काठमाडौं– नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार नयाँ राष्ट्रपतिका लागि मतदान जारी छ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको आठ दलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन्।
राष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्यहरू मतदाता हुने व्यवस्था छ। बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।
मत खसाल्न यतिबेला संघ र प्रदेशका सांसदहरू मतदान केन्द्रमा लाइन लागिरहेका छन्। बिहीबारै बेलुका सात बजेभित्र राष्ट्रपति निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।
हेर्नुहोस् तस्बिरहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।