• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भूकम्पपछि गाउँ फर्किए व्यावसायिक कृषिमा रमाउँदै राई दम्पती

64x64
रासस बुधबार, फागुन २४, २०७९  १४:३२
1140x725

खोटाङ– लामो समयदेखि काठमाडौंको सिनामंगलमा ‘होटल कल्पवृक्ष’ सञ्चालन गरी राम्रो आम्दानी गरिरहेको खोटाङ दिक्तेलका सुमन राईको परिवारलाई विसं २०७२ को भूकम्प गाउँ फर्कने बाहना बन्यो। भूकम्पको धक्का व्यवसायमा पनि पर्‍यो। त्यसैकारण भूकम्पपछि गाउँ फर्किएका राई दम्पतीलाई फेरि काठमाडौं पस्ने रहर जागेन।

‘होटलबाट मासिक औसतमा लाख आम्दानी हुन्थ्यो’, राईले भने, ‘तर भूकम्पका कारण गाउँ फर्किएपछि फेरि काठमाडौं जान मन लागेन, बरु यतै केही गरौं भन्ने सोच बन्यो।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका सुमन र श्रीमती सविताको परिवारले काठमाडौंमा नौ वर्ष बिताएपछि यतिबेला भने गाउँमै व्यावसायिक कृषिमा रमाइरहेको छ।

‘काठमाडौं जानुको उद्देश्य छोराछोरीलाई सुविधा सम्पन्न विद्यालयमै पढाऔं भन्ने पनि थियो, होटल पनि चलायौं, तर भूकम्पले हामीलाई गाउँ फर्कन प्रेरित गर्‍यो’, सुमन राईले भने। हाल यो दम्पती बुइपास्थित छिप्तीमा ‘यलम्बर नमुना कृषि फार्म’ दर्ता गरी कागती खेतीका साथै पशुपालनमा रमाइरहेको छ।

करिब २० लाख लगानीबाट सुरु भए पनि हाल फार्ममा करिब एक करोड लगानी भइसकेको छ। कूल ७२ रोपनीमा कागती खेती सुरु गरेका राई दम्पतीले अहिले यसबाट आम्दानी लिन थालिसकेका छन्। छिप्तीमा रहेको खाली जमिनमा राई दम्पतीले उन्नत जातका एक हजार एक सय बोट कागतीका बिरुवा रोपेका छन्। 

यस वर्षदेखि थप २५ रोपनी क्षेत्रफलमा कागतीको नयाँ विरुवा रोप्ने समेत उनीहरुको तयारी छ। कागतीसँगै लिची र कफीकोसमेत व्यावसायिक खेती उनीहरुले सुरु गरिसकेका छन्। तीन वर्षअघि २२ रोपनीमा क्षेत्रफलमा रोप्नुभएको लिचीले उत्पादन दिन सुरु गरिसकेको छ।

राई दम्पतीले कागती खेतीमा कामदारका रुपमा गासबासको व्यवस्थासहित मासिक १५ हजार तलबमा एक दम्पती राखेका छन्।  ‘निरन्तरको कामका लागि हामीसँगै एक जना दम्पती हुनुहुन्छ भने आवश्यक परेको खण्डमा थप कामदार पनि ल्याउछौं’, सुमन राईले भने। 

राई दम्पतीले कागती प्रतिकेजी एक सय ५० देखि दुई सयसम्ममा बिक्री गर्दै आआएका छन्।  ‘कागतीले उत्पादन दिन थालेको पहिलो वर्ष एक हजार दुई सय  केजी बिक्री गर्‍यौं’, सुमनले भने,  ‘यसवर्ष उत्पादन अझ राम्रो छ, तर कति फलेको छ भन्ने टिपिसकेपछि मात्र थाहा हुन्छ।’

राई दम्पतीको कागती बगानमा यतिबेला केही बोटमा फूल फुलेका छन् भने केहीमा कागती टिप्न अझै बाँकी छ। दुईजना कर्मचारी फल टिप्न, गोडमेल गर्न र पानी तथा मल हाल्नमै व्यस्त छन्। दिक्तेल बहुमुखी क्याम्पसबाट आईएसम्म अध्ययन गरेका राई दम्पतीले उत्पादन गरेका कागती दिक्तेल बजार र काठमाडौंमा पुग्ने गरेको छ। राई दम्पतीले कागती खेती मात्रै होइन, व्यावसायिकरुपमा राँगा, सुङ्गुर र बाख्रासमेत पालेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘यस वर्ष चार हजार कफीका बिरुवा रोप्ने तयारी छ’, हिमाली कफी उत्पादक किसान समूहका अध्यक्षसमेत रहेका सुमनले भने, ‘छिप्तीका सबै घरमा कफी उत्पादन गर्ने उद्देश्यले यसवर्ष २५ हजारभन्दा बढी कफीको बिरुवासमेत उत्पादन गरिएको छ।’

एकजनाले मात्र उत्पादन गरेर आम्दानी लिन सम्भव नभएकाले १५ घरधुरी आवद्ध भएको उनको भनाइ छ।  ‘सबैले उत्पादन गरियो भने कम्तीमा एउटा सानो उद्योग सञ्चालन गर्न सकिन्छ’, उनले भने, ‘प्रशोधन नगरी बेच्दा बजार अभाव हुन्छ। थोरै उत्पादन बाहिर पुर्‍याउन सकिन्न। त्यसैले सबै घर मिलेर उत्पादन गर्ने उद्देश्यका साथ यसपटक निःशुल्क बिरुवा वितरण गर्ने तयारी गरेका छौं।’

एक छोरा र एक छोरीका बुबा–आमा सुमन र सविताले सन्तानलाई भने काठमाडौंमै राखेर अध्यापन गराइरहेका छन्। छोरी स्मारिका बीबीए अध्ययनरत छन् भने छोरा सुरनजङ राई पढाइ सकेर रोजगारीका लागि बाहिर जाने तयारीमा छन्।

एक हजार एक सय ३७ घरधुरी रहेको बुइपाका स्थानीय लिची, कागती, चिया खेती तथा बङ्गुर, कुखुरा, बाख्रा एवम् भैँसीपालन व्यवसायमा आबद्ध छन्। कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बुइपाका सबै सामुदायिक वनमा व्यवसायिकरुपमा कफी र एभोकाडो खेती गर्ने तयारी गरिएको वडा नं १४ का वडाध्यक्ष दिनेश राईले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कृषिलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले व्यावसायिक कृषि पेसा अपनाउने किसानलाई अनुदान दिने व्यवस्था गरेको छ। कूल १५ वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पकेटक्षेत्र निर्धारण गरेर कृषिमा लगानी गर्ने नगरसभाबाटै नीति तथा कार्यक्रम पारित गरेको छ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थारू, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्त कुमार पौड्य... मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ । मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना । कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्