• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

बारा–२ : सीके राउत भर्सेस उपेन्द्र यादवमा परिणत उपनिर्वाचन

64x64
नेपाल लाइभ सोमबार, चैत २०, २०७९  १९:११
1140x725

काठमाडौं– १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा–२ मा सोमबार सम्पन्न उम्मेदवारी मनोनयनमा डेढ दर्जन जति उम्मेदवारी परेको छ। तर, बाराको उपनिर्वाचन जसपा अध्यक्ष उपेन्द्र यादव भर्सेस जनमत पार्टीका अध्यक्ष सीके राउतको रुपमा परिणत हुने देखिन्छ। जसका पछाडि केही वर्तमान र केही विगतका कारण छन्। 

सत्तारूढ गठबन्धनका प्रमुख दलहरूको समर्थनमा जसपा अध्यक्ष यादव आफैं उममेदवार बनेका छन् भने जनमत पार्टीका अध्यक्ष राउत आफ्नो पार्टीका उम्म्मेदवार शिवचन्द्र कुशवाहको प्रमुख प्रचारकको रुपमा देखिएका छन्। यादव र कुशवाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रमेश खरेल, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल लगायतले उम्मेदवारी दिए पनि बारा–२ को उपनिर्वाचनको मुख्य प्रतिस्पर्धी जसपा र जनमत पार्टी देखिएका छन्। 

जसपा अध्यक्ष यादव ४ मंसिरको निर्वाचनमा जनमत पार्टीकै अध्यक्ष राउतसँग सप्तरी–२ मा पराजित भएका थिए। त्यही भएर जनमत पार्टीले बारा–२ मा पनि आफ्नो उम्मेदवार कुशवाहभन्दा बढी पार्टी अध्यक्ष राउतलाई प्रचारप्रसारको केन्द्रमा राखेको देखिन्छ। 

राउत र यादव दुवै पछिल्लो केही वर्षयता मधेशमा एक अर्काविरुद्ध ‘काउन्टर’ राजनीति पनि गर्दै आएका छन्। त्यही भएर होला जसपा र जनमत दुवै दलले एकअर्काप्रति कडा प्रहारमा समेत उत्रिएका छन्। जसपा अध्यक्ष यादवका सहयोगीहरू राउतविरुद्ध पछिल्लो समय सामाजिक सञ्जालमा समेत खनिएका देखिन्छन् भने राउतका समर्थकहरू पनि यादवविरुद्ध कडा प्रहार गरिरहेका छन्।

जसपाले ४ मंसिरमा आफ्नो पार्टीले जितेको यो क्षेत्र भएकाले उपनिर्वाचनमा पनि जित्नेमा ढुक्क देखिन्छ। जनमत पार्टी भने मंसिरको निर्वाचनमा जसपाका तात्कालीन नेता रामसहाय यादवसँग जम्मा चार सय मतले पराजित भएका शिवचन्द्र कुशवाहलाई अगाडि सारेर आक्रमक रणनितीमा देखिन्छ। जनमत पार्टीले जसपा अध्यक्ष यादवलाई बाहरिया उम्मेदवारको रुपमा प्रचार गर्दै सरकारमै जानका लागि उपनिर्वाचनमा आएको आरोप समेत लगाएको छ। 

उम्मेदवारी दर्तापछि सोमबार जसपा अध्यक्ष यादवले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो जित भइसकेको र यसको औपचारिकता दिन मात्र बाँकी रहेको घोषणा गरे। जनमत पार्टीका अध्यक्ष राउतले भने मधेशी जनताको असली पार्टी आफू भएको भन्दै आफ्नो उम्मेदवारले जित्ने दाबी गरे। 

bara-21680517944.jpg

पछिल्लो केही दिनयता बारामै बस्न थालेका राउतले यादवको उम्मेदवारी नै जनमतको अपमान समेत भएको दाबी गरेका छन्। यसरी एकअर्काविरुद्ध उम्मेदवारी दर्ता नहुँदै आक्रामक बन्न पुगेका जसपा र जनमत जसरी पनि बारा–२ को उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउने रणनीतिमा देखिन्छन्। जसपाले सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको मत आफ्नो पक्षमा पारेर सहज जित निकाल्ने दाउमा छ भने जनमत ४ मंसिरजस्तै बिनाकुनै गठबन्धन मधेशमा आफ्नो वर्चस्व कायम गर्ने होडमा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गत निर्वाचनमा जसपा अध्यक्ष यादव एमालेको समर्थनमा उम्मेदवार बनेका थिए भने जनमत पार्टीका अध्यक्ष राउत एक्लै उम्मेदवार बनका थिए। त्यहीबेला लोसपा, कांग्रेससहितको छुट्टै एउटा गठबन्धन थियो। जनमत पार्टीले गएको मंसिरकै सूत्र अपनाउँदै जसपालाई  पुन: बारामा पराजित गर्ने सोंच बनाएको छ।

यी दुई पार्टीको बारा उपनिर्वाचनमा देखिएको वर्चस्वको लडाइँले अन्य उम्मेदवारहरू चुनावी प्रचार–प्रसार समेत त्यहाँ ओझेलमा पर्ने देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वडीआईजी रमेश खरेलले समेत सोमबार बारा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। पर्साका प्रहरी प्रमुख रहँदा चर्चामा आएका खरेल नेताहरूको बानी व्यहोराका कडा आलोचक छन्। उनको त्यो छवि बारामा कति प्रभावी बन्छ भन्ने हेर्न बाँकी नै छ। खरेल पनि गएको ४ मंसिको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकमा उम्मेदवार बनेका थिए। उनी कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए। खरेलसँगै बारा–२ मा एमालेबाट पूर्वमन्त्री समेत रहेका पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तो छ अंकगणित?
मंसिर ४ को निर्वाचनमा जसपा बारा–२ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो दल बनेको थियो। त्यतिबेला प्रत्यक्ष सिटमा जसपा र एमालेबीचमा तालमेल भएको थियो भने जनमत एक्लै चुनावी मैदानमा थियो। 

जनमत पार्टीका उम्मेदवारले प्रत्यक्षतर्फ २७ सय २५ मत मात्रै ल्याएको देखिए पनि समानुपातिकमा जनमतले ८ हजार ८ सय ४६ मत ल्याउँदै चौंथो दल त्यहाँको देखिन्छ। त्यही भएर जनमतले प्रत्यक्षतर्फ ४ मंसिरको निर्वाचनमा जसपाका रामसहायप्रसाद यादवसँग चार सय मतले मात्रै पराजित शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएको देखिन्छ। कुशवाहले ल्याएको मत उनको पार्टीभन्दा पनि व्यक्तिगत प्रभावले ल्याएको देखिन्छ। किनकि कुशवाहलाई उम्मेदवार बनाएको उनको त्यतिबेलाको दल माओवादीले समानुपातिकमा जम्मा ३ हजार २ सय ६५ मत ल्याएको थियो। जबकी कुशवाहले प्रत्यक्षतर्फ १३ हजार ४ सय ६८ मत ल्याएका थिए। 

जसपाका यादवले १३, ८२२, स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ११,०४३ र जनमतका राजेश साहले २, ७२५ मत ल्याएका थिए। समानुपातिकतर्फ ४ मंसिरको निर्वाचनमा जसपाले १३ हजार २४२, नेपाली कांग्रेसले ११ हजार १७९, एमालेले ९ हजार १९३ र जनमत पार्टीले ८ हजार ८४६ मत ल्याएको देखिन्छ। ४ मंसिरको निर्वाचनमा बारा–२ मा स्वतन्त्र उम्मेदवारहरूको समेत राम्रो प्रभाव देखिएको थियो। 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली राजनीतिमा पछिल्ला संकेतहरु सकारात्मक देखिएका छैनन् : प्रचण्ड
सुरुङभित्र खोजी तथा उद्धारका लागि स्वीट्जरल्यान्डले उपलब्ध गरायो अत्याधुनिक ड्रोन
बागमती प्रदेशका उद्योग मन्त्री प्रजापतिको प्रश्न-‘अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?’
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
नेपाली राजनीतिमा पछिल्ला संकेतहरु सकारात्मक देखिएका छैनन् : प्रचण्ड शनिबार, भदौ २०, २०८३
सुरुङभित्र खोजी तथा उद्धारका लागि स्वीट्जरल्यान्डले उपलब्ध गरायो अत्याधुनिक ड्रोन शनिबार, भदौ २०, २०८३
बागमती प्रदेशका उद्योग मन्त्री प्रजापतिको प्रश्न-‘अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?’ शनिबार, भदौ २०, २०८३
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा शनिबार, भदौ २०, २०८३
उद्धारमा खटिएका प्रहरीलाई कार्कीको निर्देशन : कुनै कसर बाँकी नराख्नु, काम पारदर्शी गर्नु शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्