• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डमाथि ‘कांग्रेस–भरोसा’

64x64
नवीन झा सोमबार, माघ २, २०७९  २०:४५
1140x725
पुस २५ मा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौं- माघ ५ को सभामुख निर्वाचन र चाँडै हुन लागेको राष्ट्रपति निर्वाचनतर्फ राजनीति केन्द्रित हुँदै गएको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर नेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रका बीचमा शंकाको बिउ जगाएको चर्चाका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सर्वदलीय बैठक बोलाएका छन्।

त्यसअघि सोमबार बिहान मात्रै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा भेटेर लामो कुराकानी गरे। सोमबारै साँझ ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि बसेको छ। बैठक मुख्यरुपमा मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेको जनाइएको छ।

पुस १० मा प्रचण्ड एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सासंदहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसको १६ दिनपछि पुस २६ मा विश्वासको मत लिँदा उनको पक्षमा प्रतिनिधि सभाका लगभग सबै शक्तिले मत दिए। तथापि, प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दिएको विश्वासको मतको भने बढी चर्चा भयो।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनुभन्दा अघिल्लो साँझ प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए। देउवानिवास धुम्बाराही पुगेर प्रचण्डले विश्वासको मत दिन आग्रह गरेका थिए। त्यसपछि देउवा पार्टीभित्र र बाहिरको आलोचना खेपेरै प्रचण्डलाई विश्वासको मत दिने पक्षमा उभिएका थिए। जसले सत्ता राजनीतिको अबको सम्भावनामाथि नै अन्योल उत्पन्न गराएको छ।

कांग्रेसका कतिपय नेताहरूले सार्वजनिक रुपमा सभामुख र राष्ट्रपति निर्वाचनलाई ध्यानमा राखेर पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको दाबी गरेका छन्। तर, पार्टी नेतृत्वले भने त्यसबारेमा अहिलेसम्म मुख खोलेको छैन। प्रधानमन्त्री प्रचण्डले भने गत शनिबार सम्पादकहरूसँगको छलफलमा सभामुख र राष्ट्रपति निर्वाचन बारेमा कांग्रेससँग पनि साझेदारी हुने संकेत गरेका छन्। यसले एमाले नेतृत्वलाई झस्काएको देखिन्छ। असन्तुष्ट एमालेका नेताहरूले आफ्ना प्रतिक्रियाहरूमा प्रचण्डलाई पुस १० को ‘सहमति’ प्रति इमानदार हुन सुझाउने गरेका छन्।

सोमबार प्रचण्ड बालकोट जानुअघि आइतबार साँझ ओली बालुवाटार नै पुगेर प्रचण्डसँग छलफल गरेका थिए। यसअघि पनि दुई नेताबीच बारम्बार छलफल भइरहेको छ। तर, मन्त्रिपरिषद् विस्तार लगायतका कुनै थप घटना विकास भएको भने देखिँदैन।

आइतबार साँझ प्रधानमन्त्री र एमाले अध्यक्ष बालुवाटारमा छलफल गरिरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देउवासँग छलफल गर्न धुम्बाराही पुगेका थिए। आइतबार देउवासँग छलफल गरेका नेपालले शनिबार प्रधानमन्त्री प्रचण्डसँग भेटेका थिए। यसरी प्रधानमन्त्री प्रचण्ड एमाले र कांग्रेस मात्रै होइन, एकीकृत समाजवादीसँग पनि संवादमा देखिन्छन्।

बुधबार हुँदै गरेको सभामुखको उम्मेदवारी मनोनयन र बिहीबार हुने निर्वाचन तथा केही हप्तापछि नै हुने राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सघाउँछ कि एमालेलाई? त्यो पनि अन्योलपूर्ण नै छ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस सभापति देउवानिकट एक नेताका अनुसार, पुस २५ गते साँझ ‍प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेर कांग्रेसलाई राष्ट्रपति वा सभामुखमध्ये एक पद दिने वचन दिएका छन्। उनी भन्छन्, ‘प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, सभामुख र उपसभामुखमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच भागबन्डा गर्ने आश्वासन दिएका छन्। त्यही भएर हामीले विश्वासको मत दिएका हौँ।'

विश्वासको मत दिएपछि देउवाले पुस २८ मा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक गर्दै सभामुख निर्वाचनका बारेमा सतारुढ दलहरूसँग छलफल गरेर निष्कर्षमा पुगिने बताएका थिए। त्यसयता देउवानिकट केही नेताहरूले प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरिरहेको पनि देउवानिकट स्रोतको दाबी छ। तर, कांग्रेसको प्रयत्न कसरी परिणाममुखी हुन्छ भन्नेचाहिँ सोमबार साँझसम्म प्रष्ट देखिएको छैन।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले मंगलबार प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा उनले ल्याउने प्रस्ताव हेरेर मात्रै कांग्रेस कसरी अगाडि भन्ने तय हुने बताए।

‘प्रधानमन्त्रीजीले मंगलबार सर्वदलीय बैठक बोलाउनु भएको कुरालाई हामीले सकारात्मक रुपमै लिएका छौँ’, महतले नेपाल लाइभसँग भने, ‘हामीले विश्वासको मत दिने काम गरिसकेकाले अब बल प्रधानमन्त्रीको कोर्टमा छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महतको भनाइले राष्ट्रपति र सभामुखमध्ये एक पद पाउनेमा कांग्रेस प्रधानमन्त्री प्रचण्डमाथि भरोसामा रहेको देखिन्छ।

तर, पुस १० मा प्रधानमन्त्री बन्दै गर्दा प्रचण्डले राष्ट्रपति र सभामुख दुवै पद एमालेलाई दिने समझदारी गरेको बताइएको छ। विश्वासको मतसँगै उब्जिएका विभिन्न आशंका र गत शनिबारको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले राष्ट्रपति र सभामुखमा कांग्रेससँग साझेदारी हुन्छ कि हुँदैन? सम्भवतः मंगलबारको बैठकले संकेत गर्नेछ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  २०:४५
  • #नेपाली_कांग्रेस
  • #प्रचण्ड
  • #देउवा–प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्