काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनबारे बिहीबार निर्णय लिँदैछ।
राष्ट्रपतिका कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबसेको रास्वपाले मतदानमा सहभागी हुने वा नहुने, भए कुन उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे निर्वाचनकै दिन निर्णय गर्न लागेको हो। जसका लागि बिहान ९ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले बिहीबार बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए। कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबसेको राप्रपाले भने मतदानमा सहभागी नहुने निर्णय गरिसकेको छ।
राष्ट्रपतिको निर्वाचनको मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ। राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।