• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनताबाट पराजित भएका र 'भागेका'लाई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी

64x64
ईश्वर बराल शुक्रबार, चैत १७, २०७९  २१:२०
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। उनले कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा भित्र्याएका हुन्। पछिल्लो मन्त्रिपरिषद् विस्तारका क्रममा उनले जनमतबाट प्रत्यक्ष रुपमा अस्वीकृत भएका तथा जनताबाट परीक्षण हुने बाटो छलेर सांसद भएकाहरुलाई समेत महत्त्वपूर्ण मन्त्रालयको जिम्मा दिएका छन्।

जनताबाट अस्वीकृत भएर पनि संवेदनशील र महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउने नेता हुन् नारायणकाजी श्रेष्ठ। शुक्रबारको पुनर्गठनका क्रममा उनले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। गत पुस ११ गते उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका थिए। शुक्रबारदेखि उनी गृहमन्त्री हुन पुगेका हुन्।

श्रेष्ठ २०७४ को निर्वाचनमा गोरखा- २ मा डा बाबुराम भट्टराईसँग पराजित भएका थिए। माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठलाई नयाँ शक्तिका उम्मेदवार भट्टराईले करिब ७ हजारको मतान्तरले पराजित गरेका थिए। त्यतिबेला जनताबाट अस्वीकृत भएका उनले लामो समय आफूलाई जनप्रतिनिधिहरुको थलोबाट बाहिर राख्न चाहेनन्।

तत्कालीन नेकपाका सचिवालय सदस्य र प्रवक्ताको जिम्मेवारीमा रहेका उनी पार्टीभित्रको शक्ति संघर्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर थिए। त्यहाँभित्रकै दाउपेचलाई आफू अनुकूल बनाउँदै उनले राष्ट्रिय सभाको सदस्य हुने रणनीति अख्तियार गरे। सोही अनुसार २०७६ माघमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए।

प्रतिनिधि सभा निर्वाचनमा जनमतबाट अस्वीकृत भएका श्रेष्ठ संसदीय निर्वाचनको अर्को पाँचवर्ष पनि नकुरी ‘जस्केला’बाट सांसद बने। सोही अनुसार उनी अहिले महत्त्वपूर्ण मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका हुन्।

महतलाई जनमतभन्दा देउवाको कृपा बढी लाभदायक
अहिले आमरुपमा बहस उत्पन्न गरिरहेको विषय हो, देशको आर्थिक अवस्था। अर्थतन्त्र धराशायी भइरहेको भन्ने आम बुझाइका बीच यो क्षेत्र हेर्ने अर्थ मन्त्रालयमा को व्यक्ति आउला भन्ने चासो निकै थियो। शुक्रबार भएको मन्त्रिपरिषद् विस्तारमा डा प्रकाशशरण महतले बाजी मारेका छन्।

निर्वाचनमार्फत् अभिव्यक्त हुने जनमतले डा महतलाई पत्याएको देखिँदैन। २०७४ कै निर्वाचनमा उनी काठमाडौं- ५ बाट उम्मेदवार भएका थिए। तर नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलसँग करिब १० हजार मतन्तरले पारजित भएका थिए।

पार्टीकै कार्यकर्ताले पनि उनलाई रुचाएको देखिएन। २०७८ मंसिरमा सम्पन्न कांग्रेसको चौधौँ महाधिवेशनमा उनी शेरबहादुर देउवाको समूहबाट महामन्त्रीका उम्मेदवार थिए। तर, पराजित हुन पुगे। सभापतिमा निर्वाचित देउवाले उनलाई केन्द्रीय सदस्य तथा पार्टीको प्रवक्ता समेत बनाए।

Ncell 2
Ncell 2
nimb
nimb

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनले प्रत्यक्षतर्फकै उम्मेदवार बनेर जनताबाट अनुमोदित हुने अपेक्षा गरिएको थियो। तर, उनले समानुपातिकतर्फको पहिलो नम्बरको उम्मेदवार बन्ने सौभाग्य पाए। र, सोही अनुसार कांग्रेसको समानुपातिक सांसद बन्न सके।

कैयौँ पटक देउवाको कृपाले अनेक अवसर पाउने गरेका महतले अर्थ मन्त्रालयको जिम्मेदवारी पनि पाएका छन्। यसअघि अन्य मन्त्रालय सम्हालेको भए पनि यो मन्त्रालय उनका निम्ति नयाँ हो।

सधैं मनोनयनमै उचाइ पाएका महत
महतलाई देउवाले मात्र, अहिले मात्र यसरी अवसर हात लागेको होइन। २०४० देखि नै उनले पाएका अवसर हेर्ने हो भने यस्तैयस्तै देखिन्छ।

२०४० मा नेविसंघको सभापति बलबहादुर केसी थिए। केसीको कमिटीमा महतलाई महामन्त्रीमा मनोनयन गरिएको थियो। त्यसपछि पार्टी राजनीतिलाई स्थगित गरेर अध्ययन गर्न अमेरिका हानिएका महतलाई २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय योजना आयोगको सदस्यमा चयन गरेका थिए।

Xtrem

Xtrem

महत त्यसपछि २०५८ मा शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा उनको राजनीतिक सल्लाहकारको जिम्मेवारी पाएका थिए। २०६१ मा बनेको देउवाकै अर्को सरकारमा महत परराष्ट्र राज्यमन्त्री बनेका थिए।

२०६४ को पहिलो संविधान सभामा महत समानुपातिक प्रणालीबाट सभासद बनेका थिए। उनी २०६६ मा प्रधानमन्त्री माधवकुमार नेपालको सरकारमा उर्जामन्त्री बने। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पनि महतले समानुपातिक प्रणाली नै रोजे। २०७३ मा प्रचण्डको नेतृत्वमा महत परराष्ट्र मन्त्री पनि बने।

कृषि मन्त्री भूसाल, जसलाई जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपरेको छैन
शुक्रबारको मन्त्रिपरिषद् पुनर्गठनमा कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन्, डा बेदुराम भूसालले। एमालेमा छँदा 'लो-प्रोफाइल' मा बसेर राजनीति गर्न रुचाउने गरेका भूसाल नेकपा एकीकृत समाजवादी गठन भएसँगै सो पार्टीको महासचिव बने।

लामो राजनीतिक विरासत भएता पनि भूसाल जनताबाट प्रत्यक्ष रुपमा निर्वाचित हुनुपरेको भने छैन। अहिले पनि भूसाल राष्ट्रिय सभा सदस्य हुन्। यसअघि पनि २०५८ सालमा पनि राष्ट्रिय सभामा निर्वाचित भएका थिए। दुवैपटक उनी जनप्रतिनिधिहरुको मतबाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २१:२०
  • #जनताबाट अस्वीकृत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक सामाजिक सञ्जालमार्फत डा.कोइरालाले बाढीले नदी किनाराका बस्ती तटीय क्षेत्रमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : उद्धारमा जुट्न गगनको आग्रह नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै दुईवटा पुलस... आइतबार, असोज २५, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादशैं सादगीपूर्वक मनाउने भएका छन्। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्