• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

उमेरअनुसार कस्तो हुनुपर्छ बालबालिकाको वृद्धि विकास र खानपान?

कमला गुरुङ सोमबार, फागुन ८, २०७९  ०८:२३
1140x725

काठमाडौं– आमाको गर्भदेखि नै शिशुको वृद्धि विकास सुरु हुन्छ। महिलाको अण्ड र पुरुषको शुक्रकिटको मिलनबाट पाठेघरमा गर्भको विकास हुन थाल्छ। १२ हप्तासम्म शिशुको सबै अंग बनिसकेको हुन्छ। 

जन्मपछि शिशुको शारीरिक र मानसिक दुवैको विकास अन्त्यन्तै महत्वपूर्ण हुन्छ। शारीरिक रुपमा शिशुको वृद्धि विकास उसको उमेर अनुसारको तौल, उचाई, टाउकोको गोलाई लगायतले निर्धारण गर्दछ। 

३७ हप्ता पुरा भएर ४० हप्ताभन्दा माथि नपुगिकन जन्मिएको शिशुलाई स्वस्थ मानिन्छ। जन्मदा एक स्वस्थ शिशुको तौल साढे दुई केजीदेखि चार किलो मुनिसम्म हुनुपर्छ। र, उचाई ५० सेन्टिमिटर (सेमी) हुनुपर्छ। टाउकोको गोलाई ३३ देखि ३५ सेमी हुनुपर्छ।

साढे दुई किलोभन्दा तल र चार किलोभन्दा माथि भएका शिशुलाई स्वस्थ मानिँदैन। शिशुको कम र धेरै तौल हुनु स्वास्थ्यका हिसाबले राम्रो नभएको कान्ति बाल अस्पतालकी बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्राडा दीपेश्वरा नेपाल बताउँछिन्। 

भन्छिन्, ‘बच्चा धेरै तौल भएको जन्मियो भनेर खुशी हुनु हुँदैन। कम तौल जस्तै धेरै तौललाई पनि राम्रो मानिदैन। उचाई भने ५० सेन्टिमिटर हुनुपर्छ। २/३ सेन्टिमिटर तल माथि पर्न सक्छ। यसले केही फरक पर्दैन।’

पहिलो तीन महिनामा शिशुको तौल, उचाई, टाउकाको गोलाईदेखि वृद्धि विकास एकदम तीव्र गतिमा हुन थाल्छ। डा नेपालका अनुसार पहिलो तीन महिनामा शिशुको तौल अनुसार दैनिक १५ देखि २० ग्राम बढ्ने गर्छ। टाउकोको गोलाई एक हप्तामा शून्य दशमलव पाँच सेमी गरी तीन महिनामा दुई सेमीका दरले बढ्छ। 

पहिलो तीन महिनामा शिशुको वृद्धि विकास तीव्र गतिमा भएपनि तुलनात्मक रुपमा त्यसपछि कम हुन थाल्छ। दैनिक १५ देखि २० ग्रामको हिसाबले बढीरहेको शिशुको तौल तीन महिनापछि ५ देखि १० ग्रामको हिसाबले बढ्छ। ४ देखि ६ महिनासम्म शिशुको तौल दोब्बर हुनुपर्छ। 

‘तीन केजी जन्मिएको शिशुको तौल ४ देखि ६ महिनासम्म ६ केजी हुनुपर्छ। एक वर्षमा तीन गुणाले बढ्नुपर्छ। एक वर्षमा तीन केजीको बच्चा ९ केजी भए पुग्छ। धेरै मोटो भएको पनि राम्रो हुँदैन,’ उनले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

एक वर्षपछि ६ महिनामा एक केजी मात्र तौल बढ्छ। यो सामान्य हो। उचाई भने एक वर्षमा ५० प्रतिशतले बढ्दै ७५ सेमी हुनुपर्दछ। दुई वर्षको बालबालिकाको उचाई कम्तीमा ८७ दशमलव ५ प्रतिशत सेमी र टाउकोको गोलाई ५० सेमी हुनुपर्ने उनले बताइन्। सामान्य व्यक्तिको टाउकोको गोलाई पनि ५० देखि ५३ सेमी नै हुन्छ। 

उमेर अनुसार शिशुको वृद्धि विकासलाई निर्धारण गर्ने मापदण्डहरु पनि छन्। डा नेपालका अनुसार विशेषगरी चार आधारमा उमेर अनुसारको शिशुको वृद्धि विकास बारे थाहा पाउन सकिन्छ:
१. ग्रस मोटर डेभलपमेन्ट 
२. फाइन मोटर डेभलपमेन्ट
३. ल्याङ्गवेज मोटर डेभलपमेन्ट
४. सोसियल इन्ट्राक्सन मोटर डेभलपमेन्ट 

१. ग्रस मोटर डिभलपमेन्ट
शिशुको वृद्धि विकासलाई निर्धारण गर्ने मापदण्डमध्ये पहिलो हो, ग्रस मोटर डेभलपमेन्ट। शिशुले चलाउने हात खुट्टाको चाल र प्रतिक्रिया यस अन्तर्गत पर्दछ। शिशु जन्मिने बित्तिकै पनि उसले हात खुट्टाहरु साइकिलिङ्ग तरिकाले चलाउँछ। शिशु १२ हप्ताको भएपछि घोप्टे पारेर सुताउँदा चिउँडो माथि उठाउन सक्छ। अर्को आठ हप्तामा अनुहार र तीन महिनामा छातिदेखि माथिको अंग माथि उठाउन सक्छ। चार महिनामा छाती नै उठाउँछ भने ६ महिनापछि हातले टेक्न थाल्छ। 

तीन महिनामा हात सिधा गर्न सक्छ। तर पहिलो तीन महिनामा टाउकोको विकास भइनसकेको हुनाले टाउकोलाई उनीहरुले नियन्त्रण गर्न सक्दैनन्। त्यसैले तीन महिनासम्मको शिशुलाई लिँदा टाउको पछाडी हातले सपोर्ट गर्नुपर्छ। तीनदेखि चार महिनामा मात्र उनीहरुले आफैँ टाउको नियन्त्रण गर्न सक्छन्। चार महिनापछि ‘रोल ओभर’ अर्थात् उत्तानो सुतेको बच्चा आफैँ पल्टिन सक्छन्। ६ महिनापछि उत्तानो सुतेको छ भने घोप्टो पर्न सक्छन्। आठ महिना पुगेपछि पेटले घस्रिन थाल्छन्। ९ महिना भएपछि कुर्सी, सोफा, भित्ताको सहायताले उभिन थाल्छन्। र, १० देखि १२ महिनासम्म हात खुट्टाको सहायताले हिड्न थाल्छन्। 

वर्ष दिन भएपछि एक दुई पाइला हिडेपछि लड्छन्। एक वर्षमा बच्चा हिडेन भन्दै धेरै अभिभावक आत्तिन्छन्। सबै बालबालिका एक वर्षमा हिड्न नसक्ने डा नेपाल बताउँछिन्। तर १६ महिनासम्म भने बच्चाहरु आफैँ हिड्न सक्ने हुनुपर्छ। १८ महिनापछि त बच्चाहरु सामान्य रुपले दौडिन नै सुरु गर्छन्। 

‘दुई वर्षको उमेरमा बुढाबुढीले जस्तै एउटा स्टेपमा दुईवटा खुट्टा राखेर चढ्छन्। तीन वर्षमा भने एउटा स्टेपमा एउटा खुट्टा राखेर नै चढ्न सक्छन्। चार वर्षमा त उफ्रिन नै थाल्छन्,’ उनले भनिन्। 

२. फाइन मोटर डेभलपमेन्ट
फाइन मोटर डेभलपमेन्ट अन्तर्गत बालबालिकाहरुले कुनै वस्तुहरुसँग प्रतिक्रिया जनाउन थाल्छन्। विशेषगरी चार महिनादेखि आफ्नै हात हेर्ने, कुनै वस्तुहरु समाउन खोज्ने गर्छन्। तर समाउन भने सक्दैनन्। ६ महिनामा भने उसको अगाडि ल्याएका वस्तुहरु समाउन सक्छन्। ९ महिना कुनै दानाहरु मुठीमा राख्न सक्छन्। 

११ महिनापछि स–साना चामलका दाना पनि टिप्न सक्छन्। १५ महिनाबाट पेन, पेन्सिल लिएर बिना कुनै आकार र लाइन कोर्न थाल्छन्। दुई वर्षमा कुनै तीन वटा ढुंगाहरु, बट्टाहरु माथि राखेर टावर बनाउने गर्दछन्। सामान्यतया तीन वर्षदेखि भने अक्षरहरु लेख्न सक्छन्। उमेर अनुसार उनीहरुले विभिन्न प्रकारका आकारहरु पनि बनाउन थाल्छन्। त्रिकोणात्मक आकार बनाउन भने बालबालिकालाई पाँच वर्ष लाग्छ। 

३. ल्याङ्गवेज मोटर डेभलपमेन्ट
यो विकास अन्तर्गत बालबालिकाले उमेर अनुसार बोल्ने र आवाजसँग प्रतिक्रिया जनाउने विकासका चरणहरु हुन्। रोइरहेको कुनै बच्चाको अगाडि थपडी बजायो वा बोलियो भने चुप लाग्छन्। यो उनीहरुले आवाजसँग जनाएको प्रतिक्रिया हो। तर सानैदेखि विकासमा अवरोध भएका बालबालिकाहरुले भने आवाजसँग कुनै पनि किसिमको प्रतिक्रिया जनाउँदैनन्। 

‘बच्चाको अगाडि कुनै आवाज दियो भने उसले प्रतिक्रिया जनाउँछ। रोइरहेको छ भने चुप लाग्छ र चुप छ भने रुन थाल्छ। यो एक महिनादेखि नै बच्चाहरु अलर्ट हुन थाल्छन्। तर बच्चाको जन्मजात विकासमा अवरोध छ भने कुनै प्रतिक्रिया नै जनाउँदैनन्,’ डा नेपालले भनिन्। 

तीन महिनादेखि आ, उ जस्ता कुइङ्ग आवाजहरु निकाल्न सुरु गर्छन्। चार महिनादेखि खित्का छाडेर हाँस्न, पाँच महिनादेखि ऐनामा आफूलाई हेरेर हाँस्न, ६ महिनादेखि बा, माँ, पा लगायतको एक वटा अक्षरहरु बोल्न थाल्छन्। नौ महिनादेखि माँमा, बाबा, आमा भनेर बोल्न थाल्छन्, तर यो उनीहरुको अर्थहीन बोलाई भनिन्छ। अर्थात् उनीहरुले शब्दको अर्थ नबुझिकन यी शब्दहरु उच्चारण गरिरहेका हुन्छन्। शब्दको अर्थ बुझेर बोल्न उनीहरुलाई एक वर्ष लाग्छ। १८ महिनामा यस किसिमको आठदेखि दश वटा शब्दहरु उनीहरुले बोल्नुपर्ने डा नेपालले बताइन्। 

उनले भनिन्, ‘वीथ मिनिङ्ग भनेको उनीहरुले बुझेर बोल्ने कुरा हो। आमा नजिक आएको छ भने आमा, बाबा नजिक आए भने बाबा भनेर बोलाउँछन्। यो भनेको मान्छे चिनेर बोलाउने हो।’

दुई वर्ष भएपछि दुई/तीन शब्दको वाक्य बोल्न थाल्छन्। जस्तै: भात खाने, पानी खाने, दूध खाने आदि। तीन वर्षपछि मलाई भोक लागेको छ, म यो खान्छु जस्ता वाक्यहरु बोल्ने गर्दछन्। चार वर्षपछि पढ्न र वाक्यहरु नै बोल्न थाल्छन्।

४. सोसियल इन्ट्राक्सन मोटर डेभलपमेन्ट 
बालबालिकाको हिड्ने, बोल्नेसँगै सामाजिक अन्तरक्रियात्मक विकास पनि उमेर अनुसार हुँदै जान्छन्। बच्चाहरु दुई महिना भएदेखि नै अनुहारमा हेरेर मुस्कुराउन थाल्छन्। तीन महिनादेखि उसको नजिकका आफन्त आमा, बुवा, मामा, दिदी लगायतको अनुहार चिन्न सक्छन्। ५ महिनासम्मको बच्चा सबैसँग घुलमिल हुन्छन्। तर ६ महिनादेखि भने उनीहरुमा स्ट्रेन्जर एन्जाइटी हुन्छ। यो भनेको नजिकको अपरिचित व्यक्ति देख्यो भने बच्चाहरु रुन थाल्नु हो। 

‘४/५ महिनासम्मको बच्चालाई जसले लिएपनि मान्छन्। ६ महिना भएपछि नचिनेको व्यक्ति देख्यो भने रुन थाल्छन्। यो सामान्य प्रक्रिया हो,’ डा नेपालले भनिन्, ‘४ वर्ष भएपछि यो स्ट्रेन्जर एन्जाइटी हराउँदै पनि जान्छ।’

नौ महिना भएपछि बाइबाई गर्न थाल्छन्। एक वर्षमा कसैले बोलाएपछि आउँछन्। १८ महिनामा भाँडा माँझ्ने, भाटाकुटी खेल्ने, भात पकाउने जस्ता खेलहरु खेल्न थाल्छन्। हर्मोनल कारण केटा बच्चाले सानैदेखि गाडी खेल्ने, केटी बच्चाले कपडा धुने, भात पकाउने जस्ता क्रियाकलाप गर्ने गरेको डा नेपाल बताउँछिन्। 

जन्मिने बित्तिकै देखिन सक्ने समस्याहरु
एक सय जना शिशु जन्मिदा १० जना शिशुलाई कुनै न कुनै स्वास्थ्य सम्बन्धी समस्या देखिने गरेको उनले बताइन्। सास फेर्न गाह्रा हुने, पेटभित्रै दिसा खाने, एमीन्योटिक फ्लुड खाएको, कसैको पोजिसन नमिलेको लगायत समस्या यस अन्तर्गत पर्दछन्। उक्त १० जना शिशुमध्ये पनि एक प्रतिशत शिशुमा गम्भीर खालको श्वासप्रशासको समस्या देखिन्छ। उनीहरु आफैँ सास फेर्न सक्ने अवस्थामा हुँदैनन्। मृत्यु र अपाङ्गता हुने संभावना पनि यही एक प्रतिशत अन्तर्गतका शिशुहरु पर्दछन्। उनीहरुलाई शिशु सघन उपचार कक्ष (एनआइसीयू) को आवश्यकता समेत पर्दछ। 

‘४२ हप्ताभन्दा बढीमा शिशु जन्माए, लामो समयसम्म व्यथा लागे, पेटमा शिशु हुँदा अप्ठ्यारो भयो भने पनि शिशु पेट भित्रै निस्सासिन सक्छ,’ उनले भनिन्, ‘तालिम प्राप्त नर्स र चिकित्सक भएका स्वास्थ्य संस्थामा समयमै लगियो भने उपचार हुन्छ। नभए पेटभित्रै शिशु निस्सासियो भने मस्तिष्कमा अक्सिजन नपुग्दा उसको वृद्धि विकासमा पनि असर गर्छ। र, उपचार भएपनि उसको मुटु, मिर्गौलामा असर गर्न सक्छ।’

आमाको शरीरमा कुनै किसिमको संक्रमण भए शिशुलाई पनि संक्रमण हुन सक्ने उनले बताइन्। अधिकांश बच्चा निस्सासिने समस्या पनि आमाको पेटभित्रै हुन्छ। 

यो सँगै शिशु जन्मिएपछि निलो हुने, हात खुट्टा नचलाउने, वान्ता हुने, दूध चुस्न नसक्ने समस्या देखिन्छन्। रक्तचाप, मधुमेह भएका, कलिलो उमेर र धूम्रपान गर्ने महिलाले जन्माएको शिशु अस्वस्थ हुने गरेको उनले बताइन्। विशेषगरी यी महिलाहरुले महिना नपुगी शिशु जन्माउने गरेको पाइएको छ। 

कतिपय शिशुलाई जन्मिनै बित्तिकै जण्डिस समेत हुने गर्छ। जण्डिस भएका शिशुको छाला र आँखाको सेता भागहरु पहँेलो हुन्छ। रगतमा भएका रक्तकोषहरु टुक्रिन्छन् र रगतमा बिलिरुबिन भन्ने पदार्थ मिसिन्छ। नवजात शिशुहरुको कलेजोको अतिरिक्त बिलिरुबिनलाई सम्हाल्नको लागि परिपक्क भइसकेको हुँदैन। समय नपुगी जन्मिएका, राम्रोसँग स्तनपान नगरेका, आमाको भन्दा फरक रक्त समूह भएका र संक्रमण भएका कारण पनि बच्चालाई जण्डिसको समस्या हुन सक्छ। 

सामान्यतया बालबालिका जन्मिएको पहिलो २४ घण्टाभित्र कालो दिसा गर्छन्। केहीलाई भने २/३ सम्म हुने उनले बताइन्। दिसा र पिसाब अडाउने प्रणालीको विकास नभइनसकेको दुई महिनासम्म दूध खाने बित्तिकै दिसा पिसाब हुने उनले बताइन्। 

‘पाँच/सात दिनसम्म कब्जियत भयो भने समस्या हुन्छ। दिसामा रगत देखियो, दिसा गर्दा बच्चा धेरै रुने, पानी जस्तै दिसा गरेको छ भने पनि समस्याको रुपमा लिनुपर्छ,’ उनले भनिन्। 

बालबालिकाको दिसाको रंग उसले खाने खानेकुरामा पनि भर पर्छ। दूध मात्र खाइरहेकाको सेतो, साग खाए हरियो हुने पनि हुन्छ।

स्तनपान कति पटक गराउने ? 
आमाको दूध शिशुको लागि अमृत समान मानिन्छ। शिशु जन्मिने बित्तिकै छिटोभन्दा छिटो स्तनपान गराउनुपर्छ। जन्मिने बित्तिकै संभव नभए आधा घण्टा वा एक घण्टा भित्र स्तनपान गराउनु नै पर्ने उनले बताइन्। बच्चा जन्मिने बित्तिकै कृत्रिम पाउडर दूधभन्दा पनि आमाको दूध नै खुवाउनुपर्ने उनले बताइन्। २ वर्षसम्मको बालबालिकाका लागि स्तनपान अनिवार्य मानिन्छ। 

उनले भनिन्, ‘६ महिनासम्म त एक्सक्लुसिभ ब्रेस्ट फिडिङ्ग अर्थात् आमाको दूध मात्र खुवाउनुपर्छ। दिनमा कम्तीमा ८ र धेरैमा १२ पटक स्तनपान गराउनुपर्छ।’

बच्चा सुतिरहेको अवस्थामा स्तनपान गराउनु हुँदैन। शिशु जन्मिएको २४ घण्टाभित्र नुहाउनु हुँदैन। 

पोषणको महत्व
बालबालिकाको वृद्धि विकासका लागि पोषण सबैभन्दा महत्वपूर्ण पाटो हो। सही पोषणयुक्त खानाको अभावमा बालबालिकाहरुमा कुपोषण लगायतको स्वास्थ्य समस्या हुन्छ। 

सही पोषणको अभावमा बालबालिकाको वृद्धि विकासमा असर पुग्ने पोषणविद बिनिता पन्त बताउँछिन्। हामीले खाएको खानेकुराबाट उर्जा अर्थात् क्यालोरी प्राप्त गर्छौं। बालबालिकाहरुलाई पनि उनीहरुको उमेर अनुसार निश्चित क्यालोरीको आवश्यकता पर्दछ। ६ महिनासम्म प्रतिदिन ५३० र ६ देखि १२ महिनासम्म ६८० क्यालोरीको आवश्यकता पर्ने पन्तले बताइन्। 

६ महिनासम्म आमाको दूधले मात्र पुगेपनि ६ महिनादेखि सेमी सोलिड अर्थात् दाल, जाउलो, फलफूलको जुस, लिटो लगायत खानेकुराहरु सुरु गर्नुपर्छ। यी खानेकुराहरु पनि आवश्यकताभन्दा बढी जोड गरेर खुवाउनु हुँदैन। बाहिरी तयारी खानेकुराभन्दा घरमै बनेका खानेकुरामा जोड दिन अभिभावकलाई पोषणविद पन्तको आग्रह छ। 

‘यी खानेकुराहरु एकदमै बढी खुवाउने चलन देख्छु। एक वर्षसम्मको बच्चालाई ६८० क्यालोरी मात्र चाहिन्छ। त्यसमा पनि ३४० क्यालोरी त आमाको दूधबाटै प्राप्त गर्छ। दुई–दुई घण्टामा अनि मात्रा पनि एकदम बढाएर खुवाउँछन्। जुन गलत हो,’ उनले भनिन्।

आवश्यकताभन्दा बढी मात्रामा खानेकुरा खुवाउँदा मोटोपनको समस्या निम्तने उनले बताइन्। ६ देखि १ वर्षसम्म १० दशमलव ५ ग्राम र १ देखि ३ वर्षसम्मको बालबालिकालाई १२ दशमलव ५ ग्राम प्रोटिन भए पुग्छ। तर कतिपय आमाहरुले अनावश्यक रुपमा मासु, अण्डा, पनिरहरु खुवाउने गरेको पन्तले बताइन्। ३ वर्षसम्मको बालबालिकालाई धेरैमा २० ग्राम प्रोटिन भए पुग्छ। तर कतिपय अभिभावकले ४०/५० ग्रामसम्मको प्रोटिन समेत खुवाउने गरेको उनले बताइन्। मासु र अण्डालाई विकल्पको रुपमा मात्र प्रयोग गर्न उनको सुझाव छ। जस्तो की दुई पिस मासु दिए अण्डा पर्दैन र अण्डा दिए मासु पर्दैन। 

एक वर्षसम्म बालबालिकाको मिर्गौला परिपक्क नहुने भएकाले धेरै प्रोटिनको मात्रा उनीहरुले पचाउन सक्दैनन्। आवश्यकभन्दा बढी मात्राको प्रोटिनले उनीहरुको मिर्गौलामा असर समेत गर्न सक्छ। यो सँगै एक वर्षसम्म बालबालिकालाई नुन पनि दिनु हुँदैन। 

बढी मात्रामा प्रोटिन, फ्याट, कार्बोहाइड्रेड खुवाउँदा बच्चाले पचाउन सक्दैनन्। ६ देखि १२ महिनासम्मको बालबालिकालाई २५ ग्राम अर्थात् पाँच चिया चम्चा फ्याट भए पुग्छ। जसमध्ये बालबालिकाले आमाको दूधसँगै उसले खाने खानेकुराबाट पनि प्राप्त गरिरहेको हुन्छ। 

६ महिनापछि नै अन्य खानेकुरा खुवाउन सुुरु गरिने भएकाले बालबालिकामा वान्ता, झाडापखालाको समस्या आउन सक्ने बताउँदै उनी भन्छिन्, ‘दूध खाइरहँदा सबै पोषण मिलिरहेको बेला अरु खानेकुरामा एड्जस्ट हुँदा बच्चाहरुमा केही समस्या हुन सक्छ। वान्ता, झाडापखाला भइरह्यो भने बच्चाको तौल पनि घट्न सक्छ।’

एक वर्षपछि आमाको दूधलाई घटाउँदै अर्ध ठोस (सेमी सोलिड) र ठोस पदार्थ (सोलिड) खानेकुराको मात्रा बढाउँदै लैजानुपर्ने उनले बताइन्। नयाँ खानेकुरा सुरु गर्दा एक सातामा एउटा मात्र नयाँ खानेकुरा खुवाउनुपर्ने उनले बताइन्। सुरु गरिएको उक्त खानेकुरालाई बच्चाले पचाउन सक्छ/सक्दैन, उसको शरीरलाई राम्रो गर्छ/गर्दैन भनेर अभिभावकले ध्यान दिनुपर्ने हुन्छ। 

बालबालिकालाई चाहिने सन्तुलित भोजन र पोषण बारे अझै पनि धेरै अभिभावकलाई सही जानकारी नभएको उनले पाएकी छिन्। आमाले चाहिनेभन्दा खानेकुरा खुवाउँदा बच्चाले धेरै वान्ता गरेर अस्पताल समेत ल्याउने गरेको उनले सुनाइन्। 

धेरैजसो बालबालिकाहरु अहिले घरेलु खानाभन्दा जंकफूड तर्फ बढी आकर्षित भइरहेका छन्। चाउचाउ, बिस्कुट, कुरकुरे, चिप्स लगायत जंकफूड त बालबालिकाहरुको मनपर्ने खानेकुरा नै भइसक्यो। तर यी खानेकुराले बालबालिकाको वृद्धि विकासमा असर पुग्ने बताउँछिन्, पोषणविद पन्त। 

‘अहिलेको बच्चाहरुमा कर्नफ्लेक्स, चोकोज, बिस्कुट लगायत धेरै नै क्यालोरी भएका खानेकुराहरु खुवाई रहेको देखिन्छ। फ्याट, क्यालोरी भएकाले यी खानेकुराले मोटोपनाको समस्या ल्याउँछ। मोटोपनाको समस्या बढ्नु भनेको दीर्घकालीन रुपमा मुटु, मिर्गौला सम्बन्धी रोग लाग्ने संभावना पनि हो।’ उनले भनिन्, ‘बरु घरमै परौठा, रोटी, हलुवा, पुवा, तरकारी धेरै राखेर पास्ता नै घरमा बनाए राम्रो हुन्छ।’

तीन वर्षसम्मको बालबालिकालाई फलफूल र तरकारी दैनिक डेढ सयदेखि दुई सय ग्राम दिनुपर्छ। प्रशोधित तथा जंकफूड नदिने, पोषणयुक्त खानेकुरा पनि मात्रा मिलाएर मात्र दिन पोषणविद पन्तको सुझाव छ। 

बाहिरी खानेकुरा खान थालेपछि बालबालिकाले घरमा बनाएका खानेकुरा खान छाड्ने गरेको उनले बताइन्। आफ्नो बालबालिकाको उमेर अनुसार दिनुपर्ने खानेकुरा बारे जानकारी राख्न उनको आग्रह छ। बच्चाको पोषणमा ध्यान दिइरहँदा स्तनपान गराउने आमाले पनि आफ्नो पोषणमा ध्यान दिनुपर्ने उनले बताइन्। 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ०८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम आमाको मुटुको धड्कनदेखि बाल्यकालका लोरी, धार्मिक भजन, लोकगीत, आधुनिक गीत तथा शास्त्रीय संगीतसम्म मानिसको जीवनमा संगीतले विभिन्न भावना... शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्