• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रास्वपाका सबै मन्त्री विवादमा

64x64
नेपाल लाइभ शुक्रबार, माघ १३, २०७९  १३:४७
1140x725

काठमाडौं– परम्परागत राजनीतिक दलभन्दा फरक रहेको उद्‌घोष गरेर निर्वाचनमार्फत ‘अनपेक्षित’ जनमतसहित सत्तारोहण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सबै मन्त्रीका गतिविधि विवादमा परेका छन्। 

विषय विज्ञलाई सरकारमा पठाउने निर्णय गरेको यस पार्टीका मन्त्रीहरू स्वार्थ बाझिने मन्त्रालय सम्हाल्दै सत्तामा पुगे पछि त्यसको आलोचना भइरहेको छ। आलोचनाको ग्राफ दिनदिनै उकालो लाग्दो छ।

रास्वपाको तर्फबाट सरकारमा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री छन्। र, यी सबैजना विवादभन्दा पर छैनन्।

नागरिकता विवादमा फसेका व्यक्ति नै गृहमा
रास्वपाका सभापति रवि लामिछाने नागरिकता सम्बन्धी विवादमा परेका छन्। तत्कालीन समयमा अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता त्यागेको तर पुन: प्राप्त गर्ने कानुनी प्रकृया पूरा नगरि पुरानै नागरिकता बोकेको उनीमाथि आरोप छ। उनै लामिछाने उपप्रधानसहित गृह मन्त्रीका रूपमा सरकारमा सहभागी छन्।

लामिछानेको उक्त मुद्दा सर्वोच्चमा विचाराधीन छ। सम्भवत: शुक्रबार उक्त मुद्दामा फैसाला आउनेसक्ने सम्भवाना छ। 
अर्कोतर्फ आफ्नै नागरिकता र रहादानीको अनुसन्धन गरिरहेको विभागको तालुकदार मन्त्रालय सम्हाल्न पुगेपछि प्रहरी प्रशासन लामिछानेको अनुसन्धनबाट पछि हटेको छ। यता, लामिछाने भने आफूमाथि उठेका सार्वजनिक प्रश्नमा मौन छन्। 

म्यानपावर व्यवसायी श्रम मन्त्रालयको नेतृत्वमा 
रास्वपाले ‘म्यानपावर’ व्यवसायी डोलप्रसाद अर्याललाई श्रममन्त्री बनाएको छ। अर्याल सृष्टि अभोरसिज प्रालिका सञ्चालक समितिका सदस्य हुन्। उनी उक्त प्रालिको इन्टरनेसनल मार्केटिङ डाइरेक्टर हुन्।

अर्याल रेमिट्यान्स सञ्चालक पनि रहेको पाइएको छ। उनी इजिलिङ्क रेमिट्यान्स कम्पनीका सञ्चालक हुन्। तर, रास्वपाबाट समानुपातिक संसद् बनेका उनै अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाएका हुन्। 

रेमिट्यान्स कम्पनी कम्पनीको ब्रान्ड एम्बेसडरको रूपमा पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भएको कम्पनीको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ। यो विषय बाहिरएपछि अर्याल र लामिछानेको चर्को आलोचना भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

शिक्षामन्त्रीको पहिलो निर्णय नै विवादमा
यसअघि सार्वजनिक शिक्षा सुधारका अभियन्ताको परिचय बनाएका रास्वपा सांसद शिशिर खनाल शिक्षामन्त्री बनेका छन्। तर, उनको पहिलो निर्णय नै विवादमा परेको छ। 

शिक्षामन्त्री खनालले कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए। सो निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरूलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी संगठनले बिरोध जनाएका छन्।

खनालको उक्त निर्णयको विरोध गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्रीका पुत्ला दहन गरेको छ। शुक्रबार रत्नराज्य क्याम्पसअगाडि अनेरास्ववियूका विद्यार्थी नेता भेला भइ शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्। 

उनीहरूले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अभियन्ताबाट राज्यमन्त्री बनेकी कार्की विवादमा
सार्वजनिक स्वास्थ्यको सुधार अभियानकी अभियन्ताका रुपमा उदाएकी स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीका हरेक गतिविधि विवादमा परेका छन्। शपथपछि मन्त्रालयमा पदभार सम्हाल्न पुगेकी कार्कीले ‘प्रोटकल’विपरीत फुल मन्त्रीले गरेको पहिलो निर्णयमा चासो राखेका समाचार सार्वजनिक भएका थिए। 

यस्तै, स्वास्थ्यमन्त्री पदम गिरीसँगै रिवन काटेर उद्‌घाटन गर्न पुगेकी कार्कीको उक्त कार्यको पनि सार्वजकि भर्त्सना भएको थियो। नयाँ राजनीति गर्ने उद्‌घोष गरेकी कार्की उही पुरानै शैलीमा उद्‌घाटनको ‘राम–रमाइलोमा’ लागेको आरोप लागेको छ।

राज्यमन्त्रीको उक्त विषय सेलाउन नपाउँदै अस्पतालको संवेदनशील क्षेत्र मानिने आईसीयूभित्र क्यामरा र पत्रकार लिएर गएको भन्दै सार्वजनिक आलोचना भएको छ। काठमाडौं बानेश्वरमा मंगलबार आत्मदाहपश्चात उपचाररत प्रेम आचार्यलाई हेर्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेकी कार्कीको आईसीयूभित्र संवाद गरेको भिडियो सार्वजनिक भएको थियो। आचार्यको बुधबार बिहानै निधन भइसकेको छ। 

यस विषयमा आलोचना भएपछि डा कार्कीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गरेकी छन्। कार्कीले आफूलाई कसले र कसको अनुमतिमा भिडियो खिचेको भन्ने जनाकारी नरहेको बताएकी छन्।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
सम्बन्धित सामग्री
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्