• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अनपेक्षित रूपमा उपसभामुख बन्न सफल इन्दिरा को हुन्?

64x64
नेपाल लाइभ शनिबार, माघ ७, २०७९  १९:४२
1140x725

काठमाडौं– प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित भएकी छिन्। शनिबारको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा निर्वाचित भएकी हुन्।

उपसभामुखमा इन्दिराको नाम अनपेक्षित रूपमा आएको हो। पूर्वसभामुखलाई नै पराजित गरेकी कानुनका विषयमा ज्ञान राख्ने सोविता गौतम यो पदकी हकदार ठानिएको थियो। तर रास्वपाले लैंगिक मात्रै होइन, जातीय दृष्टिले समेत समावेशी देखाउन राजकीय पदमा जनजाति महिलालाई समेट्दा उनको नाम आइपुगेको हो।

उपसभामुखमा ‘इन्दिरा’ अनपेक्षित भए पनि आमजनमाझ ‘गुम’ नाम होइन। विगत ३३ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय उनको आफ्नो छुट्टै पहिचान छ। सामाजिक कर्ममा समेत राजनीतिको खराब संस्कृतिबाट अवरोध खेपेकी उनी इखले यहाँ आइपुगेकी हुन्। 

उनले जेलमा रहेका कैदीबन्दीको न्यूनतम मानवाधिकारका विषयमा, त्यहाँका निर्दोष बालबालिकाका विषयमा, आम बालबालिकाको स्वास्थ्य र शिक्षाका विषयमा निरन्तर काम गरिरहिन्। आवाज उठाइरहिन्। कहिले  उनको आवाज सुनियो त कहिले अवरोध गर्ने कोसिस भयो। जस्तो अवस्थामा पनि उनले डटेर काम गरिन्। समाजसेवा गर्ने क्रममा राजनीतिक रुपमा आउने अनावश्यक अवरोध कहीँकतै गढेको थियो, राजनीतिमा लाग्ने अवसर आउँदा त्यही इखले उत्प्रेरित गरेको उनी बताउँछिन्।

No description available.

इखले राजनीति

बन्दी सहायता नेपाल भनेर उनले लामो समयदेखि गैरसरकारी संस्था चलाइरहेकी छिन्। विशेषगरी कैदीबन्दीका निर्दोष सन्तानको लालनपालन, स्वास्थ्य र शिक्षा उक्त संस्थाको सरोकारको विषय हो। 

तर, इन्दिराको सहयोगी मन यतिमै केन्द्रित हुन मान्दैन। मानवीय सहयोग चाहिएको बेला अग्रसर भइहाल्छिन्। कोरोना महामारीका बेला खान नपाएकाहरुलाई खुवाउने प्रणसहित सक्रिय भइन्। पहिलो दिन २० जनालाई खाना खुवाएर सुरु गरेकी थिइन्, तर महिना दिन पुग्दा दैनिक ७०० जनालाई खुवानुपर्ने अवस्था आइपु¥यो। 

Ncell 2
Ncell 2
nimb
nimb

कोरोनाका कारण खान नपाएका अशक्त र सडक बालबालिकाहरुलाई खाना खुवाउने लक्ष्यसहित उनले उक्त काम सुरु गरेकी थिइन्। सुरुमा ठमेलको सञ्चय कोष क्षेत्रमा खाना खुवाउँदा स्थानीय तहका ‘नेताहरु’बाट उनले अवरोध खेपिन्। भीडभाड र फोहोर गरिएको बहानामा उनीमाथि दुर्व्यहार समेत भयो। स्थानीयको गुनासोलाई लिएर राजनीतिक रुपमै अवरोध हुन थालेपछि उनले ठाउँ सारिन्, तर सेवा गर्न छाडिनन्। सेवा गर्न अघि बढ्दा अवरोध खेपेको पहिलोपटक थिएन। कहीँ प्रतिकार गरिन् र कहीँ पछि हटिन्, तर डट्न छाडिनन्। 

राजनीतिमा भएकाहरुको गलत कर्म मनभित्र गढेको थियो। केही महिनाअगाडि मात्रै रास्वपाका सभापति रवि लामिछाने उनीकहाँ सांसद् बन्ने प्रस्ताव लिएर पुगे। भर्खरै खुलेको उक्त पार्टीका लागि सेवामा सक्रिय व्यक्तित्व खोजी गर्ने क्रममा इन्दिराको नाम लामिछानेको आँखामा परेको थियो। 

लामिछानेको सुरुवाती प्रस्तावमा उनलाई सकारात्मक लाग्यो, तर मनमा एउटा प्रश्न खेल्न थाल्यो–  म यतिका बालबालिकाको अभिभावक भएर काम गरिरहेकी छु। म त्यता लाग्दा यिनीहरुको बिचल्ली हुने त होइन?

फेरि उनले सोचिन्,  ‘यिनीहरुकै भविष्यका लागि राजनीतिमा लाग्छु। जेलमा हुर्किरहेका बालबालिकाले पोषणबापत जम्मा ३० रुपैयाँ पाउँछन्। राज्यलाई उचित प्रबन्ध गर्न भनेको ३३ वर्ष बित्यो, तर भएन। नसुनिएको आवाज सुनाउन जान्छु। नबनेको कानुन बनाउन त्यता लाग्छु।’

राजनीतिमा लाग्ने प्रस्ताव आएको रात इन्दिराका आँखामा जेलमा रहेका अवोध बालबालिकाहरु नाँचे। एम्बुलेन्स नपाएर छटपटिरहेकी गर्भवतीको तस्बिर आयो। उपचार नपाइ मरेका बालबालिकाहरु आए। उनले ठानिन्, ‘धेरै गर्नुपर्नेछ। म पनि त्यता पुगेँ भने केही त हुन्छ।’ 

उनी भन्छिन्,  ‘सामाजिक न्यायसम्बन्धी कुरा उठाउन म राजनीतिमा आएको हो।’ उपसभामुखको उम्मेदवार बन्नुअघि त्यो पदको जिम्मेवारीबारे अध्ययन गरिन्। बुझिन्। उनले थाहा पाइन्, ‘सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नु मात्रै होइन,  संवैधानिक निकायमा हुने नियुक्तिमा पनि निर्णायक भूमिका हुन्छ। राज्य चलाउने ती संवैधानिक निकायमा सही व्यक्ति पठाउने कुरामा आवाज उठाउन पनि त्यहाँ जानुपर्छ। कानुन बनाउने कुरामा पनि परामर्श दिन सकिन्छ।’ 

No description available.

पारिजातको प्रेरणाले सेवा

झापामा जन्मिएकी इन्दिराले सानै उमेरदेखि पढ्न पाइनन्। पढ्ने रहरले घरमै धुलोमाटो खेलाउँदा नै उनी अक्षर मात्रै होइन, वाक्य बनाउन जान्ने भइन्। त्यसैले एकैपल्ट कक्षा ५ मा भर्ना भएकी उनी स्कुलस्तरमा सधैं अब्बल विद्यार्थीमा परिन्। 

काठमाडौंमा उनी कमाउँदै उच्च शिक्षा हासिल गर्ने क्रममा आइपुगिन्। यही क्रममा भेट भयो साहित्यकार तथा समाजसेवी पारिजातसँग। पारिजात त्यो समय मानव अधिकारका क्षेत्रमा सक्रिय संस्था ह्युरनकी उपाध्यक्ष  थिइन्।

२०४५÷०४६ सालको समयमा त्यहाँ राजबन्दी पनि थिए। बेलावखत जेल पुगेर बन्दीहरूको अवस्था बुझ्ने, उनीहरूको हक, अधिकारका पक्षमा बोल्ने काम उक्त संस्थाले गर्थ्यो। पारिजातसँग जोडिएपछि उनी पनि जेलसम्म पुगिन्। जसलाई इन्दिरा ‘टर्निङ प्वाइन्ट’ मान्छिन्। 

जेलमा पुगेपछि कैदी बन्दीको सन्तानहरुको अवस्थालाई नजिकबाट देखिन्। त्यसपछि आफूलाई उनीहरुको अभिभावक बनाउने निर्णय लिइन्। ३ वर्षसम्म पारिजातको संगत गरेपछि उनी आफैंले बन्दी सहायता नेपाल नामक गैर–सरकारी संस्था खोलेर अगुवाइ गर्न थालिन्। 

संस्थामार्फत् अहिले साँखुमा ८४ जना बालबालिकालाई सुरक्षित आवास दिइएको छ भने आफैंले सञ्चालन गरेको स्कुलमा १२० जनालाई पढाउने गरिएको छ। यसैगरी झापाको खुदुनाबारीमा बालगृहका साथै प्राथमिक स्कुल सञ्चालन, पाल्पाको मदनपोखरामा पाराडाइज होम एन्ड युवा तालिम केन्द्र सञ्चालनमा छ। 

उक्त संस्थाले ग्रामिण भेगका पिछडिएको वर्गका बालबालिकालाई शिक्षाको व्यवस्था, बन्दीका बालबालिकाको शिक्षादीक्षाका साथै भेटघाट र सम्पर्क गराउने, ५ वर्ष मुनिकाका लागि जेल परिसरमै डे केयर सेन्टर, जेलमा सजाय भुक्तान गरेका महिला तथा युवालाई समाजमा पुनःस्थापित गराउने कार्यक्रम र केन्द्रीय कारागारभित्रका महिलाहरुलाई शिक्षा र सीप जस्ता काम गरिरहेको छ। 

सेवाबापत् उनले अन्तर्राष्ट्रिय पुरस्कारहरु समेत हासिल गरेकी छिन्। अशोका फेलो २००५,  एसिया योङ लिडर पब्लिक सर्भिस अवार्ड २००९,  वर्ल्ड चिल्ड्रेन प्राइज अनरी अवार्ड २०१४,  बीबीसी उत्कृष्ट १०० महिला २०१७ र द वन रोटरियन ह्युम्यानेटिरियन सर्विस अवार्ड २०२० प्राप्त गरेकी छिन्।

यो पनि पढ्नुहोस

प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना निर्वाचित


 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १९:४२
  • #इन्दिरा राना मगर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्