• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद् विस्तारमा अझै अलमल, कहाँ अड्कियो हलो?

64x64
नवीन झा सोमबार, चैत १३, २०७९  २१:२८
1140x725

काठमाडौं- माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले मंगलबार (भोलि) नै सत्तारुढ गठबन्धनको बैठक गरी मन्त्रिपरिषद् विस्तार गर्ने बिफ्रिङ गरेका छन्। अस्ति शनिबारको पदाधिकारी बैठकमा पनि उनले सोमबारसम्म मन्त्रिपरिषद विस्तार भइसक्ने दावी गरेका थिए।

हुनत प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिएपछि त्यसको दुईदेखि चार दिनभित्रै मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए। तर उनले भनेका कुनै पनि मितिमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। उनले मंगलबारका लागि राखेको भाकामा पनि अन्य दलहरुको अविश्वास देखिन्छ। 

सोमबार पार्टीको पदाधिकारी बैठकअघि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्। तीन शीर्ष नेताहरुको छलफलपछि भोलि ४ बजेका लागि सत्तारुढ ११ दलको बैठक बोलाउने निर्णय भएको छ। तर उक्त बैठकले पनि मन्त्रिपरिषद विस्तारको बाटो खोल्छ भन्नेमा आशंका भने कायमै देखिन्छ।

प्रधानमन्त्री र कांग्रेस सभापतिसँगको छलफलपछि पार्टी कार्यालय पुगेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले मन्त्रालय बाडँफाटमा दलहरुबीच अझै समझदारी नभएको बताएका छन्। नेपालले आफूहरुले पाउने मन्त्रालयको अहिलेसम्म टुंगो नलागेको पनि दाबी गरेका छन्। यसले भोलि नै बस्ने सत्तारुढ दलहरुको बैठकले मन्त्रिपरिषद विस्तारको टुंगो लगाउला भन्नेमा आशंका नै देखिन्छ। 

शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले सोमबारका लागि टुंगो लगाएको कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक पनि मंगलबारका लागि सारिएको थियो। मंगलबार बिहान बस्ने कार्यसम्पादन समितिको बैठक उपनिर्वाचनका उम्मेदवार तय गर्न बोलाइएको कांग्रेसका एक नेताले बताएका थिए। तर कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार भने स्थगित हुँदै बिहीबारका लागि सारिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस सहमहामन्त्री जीवन परियारले आफूहरुलाई मन्त्रिपरिषद् विस्तारका विषयमा अहिलेसम्म कुनै ठोस जानकारी वा सूचना पार्टीले नदिएको बताए। शनिबार बसेको पदाधिकारी बैठकमा पनि मन्त्रालय बाँडफाँटमा सहमति नजुटेको जानकारी गराइएको परियारले बताए। प्रधानमन्त्रीले पटकपटक भाका राख्दै, पूरा नगर्दै गर्दा मन्त्रिपरिषद् विस्तारको हलो केमा अड्कियो भन्ने प्रश्न उब्जिएको छ। 

१० पुसमा माओवादी अध्यक्ष प्रचण्ड एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए। तर २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा प्रधानमन्त्रीले एमालेसँगको सहकार्य तोड्दै पुन: काग्रेससँगको सहकार्यमा अघि बढे। नेपाली कांग्रेसको राष्ट्रपति र जसपाका उपराष्ट्रपतिले काम समेत थालिसकेका छन्।

यता, प्रधानमन्त्री र उनीसँग सहकार्यमा सामेल कांग्रेससहित एकीकृत समाजवादी, जसपा लगायतका दलहरुले संघीय मन्त्रिपरिषद् विस्तार समेत गर्न सकेका छैनन्। यही कारण प्रदेश सरकारहरु समेत अन्योलमा देखिन्छ देखिन्छन्। प्रदेशका नेताहरु केन्द्र सरकारको विस्तार कुरेर बसिरहेका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपामै मन्त्रिपरिषद् विस्तारलाई लिएर अलमल देखिएको छ भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएका साना दलहरु त बेखबर जस्तै छन्। उनीहरुलाई कुन मन्त्रालय आफूलाई दिन लागिएको भन्ने औपचारिक जानकारी समेत छैन।

प्रधानमन्त्रीले कांग्रेसलाई सात, माओवादीलाई पाँच, एकीकृत समाजवादी र रास्वपालाई ३, जसपालाई २, जनमतलाई एक, लोसपालाई एक, नागरिक उन्मुक्तिलाई एक र स्वतन्त्रमध्येबाट एक मन्त्रालय छुट्याएको सूचना बालुवाटार सचिवालयले दिएको छ। 
जसपाभित्र अहिलेसम्म मन्त्री पठाउने कुनै सुरसार देखिएको छैन भने लोसपा, उन्मुक्ति लगायतका पार्टीहरु समेत बेखबर देखिएका छन्। जनमतले सुरुदेखि नै खानेपानी मन्त्रालय परिर्तवन गरेर उद्योग मन्त्रालयमा दावी गर्दै आएको छ।

यी सब परिदृश्यमा मन्त्रिपरिषद विस्तारमा दलहरु अझै कुनै ठोस सहमतिमा पुगिसकेको देखिँदैन। यद्यपि, प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एकीकृत समाजवादी, जसपासहित लोसपा र जनमत पार्टीका शीर्ष नेताहरुसँग यो बीचमा एक्लाएक्लै संवाद गरेका छन्।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २१:२८
  • #प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्