• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सुदूरपश्चिम प्रदेश

तीन सातासम्म पनि मन्त्रालयविहीन छन् मन्त्री, घरबाटै पार्टीको काम गर्न व्यस्त

64x64
शेरबहादुर ऐर मंगलबार, माघ १७, २०७९  २०:३७
1140x725

धनगढी– नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टलाई मंसिर २८ गते प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मन्त्री पदमा नियुक्त गरे। मंसिर २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २८ गते पद तथा गोपनीयताको सपथ लिँदै भट्टलाई विना विभागिय मन्त्रीमा नियुक्त भए। मन्त्रीमा नियुक्त भएको तीन साता पुग्नलाग्दा समेत अहिलेसम्म मन्त्रालयविहीन छन्।

मन्त्रालयविहीन भएपछि मन्त्री भट्ट अहिले काठमाडौंमा छन्। धनगढीमा हुँदा नेता भट्ट सेती प्रादेशिक अस्पतालका अध्यक्ष निर्मल शाहको घरमा आश्रय लिएर बस्छन्। राम्रै मन्त्रालयको दौडमा नेता भट्ट काठमाडौंमा विभिन्न नेताहरुसँग भेटघाट गरिरहेका छन्।

सोहीदिन विना विभागियमन्त्रीमा नियुक्त भएकी नेतृ हुन् नेकपा (एमाले)की प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापा। उनको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा आफ्नै घर भएकाले उनी घरबाटै पार्टीको कार्यक्रम तथा अन्य भेटघाटमा निस्कन्छिन्। उनलाई पनि कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन। उनले भनिन्, ‘मन्त्रालयको जिम्मेवारी छैन। कुन र कसको कार्यकक्षमा जाने र के गर्ने होला? त्यसैले घरबाटै पार्टीको कार्यक्रम तथा अन्य भेटघाटमा निस्कन्छु।’ उनले मन्त्रालयको जिम्मेवारी छिट्टै मिल्ने विश्वास व्यक्त गरिन्।

Ncell 2
Ncell 2

माओवादीका नेता भट्टले मुख्यमन्त्री रावलले विश्वासको मत लिने र सोहीदिन मन्त्रिपरिषद् विस्तार गरिने बताए। उनले भने, ‘मुख्यमन्त्रीको विश्वासको मत र मन्त्रिपरिषद् विस्तार सँग–सँगै हुन्छ।’ मन्त्रीमा नियुक्त भए पनि मन्त्रालयको जिम्मेवारी नपाउँदा दुई मन्त्रीहरुले मन्त्रालयबाट पाउनुपर्ने क्वाटर (आवास), सवारी साधन, इन्धन लगायतका सेवा–सुविधा उपभोग गर्न पाएका छैनन्।

विश्वासको मत नपाउने आशंकामा रहेका मुख्यमन्त्री रावल पनि विश्वासको मत पछिमात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्। नागरिक उन्मुक्ति पार्टीले माग र मुद्दा पूरा नभएसम्म सरकारलाई समर्थन नगर्ने र सरकारमा नजाने प्रतिक्रिया दिँदै आएको छ।

एमालेका एक प्रदेश सभा सदस्यले भने, ‘ मन्त्रिपरिषद् विस्तारबारे केन्द्रमा छलफल र सहमति भइरहेको छ।’

मुख्यमन्त्री रावल केन्द्रको सत्ता गठबन्धन दलको सहमति कुरिरहेको उनको भनाइ छ। सत्ता गठबन्धनको छलफलबाटै दलहरुबीच मन्त्रालय बाँडफाँड र सहमति हुनेछ। सोही आधारमा प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री रावल रहेका छन्। 

रावलले प्रदेशमा सत्ता गठबन्धन दलभित्र अहिलेसम्म कुनै छलफल अघि बढाउन सकेका छैनन्। विश्वासको मत कायम गराउन काठमाडौं पुगेका रावलले प्रदेशमा सत्ता गठबन्धन दलभित्र रहेका संसदीय दलका नेताहरुसंग विश्वासको मत तथा मन्त्रिपरिषद् विस्तारबारे वार्ता तथा छलफल अघि बढाएका छैनन्। उनी केन्द्रको सहमतिका आधारमा प्रदेशमा विश्वासको मत पाउनेमा विश्वस्त देखिन्छन्।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  २०:३७
  • #सुदूरपश्चिम प्रदेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
राप्रपाको महामन्त्री बनाइने शर्तमा नानीमैयाले तोडिन् अनशन समानुपातिकको बन्द सूचीमा महिला क्लस्टरतर्फ समावेश नाममा असहमति जनाउँदै नानीमैयाले गत शुक्रबार पार्टी कार्यालयमै आमरण अनशन सुरु गरेकी... शुक्रबार, माघ २, २०८२
गगन नेतृत्वको कांग्रेस सिंगो केन्द्रीय समितिसहित निर्वाचन आयोग जाँदै विशेष महाधिवेशनलगत्तै थापा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका थिए। शुक्रबार, माघ २, २०८२
नियमितको मिति तोकिएकै दिन विशेष महाधिवेशन मागको औचित्य समाप्त भएको थियो : खड्का शुक्रबार निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै खड्काले भने, 'पार्टीको केन्द्रीय कार्यसमिति बैठकले मंसिर १५ गतेको बैठकबाट नियमित महाधिव... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल शुक्रबार, माघ २, २०८२
राप्रपाको महामन्त्री बनाइने शर्तमा नानीमैयाले तोडिन् अनशन शुक्रबार, माघ २, २०८२
गगन नेतृत्वको कांग्रेस सिंगो केन्द्रीय समितिसहित निर्वाचन आयोग जाँदै शुक्रबार, माघ २, २०८२
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्