• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जब २८ वर्ष जेल बसेर आएको छोरासँग संवाद गर्न आमालाई भाषाले छेक्यो

जन्म मितिबारेको एक त्रुटी जसले मृत्युको मुखमा पुर्‍यायो 
64x64
नेपाल लाइभ सोमबार, वैशाख ४, २०८०  १३:२८
1140x725

काठमाडौं– आउनुहोस् एक मानिसले भोगेको सपनाजस्तो कहानी पढौं। यो त्यो मान्छेको कहानी हो जसले २८ वर्ष एक कसुरमा जेल जीवन बिताए। जसको २५ वर्ष मृत्युदण्ड कुरेर मात्र बित्यो। यद्यपि, उक्त कसुरका लागि उनी अपराधी करार हुने/नहुने यकिन भने थिएन। गत महिना मात्र एक फैसलाबाट उनी जेलमुक्त भए। उनी हुन् भारतको राजस्थानका निरानाराम चेतनराम चौधरी। 

चौधरीले भोगेको यो लामो कहानीबारे बीबीसी विश्व सेवाका सौतिक विश्वासले तयार पारेको सामग्री पढौं।

२५ वर्षअघि एक किशोरलाई एक अदालतले वयस्क ठान्दै मृत्युदण्डको फैसला सुनायो। तर, मार्चमा भारतको सर्वोच्च अदालतले उनलाई सफाइ दियो र पुष्टि गर्‍यो कि उनी अपराधको समयमा नाबालिग थिए। चौधरीलाई गत महिना भारतको पश्चिमी सहर नागपुरको एक जेलबाट रिहा गरिएको छ। 

तर, यसअघि उनले २८ वर्ष ६ महिना २३ दिन अर्थात जम्मा १० हजार ४३१ दिन हिरासतमा बिताएका थिए। मृत्युदण्डको फैसला हुनुपूर्व उनी ३ वर्ष जेल बसिसकेका थिए। 

करिब १०/१२ फिटको उच्च सुरक्षा घेराको कोठामा आफ्नो जिन्दगीको स्वर्णिम समय बिताएका चौधरीले उक्त समयमा पुस्तक पढेर, औपचारिक विद्यालयको शिक्षा पूरा गरेर कटाए। आफू अपराधमा दोषी पाइएपछि उनी १८ वर्षभन्दा कम उमेरका थिए भनेर प्रमाणित गर्ने प्रयासमा बिताए। 

चौधरीलाई सन् १९९४ मा सात जनाको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो। तीमध्ये पाँच महिला र दुई बालबालिका थिए। यो नरसंहार पुणे शहरमा भएको थियो।

उनलाई उनको गाउँ राजस्थानबाट अन्य दुई जनासहित पक्राउ गरिएको थियो। सन् १९९८ मा त्यहाँस्थित एक अदालतले अपराधको समयमा उनको उमेर २० वर्ष रहेको भन्दै मृत्युदण्डको सजाय सुनाएको थियो। 

करिब ३ दशकको अदालती मथापच्चिपछि चौधरी अपराध भएको समयमा १२ वर्ष ६ महिनाका मात्र रहेको पुष्टि भयो। अर्थात् उनी नाबालिग थिए भन्ने प्रमाणहरू जुट्न सक्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय कानुन अनुसार नाबालिगलाई मृत्युदण्डको सजाय दिन सकिँदैन र कुनै पनि किसिमको अपराधमा बढीमा तीन वर्षसम्म कैदको सजाय हुन सक्ने व्यवस्था छ।

चौधरीलाई प्रहरीले कसरी बालिग करार गर्‍यो?
चौधरी पक्राउ पर्दा प्रहरीले उनको उमेर र नाम गलत लेखेको थियो। प्रहरीले  किन त्यस्तो गर्‍यो भन्ने चाहिँ कतैबाट पनि स्पष्ट हुन सकेको छैन। तर, उनी पक्राउपछि प्रहरीले दर्ता गरेको अभिलेखमा उनको नाम नारायण लेखिएकोसम्मका प्रमाण भने रहेका छन्। 

अचम्मको कुरा त के छ भने सन् २०१८ अघि न अदालत, न अभियोजक र न प्रतिवादी वकिलले चौधरीको गलत जन्ममितिको मुद्दा उठाएका थिए।

ninaram1681717261.png

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जन्म प्रमाणपत्र नहुँदा भारतका ग्रामीण क्षेत्रका धेरै मानिसहरूलाई आफ्नो वास्तविक जन्ममिति थाहा हुँदैन। चौधरीको अवस्था पनि त्यस्तै रहेको हुनसक्ने जानकाहरू बताउँछन्। 

चौधरीको गाउँको विद्यालयको पुरानो दर्तामा भने उनको जन्ममिति उल्लेख गरिएको प्रमाण जुट्न सकेपछि मात्र उनी नाबालिक रहेको पुष्टि हुनसकेको थियो। उक्त जन्ममितिमा उनको जन्म सन् १९८२ फेब्रुअरी १ रहेको उल्लेख छ। उनी गिरफ्तार भएका थिए सन् १९९४ मा। 

विद्यालय छाडेर अर्को विद्यालयमा भर्ना भएको मिति उल्लेख गर्ने विद्यालयको ट्रान्सफर सर्टिफिकेटमा नारायण र निरानाराम एउटै व्यक्ति भएको ग्राम पञ्चायतको प्रमाणपत्र जुटाउन सकेपछि अदालतले पनि चौधरीको पक्षमा फैसला गर्‍यो। 

मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण समय गुमाएको छु– चौधरी
चौधरीको परिवार परम्परागत कृषि पेसा गर्छन्। करिब ३ दशक फरक दुनियाँमा बिताएर आएका चौधरीले अब चार दाजुभाइको ठूलो परिवारसँग नयाँ जीवन सुरु गर्ने प्रयासमा छन्। 

गहिरा आँखा र अग्ला कदका चौधरीको प्रश्न छ,‘मलाई किन यस्तो भयो? एउटा सानो गल्तीले गर्दा मैले मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण समय गुमाएको छु। यसको क्षतिपूर्ति कसले दिने?’ राज्यले आफ्नो गल्तीको कुनै क्षतिपूर्ति दिएको छैन।

चौधरी कसरी प्रकाउ परे?
यसका लागि २६ अगस्ट १९९४ को घटना उल्लेख गर्नु पर्ने हुन्छ। उक्त दर्दानक घटना पुणेमा भएको थियो। डकैत गर्न आएको समूहले एकै परिवारका सात सदस्यको चक्कु प्रहार गरि हत्या गरेको थियो। 

चौधरी भने गाउँको स्कुलमा तेस्रो कक्षा पास गरेपछि घरबाट भागेको बताउँछन्। 

घरबाट किन भागेको भन्ने प्रश्नमा चौधरी भन्छन्,‘मलाई केही याद छैन। म कोसँग भागेँ भन्ने पनि याद छैन। म पुणे पुगेँ र  एक टेलर पसलमा काम गर्थेँ।’

निरानाराम घरबाट किन भागे भन्ने उनको परिवारालाई पनि याद छैन।

जघन्य हत्याबारे के भन्छन् चौधरी?
यसबारे चौधरी भन्छन्,‘मलाई त्यो अपराध पनि याद छैन। प्रहरीले किन पक्राउ गर्‍यो भन्ने पनि थाहा छैन। मलाई यति मात्र याद छ कि मलाई गिरफ्तार गरेपछि कुटपिट गरियो। मैले किन कुटेको भनेर सोध्दा पुलिसले मराठी भाषामा केही भने तर मलाई मराठी भाषाबारे त्यो बेला जानकारी थिएन।’

Niranaram-Chaudhary1681717262.png

चौधरी आफूलाई पुलिसले कागजातहरूमा हस्ताक्षर गर्न लगाएको र झूटा आरोपमा फसाइएको जस्तो लाग्ने दाबी गर्छन्।

त्यसो भए त्यो अपराधलाई अस्वीकार गर्नुहुन्छ? भन्ने प्रश्नमा चौधरी भन्छन्,‘म न त अपराध स्वीकार गर्छु न इन्कार गर्छु। मेरो स्मरणशक्ति राम्रो भएपछि म थप स्पष्ट पार्नेछु। मलाई अहिले केही पनि याद छैन।’

गत महिना सर्वोच्च अदालतले उनलाई रिहा गर्दा १२ वर्षको बालकले यस्तो जघन्य अपराध गर्न सक्छ भन्ने सवालमा पनि विचार गरिएको थियो। 

उक्त सवालमा विचार गर्दै न्यायाधीशले भनेका थिए,‘यो एकदमै स्तब्ध पार्ने घटना हो। हामी हाम्रो न्यायिक प्रक्रियालाई धुमिल पार्न यस प्रकारको अनुमान गर्न सक्दैनौं। हामीसँग उक्त विषयमा बताउन बाल मनोविज्ञान र अपराध विज्ञानको ज्ञान छैन।’

जेलमा के गरे चौधरीले?
नागपुर जेलमा चौधरीले कैदी नम्बर ७४३२ को परिचयमा बिताएका थिए। चौधरी आफू जेलमा रहँदा अथक रूपमा अध्ययन गरेर विद्यालयदेखि विश्वविद्यालयको ज्ञान पूरा गरेको बताउँछन्। 

उनले समाजशास्त्रमा एमए गरेका छन्। रिहापछि उनि राजनीतिशास्त्रमा एमए गर्ने तयारीमा छन्। यस्तै अब उनी सारा भारत घुम्ने बताउँछन्। त्यसका लागि उनले पर्यटन अध्ययनको ६ महिनाको कोर्ष पनि गरिसकेका छन्। 

यस्तै, चौधरीले गान्धीको विचारधारामाथिको एक कोर्ष पनि पूरा गरेका छन्। चौधरी आफूले जेलमा गान्धी, दुर्जोय दत्त र चेतन भगतजस्ता लोकप्रिय लेखकहरूलाई पढेको बताउँछन्। यस्तै, उनी शिडनी शेल्डनको थ्रिलर उपन्यासहरू पनि छिचोलिसकेको बताउँछन्। 

तर, उनी आफूलाई मन पर्ने पुस्तक भने फ्योदोर दोस्तोयेभस्कीको ‘क्राइम एण्ड पनिसमेन्ट’ रहेको बताउँछन्। यस्तै, जोन ग्रीसमको ‘द कन्फेशन’ पनि आफूलाई मन पर्ने पुस्तक रहेको बताउँछन्। यो उपन्यासमा आफ्नो जीवनको झलक पाएको उनी बताउँछन्। 

niranaram1681717261.png

आमा–छोराको संवादका लागि दोभाषे
चौधरी जेल बस्दा बाहिरी संसारसँग आफ्नो सम्पर्क केही अंग्रेजी पत्रपत्रिकाबाट मात्र भएको बताउँछन्। उनी उक्त पत्रिकाहरू पहिलो पानादेखि अन्तिम पानासम्म पढ्ने गरेको बताउँछन्। 

जेलमा रहँदा चौधरीले अन्य भाषाहरू पनि सिकेका थिए। चौधरीले आफूले मराठी, हिन्दी र पञ्जाबी भाषा सिकिसकेको भनेका छन्। अब उनी मलयालम भाषा सिक्ने तयारी रहेको बताउँछन्।

अन्य भाषामा दख्खल बढाउँदै लगेका चौधरीले राजस्थानमा आफ्नो क्षेत्रमा बोलिने स्थानीय भाषा भने बिर्सिसकेका थिए। लामो समयदेखि हराएको छोरा फर्किएपछि उनकी ७० वर्षीया आमाले पारिवारिक उत्सवमा रमाइलो गरेर नाचिन। तर, जब चौधरी आफ्नी आमा अन्नी देवीको अगाडि आए, उनको आँखाबाट आँसु आयो। कसले के भन्यो दुवैले बुझ्न सकेनन्।  

चौधरी भन्छन्,‘हामी एकअर्कालाई हेरिरहेका थियौं। उनी खासै परिवर्तन भएकी रहिनछन्।’

अहिले हरेक दिन आमा र छोराले सँगै केही समय बिताउने गरेका छन्। उनीहरूको अनुवादकको सहयोगमा कुराकानी गर्छन्। अनुवादकको रुपमा उनका भतिजले सहयोग गरिरहेका छन्। उनका बाबुको भने २०१९ मै निधन भइसकेको छ। 

Ninaram-chetanram-chaudhary1681717261.png

रिहापछि उनले नयाँ संसारलाई कस्तो बुझ्छन्?
२८ वर्ष जेलमा बसेपछि जब उनी जेलबाट रिहा भए, सडकमा नयाँ कारहरू देखे। मानिसहरूले विभिन्न पहिरन लगाएका देखे। यो सबै देखेर आफ्नो स्मृति सम्झिँदै उनी हाँसे। उनी जेल पुग्नुअघि युवा केटाहरू हायाबूसा मोटरसाइकलमा दौडिरहेका हुन्थे। अहिले पूरा दुनियाँ फेरिएको देखेर उनी सोचमग्न देखिन्छन्। 

त्यस्तै, उनी बेलाबेला नयाँ परिवेशमा आफू पुरै अपरिचित पनि महसुस गर्छन्। उनी मान्छे भेट्नु र घुम्नु फरक समस्या रहेको अड्कल काट्छन्। उनी भन्छन्,‘म सधैं मानिसहरूसँग कुरा गर्न डराउँछु। मलाई जेल र साना ठाउँहरूमा बानी परेको छ। म होसियार हुनुपर्छ र खुल्ला संसारमा मानिसले जीवन कसरी जिउने भनेर सिक्नु पर्नेछ।’ 

चौधरी आफूलाई महिलाहरूसँग कसरी व्यवहार गर्ने, अन्तर्क्रिया गर्ने र, यसबारे कसलाई कसरी सोध्ने? भन्नेमा चिन्तित देखिन्छन्।  

यसका अलवा उनी सामाजिक सञ्जालमा पनि जोडिएका छन्। उनका भतिजाले ह्वाट्सएप र फेसबुकमा उनको खाता बनाइदिएका छन्। 

चौधरी अब कानुनको अध्ययन गर्न् तयारीमा छन्। उनी अन्य कैदीहरूले आफूले जस्तो कठिनाइको सामना गर्नु नपरोस् भनेर सहयोग गर्न चाहन्छन्। 

उनी अहिले आफ्नो भाइको घरमा बसिरहेका छन्। उनी आफ्ना भतिजाहरूलाई अंग्रेजी पढाउँछन्। कारागारको अस्तव्यस्त जीवनको तुलनामा आफूलाई खुल्ला संसारमा फर्किन समय लाग्नेमा चौधरी विश्वस्त छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति चक्रवातका कारण रूख, बिजुलीको पोल ढलेपछि फरक फरक ठाउँमा तीन जनाको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले लेखेको छ। बुधबार, कात्तिक ११, २०८३
भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व अन्त्य गरेको ट्रम्पको दाबी ‘मैले दुवै देशका प्रधानमन्त्रीलाई फोन गरेर युद्ध जारी राखे दुवैमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने र अमेरिकामा व्यापार गर्न नसक्ने... बुधबार, कात्तिक ११, २०८३
नेपाल भ्रमणमा आउँदै जर्मनीकी संसदीय राज्यसचिव डा. कोफ्लर नेपालमा रहँदा राज्यसचिव डा. कोफ्लरले जर्मनी-नेपाल सहकार्यको विस्तृत जानकारी लिनुका साथै महिला अधिकार र स्वास्थ्य तथा भोटेकोशी बाढीको... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्