काठमाडौं- साउन अफ्रिकाका चर्चित र्यापर र म्युजिसियन कोस्टा टिचको मृत्यु भएको छ। उनी २७ वर्षका थिए।
शनिबार जोहान्सवर्गमा अल्ट्रा म्युजिक कन्सर्टमा प्रस्तुति दिइरहेका बेला उनी स्टेजमै ढलेका थिए। त्यसपछि अस्पतालमा भर्ना भएका उनी फिर्ता हुन सकेनन्।
उनी प्रस्तुतिका क्रममा दुई पल्ट ढलेका थिए। पहिलो पटक आफैं उठेका उनी फेरि ढलेपछि भने उठ्न सकेनन्।
उनी 'एक्टिवेट' तथा 'नकलकथा' जस्ता हिट नम्बरका कारण विश्वमा चर्चित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।