• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

उच्च रक्तचाप: औषधि सेवन नगरी कसरी नियन्त्रण गर्ने?

डा ओममूर्ति अनिल शुक्रबार, चैत १०, २०७९  ०७:१८
1140x725

रक्तचापलाई कम गर्ने औषधि सबैभन्दा प्रभवकारी विधि भए पनि अरु उपायहरुबाट हुने फाइदालाई नजरअन्दाज गर्न मिल्दैन। औषधि बाहेक अन्य उपायहरुमा जोड दिएर औषधि खानै नपर्ने, सुरु गरिसकेपछि मात्रा घटाउने वा बन्दै गर्ने पनि संभावना हुन सक्छ। सामान्य रक्तचाप, उच्च रक्तचाप र औषधिको सेवन गर्ने सबैले यी ५ उपायहरु अवलम्बन गरेमा फाइदा निश्चित हुन्छ। 

१. दैनिक एक घण्टा हिड्नु
सामान्य व्यक्तिले पनि प्रतिदिन आधा घण्टा (३ किलोमिटर) हिड्नुपर्छ। रक्तचापलाई थप नियन्त्रणमा राख्न एक घण्टा हिड्नु जरुरी हुन्छ। दैनिक प्रशस्त गतिविधिले रक्तचापलाई ५–१० मिमि अफ मर्करीसम्म घटाउन मद्दत गर्छ। जुन १–२ चक्की औषधि सेवनको बराबर हुन्छ। रक्तचाप जति बढी छ, उति नै बढी हिड्नु फाइदाजनक मानिन्छ। हिँड्दा अलि छिटो–छिटो, स्वाँ–स्वाँ हुने गरी र हल्का पसिना आउने गरी हिड्नु राम्रो मानिन्छ। विस्तारै हिडेमा पनि फाइदा अवश्य नै हुन्छ। तपाईंले हिडेको प्रत्येक पाइलाले रक्तचापमा सकारात्मक  असर गर्ने कुरालाई सम्झी आफ्नो फुर्सदको समयलाई हिड्नमा सदुपयोग गर्नुपर्छ। हिड्ने बेलामा शरीरमा उत्पन्न हुने हर्मोन÷रसायन आदिले मुटु र रक्तनलीमा सकारात्मक असर गरेर रक्तचाप घटाउन मद्दत गर्छ।

२. स्वस्थ आहारको सेवन
खानामा फलफूल, सागसब्जी, सलाद आदिको प्रयोग बढी गर्नु र चिल्लो/गुलियो र नुनिलो खानाको प्रयोग कम गर्नाले ५ देखि १० मिमि अफ मर्करीसम्म रक्तचाप घट्न सक्छ। मासुको प्रयोग कम र माछाको प्रयोग बढी गर्नु र रेसादार खानाको प्रयोग बढी गरेमा रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ। खानामा नुनको प्रयोग कम गर्नु रक्तचाप घटाउने प्रभावकारी उपाय मानिन्छ। तर नुनको अत्यन्तै कम प्रयोग गर्नु वा खाँदै नखानु उल्टै हानिकारक हुन सक्छ। जीवनका लागि नुन (सोडियम) अत्यन्तै आवश्यक मानिन्छ। 

dr om murti1674101240.png
डा ओममूर्ति अनिल

यसका लागि खानामा नुन कम प्रयोग गर्नु, नुन नथप्नु र रेडिमेड खानाहरुको प्रयोग नगर्नु आवश्यक हुन्छ। डब्बामा प्याक गरिएका अधिकांश खानामा नुनको मात्रा बढी हुन्छ। नुनको कम प्रयोगले रक्तचाप नियन्त्रणसँगै मुटुका अन्य समस्याबाट पनि बचाउँछ। कुनै–कुनै खाना नुनिलो नभईकन पनि सोडियम बढी भएको हुन्छ। त्यसैले घर बाहिरको खाना कम खानु र वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानामा नुन कम हाली खानु नै सर्वोत्तम उपाय हुन सक्छ।

३. मोटोपना घटाउने
मोटो व्यक्तिलाई उच्च रक्तचापको संभावना बढी हुन्छ। मोटो व्यक्तिको रक्तचापलाई नियन्त्रण गर्न पनि कठिन हुन्छ। व्यक्तिको तौल र रक्तचापको सिधा सम्बन्ध भएको रिसर्चले पुष्टि गरिसकेको छ। १० किलोग्राम तौल घटाएमा रक्तचाप पनि औसतमा १० मिमि अफ मर्करीले घट्छ, जुन २ वटा औषधिको प्रयोग बराबर हुन सक्छ। तपाईको तौल बढी छ भने चिकित्सकको सल्लाहअनुसार ६ देखि १२ महिनामा ५–१० किलोग्राम वा अहिलेको तौलको १० प्रतिशतले घटाउनु अत्यन्तै उपयोगी हुन सक्छ। २–४ किलोग्राम तौल घटाएपनि पनि रक्तचापको राम्रो नियन्त्रण हुन सक्छ। तौल घटाउन कम क्लालोरी भएको खाना खानु र शारीरिक गतिविधि बढी गर्नु जरुरी हुन्छ, जसले फेरि रक्तचाप घटाउन मद्दत गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

४. मदिरा र चुरोटको सेवनमा रोक
अत्यधिक मदिराको सेवनले रक्तचाप बढाउँछ र यसको नियन्त्रणमा प्रतिकुल असर पार्छ। रक्तचाप र मदिरा सेवनको सिधा सम्बन्ध देखिन्छ। जति बढी मदिरा (जुनसुकै प्रकारको) त्यति नै धेरै रक्तचाप। अर्को डरलाग्दो सम्बन्ध मदिराको सेवन उच्च रक्तचाप र मस्तिष्कघात (ब्रेन हेमोरेज) बीच देखिन्छ। नेपालमा उच्च रक्तचाप र मदिरा सेवन गर्नेहरुको संख्या बढी छ। रक्तचाप नियन्त्रणमा नभएका व्यक्तिले अत्यधिक मदिराको सेवन गरेमा मस्तिष्कमा रक्तस्रावको खतरा अत्यन्तै बढी हुन्छ। त्यसैले उच्च रक्तचाप भएकाले मदिरा सेवन नगर्नु उचित हुन्छ। नियन्त्रणमा भएकाको पनि कहिले काँही मात्र ५० एमएल ह्विस्की, १०० एमएल वाइन वा २०० एमएल बियरभन्दा बढी प्रयोग गर्न मिल्दैन। 

अत्यधिक मदिरा सेवन गर्नेहरुले यसको प्रयोग बन्द गरेमा रक्तचाप घट्छ र औषधिको प्रयोगबाट पनि बच्न सकिन्छ। चुरोटको सेवनले रक्तचाप बढाउँछ, प्रत्येक खिल्ली चुरोटले १ मिमि अफ मर्करी रक्तचाप बढाउँछ। चुरोटको सेवनले रक्तचापको औषधिको प्रभावलाई पनि निस्क्रिय पार्छ। सामान्य व्यक्तिले पनि एउटा मात्र भएपनि चुरोटको सेवन गर्न मिल्दैन। उच्च रक्तचाप भएका र औषधि सेवन गर्नेहरुले त झन् यथाशिघ्र पूर्ण रुपमा चुरोट त्याग्नु बुद्धिमानी हो। अन्यथा कुनै दिन त्यही चुरोट हृदयघातको कारण बन्न सक्छ। चुरोट/मदिराको सेवन बन्द गर्ने बित्तिकै रक्तचाप नियन्त्रण हुन थाल्छ र औषधिको प्रयोगबाट पनि बच्न सकिन्छ।

५. मानसिक तनावमा कमी
आज भोलि प्रायः युवाहरुमा (४० वर्ष मुनि) रक्तचाप अचानक बढ्ने गरेको देखिन्छ र यसको सबैभन्दा प्रमुख कारण नै मानसिक तनाव मानिएको छ। देशमा व्याप्त राजनीतिक र सामाजिक परिस्थितिले युवाहरुको स्वास्थ्यमा प्रतिकुल असर पारेको देखिन्छ। यस्ते अवस्थामा प्रत्येक व्यक्ति, परिवार, संस्थाका जिम्मेवार व्यक्तिहरुले तनावको वातावरणलाई न्यून गर्न प्रयासरत हुनुपर्छ। व्यक्तिले सर्वप्रथम आफैँबाट सुरुवात गर्नुपर्छ। स्वभाव र काम गर्ने शैलीमा परिवर्तन गर्न जरुरी छ। आफुलाई परिस्थिति अनुकूल बनाउनु जरुरी हुन्छ। रिसलाई कम गर्न सिक्नुपर्छ।

Xtrem
Xtrem

तनाव कम गर्न आफुलाई उपयुक्त हुने तरिका अपनाउन सकिन्छ। तनावको कारणले बढेको रक्तचापका लागि प्रायः औषधि खानु पर्दैन। कहिले काँही छोटो अवधिका लागि औषधि प्रयोग गरे पनि तनाव घटेपछि औषधि पनि बन्द गर्न मिल्छ। उच्च रक्तचाप त कुनै न कुनै दिन हामी सबैलाई हुन्छ नै, उमेरसँगै रक्तचाप बढ्नु एउटा स्वाभाविक प्रक्रिया हो। जीवनशैलीमा आवश्यक परिवर्तन ल्याएमा रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ। औषधिर्का प्रयोग समयमै गरेर, माथि उल्लेखित उपायहरु अपनाएमा औषधिको मात्रा घटाउन सजिलो हुन्छ। पछि रक्तचापमा राम्रो सुधार देखिएमा चिकित्सकको सल्लाह अनुसार औषधि बन्द समेत गर्न मिल्छ।

(नेपाल हृदयरोग निवारण प्रतिष्ठानले प्रकाशित गरेको मुटु नामक पुस्तकबाट साभार)

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्