काठमाडौं- निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार शुक्रबार अन्तिम सूची सार्वजनिक गर्ने तय भएको थियो।
यसअघि छुटाइएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुनकुमार चौधरीको नाम पनि सूचीमा समेटिएको छ। फागुन १० मा सार्वजनिक पहिलो चरणको नामावलीमा उनको नाम थिएन। उनले आफ्नो नाम समेट्न आयोगमा निवेदन दिएका थिए।
आयोगले सार्वजनिक गरेको सूचीमा प्रदेश सभाका ५५० र संघीय संसद्का ३३२ सदस्यको नामावली उल्लेख छ। प्रतिनिधि सभा सदस्य टेक बहादुर गुरुङ अहिले निलम्बित छन्। त्यस्तै, रवि लामिछाने निर्वाचित भएको निर्वाचन क्षेत्र रिक्त छ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ। त्यसका लागि भोलि शनिबार उम्मेदवारी दर्ता हुँदैछ।
मतदाता- संघीय संसद् सदस्यहरू
मतदाता- प्रदेश सभा सदस्यहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।