• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

सिस्नो: धनीको पनि रोजाइमा पर्न थालेको ‘गरिबको खाना’

आरबी बुढाथोकी बिहीबार, फागुन १८, २०७९  ०८:४४
1140x725

सिस्नो भन्ने बित्तिकै गरिबको खाना अर्थात् हेपिएको खाना। कमैको भान्सामा पाक्ने खान्की। गरिब-दुःखीले ‘सिस्नोको खोले खाएको’ भन्दै यसलाई अभावको बेला प्राण धान्ने खान्कीको रुपमा लिने गरिन्थ्यो। तर पछिल्ला दिनमा सिस्नो धनीले पनि औषधि सम्झेर खोजीखोजी खान थालेका छन्।

कुनै बेला अभावमा छाक टार्ने सिस्नो अहिले पाँचतारे होटलको मेनुमा समावेश भएको छ। त्यतिमात्र होइन, यो झोलिलो खानेकुराले स्वाद र स्वास्थ्य दुवैलाई लोभ्याउँदै छ। गजब त के छ भने, सिस्नो हाम्रो पाखापखेरामा जताततै पाइन्छ। सस्तो अनि सुलभ पनि। त्यसमाथि अहिले हामीले खाने खाना जसरी विषाक्त हुँदै गएको छ, सिस्नोमा त्यो भय छैन। किनभने सिस्नो विशुद्ध अर्ग्यानिक उत्पादन हो। यसको उत्पादनमा न किटनाशकको प्रयोग गर्नुपर्छ, न कृत्रिम भण्डारणको खाँचो नै।

RB_Budhathoki1677725408.jpg
आरबी बुढाथोकी

अल्लो वा चाल्ने सिस्नो नेपालको पहाडी भूभागका जङ्गलहरूका खुला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइने वनस्पति हो। बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ३ मिटरसम्म अग्लो हुने गर्छ। सिस्नो जस्तै देखिए पनि अल्लो १२०० मिटरभन्दा माथि मात्रै पाइन्छ। यो वनस्पतिको जमिन माथिको भाग मसिना तिखा विषालु काँडाहरूले ढाकेको हुन्छ। काण्डको बोक्राबाट प्राप्त हुने रेसा नरम, बलियो र चम्किलो हुने भएकोले यसको रेसा धागो उत्पादनमा प्रयोग गरिन्छ। अल्लो धागोबाट जुत्तादेखि टोपीसम्मका विभिन्न कपडा,झोला आदि बनाइन्छ।

सिस्नोमा पाइने झुस जस्तो फर्मिक अम्ल र पोल्ने जलन हुने र हिस्टामाइले सुन्निने भएकाले सिस्नोले छुँदा निकै दुख्ने र पोल्ने हुन्छ र त परापूर्वककालमा सिस्नोले सबैलाई तर्साउने गरिन्थ्यो। अंग्रेजीमा यसलाई नेटल भनेर चिनिन्छ। मध्यपहाडी तथा उपत्यकामा पाइने पोल्ने झार नै सिस्नो हो र यसमा धेरै औषधीय गुण पाइएको छ। यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समय देखि प्रचलित छ।

सिस्नोमा २५ प्रतिशतसम्म प्रोटिन हुन्छ। त्यसैले यो साकाहारीहरूको लागि अति उत्तम भोजन हो। यो अति मूल्यवान 'गउडा चिज' र यार्गमा स्वादको लागि प्रयोग गरिन्छ। नेपालको पहाडी क्षेत्रमा जनसङ्ख्याको वृद्धि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जताततै पाइँदैन।

धनीका लागि औषधी सावित हुँदा सिस्नो तारे होटलमा पनि!
नेपालको पाँचतारे होटेलको मेनुमा पनि सिस्नो निकै लोकप्रिय छ। यसलाई संसारकै अति स्वस्थकर खानाको सूचीमा समेत राखिएको छ। देश बाहिर यसलाई सुप, तरकारी, चिया, जुस, औषधि आदिको रुपमा प्रयोग गरिन्छ। पात मात्र नभएर यसको जरासमेत उपयोगी छ। सिस्नो स्वादिष्ट त हुन्छ नै पोषणले पनि भरिपूर्ण हुन्छ। तर हाम्रो गाउँघर, बनपाखामा सजिलै पाइने सिस्नुलाई भने हामीले हेला गरिरहेका छौं। स्तरीय होटलहरुमा पनि अहिले नेपाली पहिचानको खाना भनेर सिस्नोको सुप र अन्य परिकार विदेशलाई पस्कन थालिएको छ।  

कसरी खाने  सिस्नो?
– सामान्यतया: सिस्नोलाई पखाली उम्लेको तातोपानीमा राखी घोटेर पकाउने प्रचलन छ। विशेषगरी यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेर पकाइन्छ।

– तर, विदेशमा बटरमा प्याज, लसुन, लिक, गाँजर, फुराएर भेज स्टक र आलु राखेर सिस्नो पकाइन्छ। यसलाई बल्याण्ड गरेर छानिन्छ। अन्त्यमा नुन, मरिच र क्रिम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने प्रचलन छ।

Ncell 2
Ncell 2
nimb
nimb

– सिस्नुको चिया पनि त्यत्तिकै प्रचलित छ। यसलाई निकै स्वास्थ्यवर्द्धक पनि मानिन्छ। यसलाई ग्रिन-टीकै तरिकाले सेवन गरिन्छ। र, जुसको रुपमा पनि पिउन सकिन्छ।

– सहजताका लागि अहिले सुपरमार्केटमा सिस्नोको पाउडर पनि उपलब्ध हुन्छ। यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ।

– सिस्नोको फूलको सुप बनाएर पनि प्रयोग गर्न सकिन्छ। यसलाई भात या मकैको च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ।

औषधीय गुण बोकेको सिस्नो
– सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ।
– यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ।
– सिस्नो गर्भवती तथा सुत्केरीलाई समेत खुवाइन्छ। उनीहरुका लागि सिस्नो अति फाइदाजनक मानिन्छ।
–    उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ। यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्‍याउँछ।
– प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ।
– सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ। यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मद्दत पुर्‍याउँछ।
– यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल झर्नबाट रोक्ने काम गर्छ।
– सिस्नोले शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ। यसले डिएनए क्षयीकरण हुनबाट समेत रोक्ने काम गर्छ।
– पिसाबको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुन्छ।
– शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मद्दत गर्छ।
– शरीर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ।

Xtrem

Xtrem

बहुउपयोगी सिस्नो
– सिस्नो जति काट्यो त्यति पलाउने भएकाले खेती गरे पनि लाभ उठाउन सकिन्छ। यसलाई तारे होटेलदेखि विदेशमा समेत बिक्री गर्न सकिन्छ।
– औषधिको प्रयोजनका लागि सिस्नोको अत्यधिक माग हुने भएकाले यसलाई विदेश निर्यात गरेर आर्थिक लाभ लिन सकिन्छ।
– यो मानिसको लागि मात्र नभई जनावरका लागि पनि स्वस्थकर मानिने अनुसन्धानले देखाएको छ। गाई-भैंसीलाई सिस्नो खुवाउँदा निरोगी हुनुको साथै दूध पनि बढी दिने गर्छ।
– सिस्नोको फूल र जरा कुखुरालाई खुवाएर अण्डा उत्पादनलाई बढाउन सकिन्छ।
– यसको जरा औषधिको रुपमा प्रयोग गरिन्छ।
– सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्