काठमाडौं- राष्ट्रपति निर्वाचनका लागि बिहीबार भइरहेको मतदान प्रक्रिया जारी छ। निर्वाचन आयोगका अनुसार बिहीबार बिहान ११ बजेसम्म संघीय सांसद १०० जनाले मत दिइसकेका छन्। त्यस्तै, प्रदेश सभाका १२४ सांसदले मत दिएका छन्।
संघीय सांसद ३३४ र प्रदेश सांसद ५५० ले मत दिने व्यवस्था छ। तर, संघीय सांसदको केही पद रिक्त छन्। केही उपस्थित हुने परिस्थितिमा छैनन्।
राष्ट्रपति निर्वाचनका लागि प्रकाशित मतदाता सूचीमा नाम समावेश गरिएकी जसपा सांसद सहनाज रहमानको निधन भएको छ। त्यस्तै, कांग्रेस सांसद चन्द्र भण्डारी र माओवादी केन्द्रका सांसद वर्षमान पुन उपचारका लागि क्रमशः भारत र चीनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।