• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सडकदेखि सदनसम्म मिटरब्याजको विरोध

64x64
नेपाल लाइभ बुधबार, चैत १५, २०७९  २०:००
1140x725

काठमाडौं– मिटरब्याजविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो आवाज सुनाउनका लागि महोत्तरीको बर्दिवासबाट मार्च सुरु गरेका पीडितहरु ११ दिनपछि काठमाडौं पुगेका थिए।

उनीहरु सरकारलाई आफ्ना माग सुनाउनका लागि विभिन्न मागसहितका ‘प्लेकार्ड’ बोकेर काठमाडौंमा भौँतारिरहेका छन्। उनीहरुको आन्दोलनमा विभिन्न राजनीतिक दल र स्वच्छेकी ढंगबाट समर्थन जनाउनेहरुसमेत बढ्दै गएका छन्। 

यसै सन्दर्भमा बुधबार प्रतिनिधि सभाको विशेष समयमासमेत विभिन्न राजनीति दलका नेताहरुले उनीहरुका मागप्रति सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।

सदनमा गर्जिए सांसदहरु
संसद्‌मा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सिरहादेखि ६ महिनाको शिशु बोकेर १३ दिन हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं पुगेको बताए। 

उनले मिटरब्याज पीडतिहरुका लागि स्थानीय सरकारले समन्वय नगरेको, प्रशासनले बेवास्ता गरेको र केही सांसदहरुले पीडकको संरक्षण गरेको आरोप लगाए। लघुवित्तको नाममासमेत जनतामाथि अन्याय भएको उनको भनाइ थियो। यस्ता विषयमा राज्यले जिम्मेवारी लिनुपर्ने उनले बताए। 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङ्देनले आफ्ना सांसदले मिटरब्याज पीडितहरुका मागबारे ऐक्यबद्धता जनाउन जाँदा सत्ता पक्षका व्यक्तिहरुबाट दुर्व्यवहार भएको भन्दै आपत्ति जनाए। 

उनले भने, ‘के सरकार मुटभेडतर्फ जान खोजेको हो? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै राजावादीलाई छैन?’ उनले सरकार आफैं मुडभेडतर्फ उन्मुख नहुने चेतावनीसमेत दिए। मिटरब्याज पीडितलाई चाँडोभन्दा चाँडो न्याय दिन उनले माग गरे। 

सांसद रञ्जु कुमारी झाले मिटरब्याज पीडितहरुको प्रमुख माग कानुन बनेर राजपत्रमा प्रकाशित हुनुपर्ने रहेको दाबी गरिन्। उनले तमसुक व्यवस्था खारेज र मिटरब्याजीलाई कारबाही गर्नुपर्नेमा सरकारले यसलाई गम्भीर रुपमा नलिएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा केही समिति निर्माण गरेर ढाकछोप गर्न खोजिएको र उक्त क्षेत्रका सांसदहरुलाई जानकारी नगराएको भन्दै उनले आपत्ति जनाइन्। आम जनता पार्टीका सांसद प्रभु साहले तराईका विभिन्न जिल्लाका मिटरब्याज पीडितहरु न्यायको माग गर्दै दर्जनौं दिन लगाएर काठमाडौंमा आएको भन्दै सरकारले उनीहरुको माग सम्बोधन गर्नुपर्ने माग राखे। 

उनले भने, ‘अहिले हाम्रो सदन चलिरहेको छ। म सम्मानित सभामुखमार्फत् आग्रह गर्न चाहन्छु कि सम्मानित सदनको ठोस् निर्णय होस्।’ उनले सुदखोरका कारण हजारौं नागरिकहरु घरबारविहीन भएको बताउँदै राज्यले ठोस् कदम चाल्नुपर्ने बताए।

कांग्रेस सांसद प्रदीप पौडेलले ११ दिनको कठिन यात्रापछि काठमाडौं पुगेका मिटरब्याज पीडितहरुलाई सरकारले न्याय दिनुपर्नेमा जोड दिए। उनले मिटरब्याज पीडितको संयोजकलाई भेटेको र ठूलो संख्यामा अरु पीडितहरु पनि काठमाडौं आउन थालेको बताए। 

पीडितहरु काठमाडौं आउने र सरकारले सहमति गर्ने तर त्यस्ता सहमतिहरु कार्यान्वयनमा नआउने गरेको भन्दै मिटरब्याज पीडितहरुलाई पनि त्यसरी अल्झाउने काम नगर्न उनले सरकारको ध्यानाकर्षण गराए। 

Xtrem

Xtrem

यसअघि नपलपरासीका पीडितहरु ६१ दिन काठमाडौंमा मिटरब्याजीविरुद्ध धर्ना बसेको स्मरण गराउँदै उनले सरकारले अध्ययन कार्यदल बनाएको र मिटरब्याजलाई अपराध स्वीकार गर्दासमेत पीडितहरुले न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरे। 

त्यसैगरी शून्य समयमा बोल्दै सांसद डा अमरेस कुमार सिंहले सरकारले गरिबलाई झन गरिब बनाएर शासन गरिरहेको आरोप लगाए। 
‘मिटरब्याज अहिलेको समाजको ऐना हो। सरकारका अगुवाहरुले यसमा संरक्षण गरेको देखिन्छ,’ उनले भने,  ‘मिटरब्याजको जड सरकार हो। सरकारले गरिबलाई झन गरिब बनाएर शासन गरिरहेको छ। राजनीति गर्नलाई गरिबलाई झन गरिब बनाइरहेको छ।’

सरकारले गरिब जनतालाई शिक्षाको अवसर पनि नदिएको र सहज रुपमा ऋण लिनसक्ने संयन्त्र नबनाएर मिटरब्याजीमार्फत ठगीमा पर्न बाध्य बनाएको उनले बताए। 

यस्तै नेपाली काग्रेसका सांसद एवं कांग्रेस सहमहामन्त्री जीवन परियारले मिटरब्याज मधेसको मात्र नभई देशभरको समस्या भएको बताए। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद परियारले यसलाई एउटैमात्र निर्णय गरेर नहुने बताए।  ‘यो मधेसको मात्र समस्या हैन। देशभरको समस्या हो,’ उनले भने,  ‘सबैको समस्याको समाधान खोजिनुपर्छ।’

सांसद हितबहादुर तामाङले संसद्को विशेष समयमा बोल्दै पूर्वी नेपालबाट पैदल यात्रा गरी न्यायका लागि राजधानी आएकोमा सरकारले निराश पारेर फर्काउन नहुने बताए। 

उनले भने, ‘बालकसमेतका महिला र बृद्धबृद्धासहितको ठूलो टिम बाध्यताका साथ काठमाडौं आए। नाजायज सम्बन्धबाट नागरिकहरुबाट फाइदा लिने सम्पत्तिका मालिकहरुले गरिब, किसानहरुको शोषण गरेको छ।’ उनले ठूला शक्ति र पहुँचमा भएका मान्छेहरुले गैरकानुनी ढंगबाट सम्पत्ति कमाउने गरेको पनि बताए। 

त्यसैगरी सांसद अनितादेवीले तराई–मधेसबाट न्यायका लागि आएका मिटरब्याज पीडितहरुको अवस्थाबारे सरकार बेखबर भएको बताइन्। उनले मिटरब्याज रहरले नभई बाध्यताले लिएको बताउँदै सरकारका कारण नै नागरिकहरु पीडित बन्न पुगेको उनको भनाइ थियो। उनले किसानहरुले मलखाद किन्नका लागिसमेत मिटरब्याजीबाट ऋण लिने गरेको गुनासो गर्दै सरकार कानमा कपास राखेर बसेको बताइन्। 

सांसद रामकुमार श्रेष्ठले संसद्‌मा मिटरब्याज पीडितको आवाज आफूले नै सबैभन्दा पहिला उठाएको दाबी गर्दै मिटरब्याज पीडितहरुको गुनासो सम्बोधन हुने दाबी गरे। उनले मिटरब्याज पीडितहरुको आन्दोलनमा राजनीतिक घुसपैठ भएको बताए। उनले पीडितको आवाज जो कसैले पनि उठाउन पाइने भन्दै राजनीतिक श्रेय लिनुपर्ने आवश्यकता नभएको बताए। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले सुदखोरविरुद्ध कानुन निर्माण गर्नु ढिलाइ गर्न नहुने बताइन्।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
सम्बन्धित सामग्री
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १० गतेका लागि तोकिएको क्षेत्रीय अधिवेशन मौसमको अवस्था हेरेर सञ... बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बालेनको नेतृत्वमा सरकार बनेपछि २०८३ वैशाख १९ गते विभिन्न संस्थान, बोर्ड तथा समितिका राजनीतिक तथा प्रशासनिक पदाधिकारी हटाउनेसम्बन्धी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्