• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘तान्त्रिक बाबा’लाई किन चाहियो १६ वर्ष मुनिको ५ फिट ४ इन्च उचाईको ‘सुन्दरी’?

64x64
नारायण अधिकारी शुक्रबार, माघ २०, २०७९  १९:०९
1140x725
घटनाबारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोमा आयोजित पत्रकार सम्मेलन।

काठमाडौं– रजश्वला नभएको। १६ वर्षभन्दा कम उमेरको। शरीरको कुनै पनि भागमा चोटपटक नभएको। ट्याटु नखोपाएको। उचाई–५ फिट ४ इन्च भन्दा बढी। तौल–६० किलो भन्दा कम। सर्लक्क परेको जीउडाल। शरीरको रुपमा खोट लगाउने कुनै ठाउँ नभएको।

‘तान्त्रिक बाबा’ले यीनै गुणले भरिपूर्ण भएको किशोरी चाहियो भन्दै ‘विज्ञापन’ गरे। तान्त्रिक बाबालाई सुन्दरताले भरिएको नेपाली किशोरी चाहिएको खबर एउटा गिरोहसम्म पुग्यो। र, खोजी सुरु भयो माथि उल्लेखित गुणले भरिपूर्ण सुन्दरी किशोरीको।

नेपालमा रहेको एक गिरोहले उक्त खबर पाएको केही समयपछि एक जना सुन्दरी किशोरी गत मंसिर १७ गते वेपत्ता भइन्। मामा घर बस्दै आएकी यीनै सुन्दरताले भरिएकी एक किशोरी एकाएक गायब भइन्। किशोरीको परिचय खुल्नसक्ने भएकाले हामीले ठाउँ समेत उल्लेख गरेका छैनौं। एक महिनाभन्दा बढी, पुस १९ गतेसम्म ती किशोरीलाई एउटा गिरोहले सम्पर्कविहीन बनाएर काठमाडौंमै बन्धक बनाएर राख्यो। किशोरीका आफन्तलाई यसको सुईँकोसम्म दिइएन।

किशोरी वेपत्ता भएपछि आफन्तले स्थानीय प्रहरीमा खोजी गरिदिन भन्दै पुस ६ गते जाहेरी समेत दिएका थिए। सुन्दरी किशोरी भएकाले बेचबिखन गर्न भारतसम्म पुर्‍याइएको हुनसक्ने आंशका भएपछि घटनाको जानकारी मानव बेचबिखन अनुसन्धान ब्यूरोसम्मलाई दिइएको थियो। ब्यूरोमा सूचना आएको दुई दिनमै भारतबाट ती सुन्दर किशोरीलाई उद्दार गरी नेपाल ल्याइएको ब्यूरोका प्रमुख तथा एसएसपी जीवन श्रेष्ठले बताए।  

मामा घरबाट वेपत्ता पारिएको महिना दिनसम्म काठमाडौंमा राखेर ती किशोरीलाई पुस २० गते भने काठमाडौंबाट  भारत पुर्‍याउने योजनाका साथ उपत्यकाबाट बाहिर निकालिएको अनुसन्धानबाट खुलेको छ। त्यसपछि गाडीमा राखेर ती किशोरीलाई सुनौली नाका हुँदै पुस २२ गते भारतको नयाँदिल्लीस्थित पहाडगन्जमा पुर्‍याएर बन्धक बनाइयो। 

तान्त्रिक बाबाको मागअनुसार भन्दै ती किशोरीलाई बाबाको भेट समेत गराइयो। ती किशोरीलाई तस्करको समूहले भनेको थियो , ‘तान्त्रिक बाबालाई भेट गराउँछौं। यदी यहाँ खुशी हुनुभयो भने अथाह पैसा पाउने छौं।’ 

यही प्रलोभनमा पारेर किशोरीलाई भारतसम्म पुर्‍याएको पाइएको एसएसपी श्रेष्ठले बताए। भारतमा पुर्‍याएपछि तीन जना फरक बाबासँग तीन पटकसम्म भेट गराइएको पाइएको छ। ब्यूरो स्रोतका अनुसार त्यतिन्जेलसम्म ती किशोरीमाथि यौन दुर्व्यवहार समेत भएको पाइएको छ। तीन जना तान्त्रिक बाबाले किशोरीलाई हेरिसकेपछि अन्तिम पटक ‘सबैभन्दा ठूलो बाबा’लाई भेट गराउने योजना तय भएको थियो। ती ठूला बाबा खुशी भएमा उनलाई अथाह सम्पत्ति दिइने बताइएको थियो। 

ठूलो बाबासँगको भेट आउँदो पूर्णिमा दिन राखेको पाइएको छ। तर, ब्यूरोको सक्रियतामा ती किशोरीको सबैभन्दा ठूलो बाबालाई भेट गर्नुभन्दा पहिला नै उद्धार गरिएको छ। भारतस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतको किन इन्डिया नामक संस्थासँग समन्वय गर्दा ती किशोरी दिल्ली रनहोला क्षेत्रमा बन्धक बनाएर राखेको अवस्थामा भेटिएको एसएसपी श्रेष्ठले बताए। रनहोलाअन्तर्गत बापरुल्ला क्षेत्रको गली नम्बर २ बाट उनको उद्धार गरिएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

ती किशोरीलाई नेपालबाट बन्धक बनाएर भारतमा पुर्‍याएर तान्त्रिक बाबासँग भेट गराएको आरोपमा प्रहरीले ६ जनालाई समेत पक्राउ गरेको छ। यो घटनामा संलग्न अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले उनीहरूको विवरण सार्वजनिक गरेको छैन। उद्धार गरिएकी किशोरीलाई भने सामाजिक संस्थाको जिम्मा लगाइएको छ।

यो पनि पढ्नुहोस

तान्त्रिक बाबाको ‘डिमान्ड’ भन्दै नेपालबाट भारत लगेर बेचियो १६ वर्षीया बालिका

यी सुन्दर किशोरीलाई भारत किन पुर्‍याइयो भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। ब्यूरो स्रोतका अनुसार ती किशोरीलाई भारत पुर्‍याउनुको पछाडि दुई वटा कारणहरू रहेका छन्। पहिलो, बली दिने र अर्को यौन शोषण। 

तान्त्रिक बाबाको डिमान्ड भन्नु, बाबालाई भेट गराउनु र पूर्णिमाका दिन सबैभन्दा ठूलो बाबालाई भेट गराउने योजना राख्नुले बली दिनका लागि सुन्दरी किशोरीलाई भारत पुर्‍याइएको विश्लेषण प्रहरीले गरेको छ। यसअघि पनि यस्ता घटना सार्वजनिक हुने गरेकाले यो पनि त्यही बलीसँग जोडिएको हुनसक्ने प्रहरीको आशंका छ। 

अकोतर्फ भने यौन शोषणका लागि पनि लगिएको हुनसक्ने आशंका गरिएको छ। भारतमा राखेको बेलामा ती किशोरीमाथि यौन दुव्यर्वहार समेत भएको पाइएकाले यौन शोषणका लागि लगिएको हुनसक्ने आशंका गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सो प्रकरणमा पक्राउ परेकाहरूले भने आफूहरूको काम किशोरीलाई भारत पुर्‍याएर तान्त्रिक बाबाको सम्पर्क गराउने मात्रै भएकाले के प्रयोजनाका लागि हो भन्ने थाहा नभएको बताउँदै आएका छन्। प्रहरीले भने यो प्रकरणमा तान्त्रिक बाबा भनिएका व्यक्तिसम्म अनुसन्धान आवश्यक रहेको भन्दै अनुसन्धान अघि बढाएको छ। सुन्दर किशोरीलाई बन्धक बनाएर एक ठाउँबाट अर्को ठाउँ सार्दै भारतसम्म पुर्‍याएकाले मानव बेचबिखन तथा ओसारपसारको कसूरमा म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना: चालकको मृत्यु, दुई जना घाइते शुक्रबार, असोज ३०, २०८३
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्