• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद् विस्तारमा अझै अलमल, कहाँ अड्कियो हलो?

64x64
नवीन झा सोमबार, चैत १३, २०७९  २१:२८
1140x725

काठमाडौं- माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले मंगलबार (भोलि) नै सत्तारुढ गठबन्धनको बैठक गरी मन्त्रिपरिषद् विस्तार गर्ने बिफ्रिङ गरेका छन्। अस्ति शनिबारको पदाधिकारी बैठकमा पनि उनले सोमबारसम्म मन्त्रिपरिषद विस्तार भइसक्ने दावी गरेका थिए।

हुनत प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिएपछि त्यसको दुईदेखि चार दिनभित्रै मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए। तर उनले भनेका कुनै पनि मितिमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। उनले मंगलबारका लागि राखेको भाकामा पनि अन्य दलहरुको अविश्वास देखिन्छ। 

सोमबार पार्टीको पदाधिकारी बैठकअघि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्। तीन शीर्ष नेताहरुको छलफलपछि भोलि ४ बजेका लागि सत्तारुढ ११ दलको बैठक बोलाउने निर्णय भएको छ। तर उक्त बैठकले पनि मन्त्रिपरिषद विस्तारको बाटो खोल्छ भन्नेमा आशंका भने कायमै देखिन्छ।

प्रधानमन्त्री र कांग्रेस सभापतिसँगको छलफलपछि पार्टी कार्यालय पुगेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले मन्त्रालय बाडँफाटमा दलहरुबीच अझै समझदारी नभएको बताएका छन्। नेपालले आफूहरुले पाउने मन्त्रालयको अहिलेसम्म टुंगो नलागेको पनि दाबी गरेका छन्। यसले भोलि नै बस्ने सत्तारुढ दलहरुको बैठकले मन्त्रिपरिषद विस्तारको टुंगो लगाउला भन्नेमा आशंका नै देखिन्छ। 

शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले सोमबारका लागि टुंगो लगाएको कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक पनि मंगलबारका लागि सारिएको थियो। मंगलबार बिहान बस्ने कार्यसम्पादन समितिको बैठक उपनिर्वाचनका उम्मेदवार तय गर्न बोलाइएको कांग्रेसका एक नेताले बताएका थिए। तर कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार भने स्थगित हुँदै बिहीबारका लागि सारिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस सहमहामन्त्री जीवन परियारले आफूहरुलाई मन्त्रिपरिषद् विस्तारका विषयमा अहिलेसम्म कुनै ठोस जानकारी वा सूचना पार्टीले नदिएको बताए। शनिबार बसेको पदाधिकारी बैठकमा पनि मन्त्रालय बाँडफाँटमा सहमति नजुटेको जानकारी गराइएको परियारले बताए। प्रधानमन्त्रीले पटकपटक भाका राख्दै, पूरा नगर्दै गर्दा मन्त्रिपरिषद् विस्तारको हलो केमा अड्कियो भन्ने प्रश्न उब्जिएको छ। 

१० पुसमा माओवादी अध्यक्ष प्रचण्ड एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए। तर २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा प्रधानमन्त्रीले एमालेसँगको सहकार्य तोड्दै पुन: काग्रेससँगको सहकार्यमा अघि बढे। नेपाली कांग्रेसको राष्ट्रपति र जसपाका उपराष्ट्रपतिले काम समेत थालिसकेका छन्।

यता, प्रधानमन्त्री र उनीसँग सहकार्यमा सामेल कांग्रेससहित एकीकृत समाजवादी, जसपा लगायतका दलहरुले संघीय मन्त्रिपरिषद् विस्तार समेत गर्न सकेका छैनन्। यही कारण प्रदेश सरकारहरु समेत अन्योलमा देखिन्छ देखिन्छन्। प्रदेशका नेताहरु केन्द्र सरकारको विस्तार कुरेर बसिरहेका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपामै मन्त्रिपरिषद् विस्तारलाई लिएर अलमल देखिएको छ भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएका साना दलहरु त बेखबर जस्तै छन्। उनीहरुलाई कुन मन्त्रालय आफूलाई दिन लागिएको भन्ने औपचारिक जानकारी समेत छैन।

प्रधानमन्त्रीले कांग्रेसलाई सात, माओवादीलाई पाँच, एकीकृत समाजवादी र रास्वपालाई ३, जसपालाई २, जनमतलाई एक, लोसपालाई एक, नागरिक उन्मुक्तिलाई एक र स्वतन्त्रमध्येबाट एक मन्त्रालय छुट्याएको सूचना बालुवाटार सचिवालयले दिएको छ। 
जसपाभित्र अहिलेसम्म मन्त्री पठाउने कुनै सुरसार देखिएको छैन भने लोसपा, उन्मुक्ति लगायतका पार्टीहरु समेत बेखबर देखिएका छन्। जनमतले सुरुदेखि नै खानेपानी मन्त्रालय परिर्तवन गरेर उद्योग मन्त्रालयमा दावी गर्दै आएको छ।

यी सब परिदृश्यमा मन्त्रिपरिषद विस्तारमा दलहरु अझै कुनै ठोस सहमतिमा पुगिसकेको देखिँदैन। यद्यपि, प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एकीकृत समाजवादी, जसपासहित लोसपा र जनमत पार्टीका शीर्ष नेताहरुसँग यो बीचमा एक्लाएक्लै संवाद गरेका छन्।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २१:२८
  • #प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्