काठमाडौं– सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ले समीक्षकहरूको राम्रो साथ पायो।
गत भदौमा रिलिज भएको फिल्मले दर्शकको साथ भने पाउन सकेन। फिल्म प्रदर्शनको एक हप्ता नपुग्दै निर्देशक थापाले फिल्म रिलिज रोके।
अहिले फिल्मलाई लिएर निर्देशक थापा अष्ट्रेलियाको यात्रा गरिरहेका छन्। अष्ट्रलियाको विभिन्न सहरमा प्रदर्शन भएको फिल्मले नेपाली दर्शकहरूको राम्रो प्रतिक्रिया पाइरहेको निर्देशक थापाले बताए।
अहिलेसम्म फिल्म सिड्नी र मेलबर्नमा प्रदर्शन भएको छ। ‘फिल्मले राम्रो प्रशंसा पाइरहेको छ। कतिपयल दर्शकले पहिलो पटक यतिको सशक्त नेपाली फिल्म हेर्न पाएको प्रतिक्रिया दिनुभएको छ,’ निर्देशक थापाले भने।
फिल्ममा हराइरहेको आफ्नो श्रीमान्को खोजी गर्न सहर हिँडेकी महिलाको कथा छ। फिल्ममा सृष्टि श्रेष्ठ, सौगात मल्म, खगेन्द्र लामिछाने लगायतका कलाकारको मुख्य अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।