काठमाडौं– नेपाल मजदुर किसान पार्टी पनि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ। यसअघि राप्रपाले पनि सहभागी नहुने निर्णय गरेको थियो।
नेमकिपाका प्रतिनिधि सभामा १ र प्रेदश सभामा ३ सांसद रहेका छन्। बिहीबार बसेको उक्त दलको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो।
राप्रपाका भने प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २८ सांसद रहेका छन्।
यस्तै, प्रतिनिधि सभामा १९ सांसद रहेको रास्वपाले पनि कसलाई मत हाल्ने भन्ने निर्णय गरिसकेको छैन। उक्त दलको बैठक बिहान ११ बजेखि बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।