काठमाडौं– गायक गंगाराज राई र गायिका सुनिता थेगिमको स्वरमा ‘यस्तो एउटा संसार’ गीत सार्वजनिक भएको छ।
गायक गंगाराजकै संगीत रहेको गीतका शब्द जानु काम्बाङ लिम्बुका हुन्। भिडियोमा ध्रूव दत्त र रोजीना ढकालको अभिनय छ।
कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको निर्माण सुमन पुनले गरेकी हुन्।
म्युजिक भिडियोको छायांकन र सम्पादन निर्देशक श्रेष्ठले नै गरेका हुन्।
दीपिका श्रेष्ठको कोरियोग्राफी र मेकअप रहेको गीतमा उदयराज पौडेलको एरेन्ज तथा किशोर थापाको मिक्सिङ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।