिवारिक उत्सवमा रमाइलो गरेर नाचिन। तर, जब चौधरी आफ्नी आमा अन्नी देवीको अगाडि आए, उनको आँखाबाट आँसु आयो। कसले के भन्यो दुवैले बुझ्न सकेनन्।  

चौधरी भन्छन्,‘हामी एकअर्कालाई हेरिरहेका थियौं। उनी खासै परिवर्तन भएकी रहिनछन्।’

अहिले हरेक दिन आमा र छोराले सँगै केही समय बिताउने गरेका छन्। उनीहरूको अनुवादकको सहयोगमा कुराकानी गर्छन्। अनुवादकको रुपमा उनका भतिजले सहयोग गरिरहेका छन्। उनका बाबुको भने २०१९ मै निधन भइसकेको छ। 

Ninaram-chetanram-chaudhary1681717261.png

रिहापछि उनले नयाँ संसारलाई कस्तो बुझ्छन्?
२८ वर्ष जेलमा बसेपछि जब उनी जेलबाट रिहा भए, सडकमा नयाँ कारहरू देखे। मानिसहरूले विभिन्न पहिरन लगाएका देखे। यो सबै देखेर आफ्नो स्मृति सम्झिँदै उनी हाँसे। उनी जेल पुग्नुअघि युवा केटाहरू हायाबूसा मोटरसाइकलमा दौडिरहेका हुन्थे। अहिले पूरा दुनियाँ फेरिएको देखेर उनी सोचमग्न देखिन्छन्। 

त्यस्तै, उनी बेलाबेला नयाँ परिवेशमा आफू पुरै अपरिचित पनि महसुस गर्छन्। उनी मान्छे भेट्नु र घुम्नु फरक समस्या रहेको अड्कल काट्छन्। उनी भन्छन्,‘म सधैं मानिसहरूसँग कुरा गर्न डराउँछु। मलाई जेल र साना ठाउँहरूमा बानी परेको छ। म होसियार हुनुपर्छ र खुल्ला संसारमा मानिसले जीवन कसरी जिउने भनेर सिक्नु पर्नेछ।’ 

चौधरी आफूलाई महिलाहरूसँग कसरी व्यवहार गर्ने, अन्तर्क्रिया गर्ने र, यसबारे कसलाई कसरी सोध्ने? भन्नेमा चिन्तित देखिन्छन्।  

यसका अलवा उनी सामाजिक सञ्जालमा पनि जोडिएका छन्। उनका भतिजाले ह्वाट्सएप र फेसबुकमा उनको खाता बनाइदिएका छन्। 

चौधरी अब कानुनको अध्ययन गर्न् तयारीमा छन्। उनी अन्य कैदीहरूले आफूले जस्तो कठिनाइको सामना गर्नु नपरोस् भनेर सहयोग गर्न चाहन्छन्। 

उनी अहिले आफ्नो भाइको घरमा बसिरहेका छन्। उनी आफ्ना भतिजाहरूलाई अंग्रेजी पढाउँछन्। कारागारको अस्तव्यस्त जीवनको तुलनामा आफूलाई खुल्ला संसारमा फर्किन समय लाग्नेमा चौधरी विश्वस्त छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी ट्रम्पले नोभेम्बरको अमेरिकी चुनावले इरानप्रतिको आफ्नो नीति प्रभावित नगर्ने भन्दै ‘इरानसँग कहिल्यै आणविक हतियार हुने छैन’ भन्ने विषय... मंगलबार, असोज ६, २०८३
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची इरानको विदेश मन्त्रालयका अनुसार उनले महासभामा सहभागी हुने इरानी कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् बढ्दो भूराजनीतिक विभाजनका कारण संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् प्रभावकारी रूपमा निष्क्रिय बनेको र यसले सबैभन्दा कमजोर अवस्थामा र... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्