• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२ Sun, May 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सडकदेखि सदनसम्म मिटरब्याजको विरोध
64x64
नेपाल लाइभ बुधबार, चैत १५, २०७९  २०:००
1140x725

काठमाडौं– मिटरब्याजविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो आवाज सुनाउनका लागि महोत्तरीको बर्दिवासबाट मार्च सुरु गरेका पीडितहरु ११ दिनपछि काठमाडौं पुगेका थिए।

उनीहरु सरकारलाई आफ्ना माग सुनाउनका लागि विभिन्न मागसहितका ‘प्लेकार्ड’ बोकेर काठमाडौंमा भौँतारिरहेका छन्। उनीहरुको आन्दोलनमा विभिन्न राजनीतिक दल र स्वच्छेकी ढंगबाट समर्थन जनाउनेहरुसमेत बढ्दै गएका छन्। 

यसै सन्दर्भमा बुधबार प्रतिनिधि सभाको विशेष समयमासमेत विभिन्न राजनीति दलका नेताहरुले उनीहरुका मागप्रति सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।

सदनमा गर्जिए सांसदहरु
संसद्‌मा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सिरहादेखि ६ महिनाको शिशु बोकेर १३ दिन हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं पुगेको बताए। 

उनले मिटरब्याज पीडतिहरुका लागि स्थानीय सरकारले समन्वय नगरेको, प्रशासनले बेवास्ता गरेको र केही सांसदहरुले पीडकको संरक्षण गरेको आरोप लगाए। लघुवित्तको नाममासमेत जनतामाथि अन्याय भएको उनको भनाइ थियो। यस्ता विषयमा राज्यले जिम्मेवारी लिनुपर्ने उनले बताए। 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङ्देनले आफ्ना सांसदले मिटरब्याज पीडितहरुका मागबारे ऐक्यबद्धता जनाउन जाँदा सत्ता पक्षका व्यक्तिहरुबाट दुर्व्यवहार भएको भन्दै आपत्ति जनाए। 

उनले भने, ‘के सरकार मुटभेडतर्फ जान खोजेको हो? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै राजावादीलाई छैन?’ उनले सरकार आफैं मुडभेडतर्फ उन्मुख नहुने चेतावनीसमेत दिए। मिटरब्याज पीडितलाई चाँडोभन्दा चाँडो न्याय दिन उनले माग गरे। 

सांसद रञ्जु कुमारी झाले मिटरब्याज पीडितहरुको प्रमुख माग कानुन बनेर राजपत्रमा प्रकाशित हुनुपर्ने रहेको दाबी गरिन्। उनले तमसुक व्यवस्था खारेज र मिटरब्याजीलाई कारबाही गर्नुपर्नेमा सरकारले यसलाई गम्भीर रुपमा नलिएको बताए। 

Ncell 2
Ncell 2

गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा केही समिति निर्माण गरेर ढाकछोप गर्न खोजिएको र उक्त क्षेत्रका सांसदहरुलाई जानकारी नगराएको भन्दै उनले आपत्ति जनाइन्। आम जनता पार्टीका सांसद प्रभु साहले तराईका विभिन्न जिल्लाका मिटरब्याज पीडितहरु न्यायको माग गर्दै दर्जनौं दिन लगाएर काठमाडौंमा आएको भन्दै सरकारले उनीहरुको माग सम्बोधन गर्नुपर्ने माग राखे। 

उनले भने, ‘अहिले हाम्रो सदन चलिरहेको छ। म सम्मानित सभामुखमार्फत् आग्रह गर्न चाहन्छु कि सम्मानित सदनको ठोस् निर्णय होस्।’ उनले सुदखोरका कारण हजारौं नागरिकहरु घरबारविहीन भएको बताउँदै राज्यले ठोस् कदम चाल्नुपर्ने बताए।

कांग्रेस सांसद प्रदीप पौडेलले ११ दिनको कठिन यात्रापछि काठमाडौं पुगेका मिटरब्याज पीडितहरुलाई सरकारले न्याय दिनुपर्नेमा जोड दिए। उनले मिटरब्याज पीडितको संयोजकलाई भेटेको र ठूलो संख्यामा अरु पीडितहरु पनि काठमाडौं आउन थालेको बताए। 

पीडितहरु काठमाडौं आउने र सरकारले सहमति गर्ने तर त्यस्ता सहमतिहरु कार्यान्वयनमा नआउने गरेको भन्दै मिटरब्याज पीडितहरुलाई पनि त्यसरी अल्झाउने काम नगर्न उनले सरकारको ध्यानाकर्षण गराए। 

shivam cement

shivam cement

यसअघि नपलपरासीका पीडितहरु ६१ दिन काठमाडौंमा मिटरब्याजीविरुद्ध धर्ना बसेको स्मरण गराउँदै उनले सरकारले अध्ययन कार्यदल बनाएको र मिटरब्याजलाई अपराध स्वीकार गर्दासमेत पीडितहरुले न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरे। 

त्यसैगरी शून्य समयमा बोल्दै सांसद डा अमरेस कुमार सिंहले सरकारले गरिबलाई झन गरिब बनाएर शासन गरिरहेको आरोप लगाए। 
‘मिटरब्याज अहिलेको समाजको ऐना हो। सरकारका अगुवाहरुले यसमा संरक्षण गरेको देखिन्छ,’ उनले भने,  ‘मिटरब्याजको जड सरकार हो। सरकारले गरिबलाई झन गरिब बनाएर शासन गरिरहेको छ। राजनीति गर्नलाई गरिबलाई झन गरिब बनाइरहेको छ।’

सरकारले गरिब जनतालाई शिक्षाको अवसर पनि नदिएको र सहज रुपमा ऋण लिनसक्ने संयन्त्र नबनाएर मिटरब्याजीमार्फत ठगीमा पर्न बाध्य बनाएको उनले बताए। 

यस्तै नेपाली काग्रेसका सांसद एवं कांग्रेस सहमहामन्त्री जीवन परियारले मिटरब्याज मधेसको मात्र नभई देशभरको समस्या भएको बताए। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद परियारले यसलाई एउटैमात्र निर्णय गरेर नहुने बताए।  ‘यो मधेसको मात्र समस्या हैन। देशभरको समस्या हो,’ उनले भने,  ‘सबैको समस्याको समाधान खोजिनुपर्छ।’

सांसद हितबहादुर तामाङले संसद्को विशेष समयमा बोल्दै पूर्वी नेपालबाट पैदल यात्रा गरी न्यायका लागि राजधानी आएकोमा सरकारले निराश पारेर फर्काउन नहुने बताए। 

उनले भने, ‘बालकसमेतका महिला र बृद्धबृद्धासहितको ठूलो टिम बाध्यताका साथ काठमाडौं आए। नाजायज सम्बन्धबाट नागरिकहरुबाट फाइदा लिने सम्पत्तिका मालिकहरुले गरिब, किसानहरुको शोषण गरेको छ।’ उनले ठूला शक्ति र पहुँचमा भएका मान्छेहरुले गैरकानुनी ढंगबाट सम्पत्ति कमाउने गरेको पनि बताए। 

त्यसैगरी सांसद अनितादेवीले तराई–मधेसबाट न्यायका लागि आएका मिटरब्याज पीडितहरुको अवस्थाबारे सरकार बेखबर भएको बताइन्। उनले मिटरब्याज रहरले नभई बाध्यताले लिएको बताउँदै सरकारका कारण नै नागरिकहरु पीडित बन्न पुगेको उनको भनाइ थियो। उनले किसानहरुले मलखाद किन्नका लागिसमेत मिटरब्याजीबाट ऋण लिने गरेको गुनासो गर्दै सरकार कानमा कपास राखेर बसेको बताइन्। 

सांसद रामकुमार श्रेष्ठले संसद्‌मा मिटरब्याज पीडितको आवाज आफूले नै सबैभन्दा पहिला उठाएको दाबी गर्दै मिटरब्याज पीडितहरुको गुनासो सम्बोधन हुने दाबी गरे। उनले मिटरब्याज पीडितहरुको आन्दोलनमा राजनीतिक घुसपैठ भएको बताए। उनले पीडितको आवाज जो कसैले पनि उठाउन पाइने भन्दै राजनीतिक श्रेय लिनुपर्ने आवश्यकता नभएको बताए। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले सुदखोरविरुद्ध कानुन निर्माण गर्नु ढिलाइ गर्न नहुने बताइन्।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश सरकारहरूको ९ महिनाको खर्च ८५ अर्ब ४७ करोड
सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग
४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ
सम्बन्धित सामग्री
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए... आइतबार, वैशाख २८, २०८२
राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने कांग्रेस सांसद खतिवडाको सुझाव सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले खर्च कटौतीका लागि राष्ट्रपति र उपराष्ट्रपति कार्यालयक... आइतबार, वैशाख २८, २०८२
प्रेम सुवालले भने : प्रधानमन्त्रीज्यू! जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्‍याङ मात्र हो ? प्रतिनिधिसभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण माग गर्दै सांसद सुवा... आइतबार, वैशाख २८, २०८२
ताजा समाचारसबै
प्रदेश सरकारहरूको ९ महिनाको खर्च ८५ अर्ब ४७ करोड आइतबार, वैशाख २८, २०८२
सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग आइतबार, वैशाख २८, २०८२
४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ आइतबार, वैशाख २८, २०८२
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु, पहिलो बैठक रचनात्मक भएको राष्ट्रपति ट्रम्पको भनाइ आइतबार, वैशाख २८, २०८२
५२ संवैधानिक नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्धविराम शनिबार, वैशाख २७, २०८२
आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्