• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘तान्त्रिक बाबा’लाई किन चाहियो १६ वर्ष मुनिको ५ फिट ४ इन्च उचाईको ‘सुन्दरी’?

64x64
नारायण अधिकारी शुक्रबार, माघ २०, २०७९  १९:०९
1140x725
घटनाबारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोमा आयोजित पत्रकार सम्मेलन।

काठमाडौं– रजश्वला नभएको। १६ वर्षभन्दा कम उमेरको। शरीरको कुनै पनि भागमा चोटपटक नभएको। ट्याटु नखोपाएको। उचाई–५ फिट ४ इन्च भन्दा बढी। तौल–६० किलो भन्दा कम। सर्लक्क परेको जीउडाल। शरीरको रुपमा खोट लगाउने कुनै ठाउँ नभएको।

‘तान्त्रिक बाबा’ले यीनै गुणले भरिपूर्ण भएको किशोरी चाहियो भन्दै ‘विज्ञापन’ गरे। तान्त्रिक बाबालाई सुन्दरताले भरिएको नेपाली किशोरी चाहिएको खबर एउटा गिरोहसम्म पुग्यो। र, खोजी सुरु भयो माथि उल्लेखित गुणले भरिपूर्ण सुन्दरी किशोरीको।

नेपालमा रहेको एक गिरोहले उक्त खबर पाएको केही समयपछि एक जना सुन्दरी किशोरी गत मंसिर १७ गते वेपत्ता भइन्। मामा घर बस्दै आएकी यीनै सुन्दरताले भरिएकी एक किशोरी एकाएक गायब भइन्। किशोरीको परिचय खुल्नसक्ने भएकाले हामीले ठाउँ समेत उल्लेख गरेका छैनौं। एक महिनाभन्दा बढी, पुस १९ गतेसम्म ती किशोरीलाई एउटा गिरोहले सम्पर्कविहीन बनाएर काठमाडौंमै बन्धक बनाएर राख्यो। किशोरीका आफन्तलाई यसको सुईँकोसम्म दिइएन।

किशोरी वेपत्ता भएपछि आफन्तले स्थानीय प्रहरीमा खोजी गरिदिन भन्दै पुस ६ गते जाहेरी समेत दिएका थिए। सुन्दरी किशोरी भएकाले बेचबिखन गर्न भारतसम्म पुर्‍याइएको हुनसक्ने आंशका भएपछि घटनाको जानकारी मानव बेचबिखन अनुसन्धान ब्यूरोसम्मलाई दिइएको थियो। ब्यूरोमा सूचना आएको दुई दिनमै भारतबाट ती सुन्दर किशोरीलाई उद्दार गरी नेपाल ल्याइएको ब्यूरोका प्रमुख तथा एसएसपी जीवन श्रेष्ठले बताए।  

मामा घरबाट वेपत्ता पारिएको महिना दिनसम्म काठमाडौंमा राखेर ती किशोरीलाई पुस २० गते भने काठमाडौंबाट  भारत पुर्‍याउने योजनाका साथ उपत्यकाबाट बाहिर निकालिएको अनुसन्धानबाट खुलेको छ। त्यसपछि गाडीमा राखेर ती किशोरीलाई सुनौली नाका हुँदै पुस २२ गते भारतको नयाँदिल्लीस्थित पहाडगन्जमा पुर्‍याएर बन्धक बनाइयो। 

तान्त्रिक बाबाको मागअनुसार भन्दै ती किशोरीलाई बाबाको भेट समेत गराइयो। ती किशोरीलाई तस्करको समूहले भनेको थियो , ‘तान्त्रिक बाबालाई भेट गराउँछौं। यदी यहाँ खुशी हुनुभयो भने अथाह पैसा पाउने छौं।’ 

यही प्रलोभनमा पारेर किशोरीलाई भारतसम्म पुर्‍याएको पाइएको एसएसपी श्रेष्ठले बताए। भारतमा पुर्‍याएपछि तीन जना फरक बाबासँग तीन पटकसम्म भेट गराइएको पाइएको छ। ब्यूरो स्रोतका अनुसार त्यतिन्जेलसम्म ती किशोरीमाथि यौन दुर्व्यवहार समेत भएको पाइएको छ। तीन जना तान्त्रिक बाबाले किशोरीलाई हेरिसकेपछि अन्तिम पटक ‘सबैभन्दा ठूलो बाबा’लाई भेट गराउने योजना तय भएको थियो। ती ठूला बाबा खुशी भएमा उनलाई अथाह सम्पत्ति दिइने बताइएको थियो। 

ठूलो बाबासँगको भेट आउँदो पूर्णिमा दिन राखेको पाइएको छ। तर, ब्यूरोको सक्रियतामा ती किशोरीको सबैभन्दा ठूलो बाबालाई भेट गर्नुभन्दा पहिला नै उद्धार गरिएको छ। भारतस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतको किन इन्डिया नामक संस्थासँग समन्वय गर्दा ती किशोरी दिल्ली रनहोला क्षेत्रमा बन्धक बनाएर राखेको अवस्थामा भेटिएको एसएसपी श्रेष्ठले बताए। रनहोलाअन्तर्गत बापरुल्ला क्षेत्रको गली नम्बर २ बाट उनको उद्धार गरिएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

ती किशोरीलाई नेपालबाट बन्धक बनाएर भारतमा पुर्‍याएर तान्त्रिक बाबासँग भेट गराएको आरोपमा प्रहरीले ६ जनालाई समेत पक्राउ गरेको छ। यो घटनामा संलग्न अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले उनीहरूको विवरण सार्वजनिक गरेको छैन। उद्धार गरिएकी किशोरीलाई भने सामाजिक संस्थाको जिम्मा लगाइएको छ।

यो पनि पढ्नुहोस

तान्त्रिक बाबाको ‘डिमान्ड’ भन्दै नेपालबाट भारत लगेर बेचियो १६ वर्षीया बालिका

यी सुन्दर किशोरीलाई भारत किन पुर्‍याइयो भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। ब्यूरो स्रोतका अनुसार ती किशोरीलाई भारत पुर्‍याउनुको पछाडि दुई वटा कारणहरू रहेका छन्। पहिलो, बली दिने र अर्को यौन शोषण। 

तान्त्रिक बाबाको डिमान्ड भन्नु, बाबालाई भेट गराउनु र पूर्णिमाका दिन सबैभन्दा ठूलो बाबालाई भेट गराउने योजना राख्नुले बली दिनका लागि सुन्दरी किशोरीलाई भारत पुर्‍याइएको विश्लेषण प्रहरीले गरेको छ। यसअघि पनि यस्ता घटना सार्वजनिक हुने गरेकाले यो पनि त्यही बलीसँग जोडिएको हुनसक्ने प्रहरीको आशंका छ। 

अकोतर्फ भने यौन शोषणका लागि पनि लगिएको हुनसक्ने आशंका गरिएको छ। भारतमा राखेको बेलामा ती किशोरीमाथि यौन दुव्यर्वहार समेत भएको पाइएकाले यौन शोषणका लागि लगिएको हुनसक्ने आशंका गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सो प्रकरणमा पक्राउ परेकाहरूले भने आफूहरूको काम किशोरीलाई भारत पुर्‍याएर तान्त्रिक बाबाको सम्पर्क गराउने मात्रै भएकाले के प्रयोजनाका लागि हो भन्ने थाहा नभएको बताउँदै आएका छन्। प्रहरीले भने यो प्रकरणमा तान्त्रिक बाबा भनिएका व्यक्तिसम्म अनुसन्धान आवश्यक रहेको भन्दै अनुसन्धान अघि बढाएको छ। सुन्दर किशोरीलाई बन्धक बनाएर एक ठाउँबाट अर्को ठाउँ सार्दै भारतसम्म पुर्‍याएकाले मानव बेचबिखन तथा ओसारपसारको कसूरमा म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
सप्तकोसी नदीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु , तीन बेपत्ता आइतबार, कात्तिक ८, २०८३
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, विजेताले डेढ करोड ७० करोड कारोबारको लक्ष्य आइतबार, कात्तिक ८, २०८३
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्