काठमाडौं- सरिता सापकोटाको शब्द तथा रुपक डोटेलको स्वर रहेको म्युजिक भिडियो ‘जाने भए जाउ’ सार्वजनिक भएको छ। ‘फाइभ स्टार्स’ नामक युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
मनोज चौलागाईंको संगीत रहेको सो गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन्।
गीतको भिडियोको निर्देशन टेकेन्द्र शाहले गरेका छन्। म्युजिक भिडियोमा विकास लामिछाने, ऋचा थापा र अशोक घिमिरेले अभिनय गरेका छन्।
सञ्चारकर्मी समेत रहेकी सरिताले रचना गरेको पहिलो गीत भने ‘तिम्रो तस्बिर’ हो। उक्त गीतमा युवा गायक प्रताप दासले स्वर दिएका छन्। हालसम्म उनका पाँच वटा गीत रेकर्ड भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।