• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव र उपेन्द्रको एकता कसरत : प्रधानमन्त्री र मधेशको मुख्यमन्त्रीमाथि आँखा

64x64
नवीन झा मंगलबार, पुस १९, २०७९  १८:०५
1140x725

काठमाडौं- पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सम्बन्ध निकट बन्दै गएको छ। जसपाले प्रधानमन्त्रीमा पुष्पकमल दहाल प्रचण्डलाई समर्थन गरेर पनि सरकारमा सहभागी भएको छैन।

एकीकृत समाजवादीले भने समर्थन पनि गरेको छैन। सोमबार सकिएको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले सरकारमा सहभागितालाई लिएर ठोस निर्णय गर्न सकेन। बरु उसले केन्द्रीय सचिवालयलाई अधिकार दिएको छ।

जसपाले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरे पनि पनि सरकारमा सहभागिताबारे ठोस धारणा तय गर्न सकेको छैन। गत शनिबार बसेको जसपाको कार्यकारणी समिति बैठकले सरकारमा सहभागिता र मन्त्री तय गर्न राजनीतिक समितिलाई जिम्मा दिएको थियो। सोमबार र मंगलबार बसेको राजनीतिक समिति भने यस सन्दर्भमा मौन देखिएको छ। जसपाले सरकारको न्युनतम साझा कार्यक्रम आएपछि मात्रै सहभागिताका बारेमा निर्णय लिने बताएको छ।

पुस १० मा नाटकीय रुपमा विकास भएको घटनाक्रमबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। कांग्रेस नेतृत्वको गठबन्धन तोड्दै एमाले र माओवादी केन्द्र लगायतका सात दल र तीन स्वतन्त्र सांसदको सहयोगमा उनी प्रधानमन्त्री नियुक्त भएका थिए। यद्यपि, सतारुढ दलहरुलाई केन्द्रदेखि प्रदेशसम्मको भागबन्डा मिलाउन सकस परिरहेको देखिन्छ।

यस्तो पृष्ठभूमिमा नेपाल र यादव नजिकिएका हुन्। उनीहरु पार्टी एकीकरण गरेर नयाँ समीकरण बनाउँदै र नयाँ सम्भावना खोज्न अग्रसर देखिएका छन्। जसलाई दुवै पार्टीका नेताहरुले स्वीकार गरेका छन्।

पोलिटब्युरो बैठककै क्रममा सोमबार पत्रकारहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जसपासँग एकीकरणको छलफल चलिरहेको खुलाएका थिए। उनले यसमा भइरहेको प्रगतिको विषयमा विस्तृतमा खुलाएनन्, तर सम्भावना दर्शाए। मंगलबार सकिएको बैठकले पनि वाम एकताको लागि पहल गर्ने र त्यसका लागि निर्णय अधिकार सचिवालयले दिएको छ। 

यता सोमबारदेखि जारी जसपाको राजनीतिक समितिको बैठकमा पनि नेताहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग त्यसबारेमा जिज्ञासाहरु राखेका छन्। सोमबारको बैठकमा अफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यादवले विचार र मुद्दाहरु मिल्ने दलहरुसँग एकीकरण गर्ने आफ्नो नीति रहेको उल्लेख गरेका छन्। जसलाई पार्टीका धेरै नेताहरुले एकीकृत समाजवादीप्रति नै लक्षित गरिएको बुझेका छन्।

शनिबार बसेको जसपाको कार्यकारणी समिति बैठकमा पनि अध्यक्ष यादवले अहिले विभिन्न दलहरुसँग एकताका लागि संवाद चलिरहेको मात्रै जानकारी गराएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

मंगलबार सकिएको राजनीतिक समितिले विभिन्न दल/संगठनहरुसँग एकता, सहकार्य तथा गठबन्धन गर्न राजेन्द्र श्रेष्ठको संयोकत्वमा तीन सदस्य कार्यदल बनाएको छ। जसमा रकम चेम्जोङ र गोविन्द चौधरी छन्।

शनिबारदेखि एकीकृत समाजवादी र जसपा दुवै आन्तरिक बैठकमा व्यस्त भएका थिए। बैठकमा छलफल हुनु एउटा विषय हो, तर शीर्ष तहमा भइरहेका भेटघाटले दुई पार्टीबीच एकताको सम्भावनालाई बलियो आधार दिएको देखिन्छ। अघिल्लो हप्ता जसपा अध्यक्ष यादवले एकीकृत समाजवादीका अध्यक्ष नेपाल र 'सम्मानित नेता' झलनाथ खनालसँग छुट्टाछुट्टै भेटेका थिए।

जसपा प्रवक्ता मनिष सुमनले एकीकृत समाजवादीसँगको एकीकरणका बारेमा अहिले नै कुनै ठोस दाबी गर्न नसकिने बताए। उनले पार्टी बैठकमा भने यस बारेमा कुराचाहिँ उठेको बताए। ‘हामीले विचार र मुद्दाहरु मिल्नेहरुसँग एकीकरण गर्ने पक्षमा सुरुदेखि नै नीति लिएका छौँ’, उनले नेपाल लाइभसँग भने, ‘एकीकृत समाजवादीसँग पनि हाम्रो कुरा नहुने होइन। तर, अहिले नै म ठोस रुपमा भन्न सक्दिनँ।’

पार्टी अध्यक्ष यादवले एकीकृत समाजवादीका शीर्ष नेताहरु गरेको संवाद कुन तहसम्म पुगेको कुरा आफूले अहिले भन्न नसक्ने सुमनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जसपा र एकीकृत समाजवादीबीच एकता भएमा सो पार्टी प्रतिनिधि सभामा २२ सिट सहित चौथौ ठूलो दल बन्नेछ। त्यस्तै, मधेश प्रदेशमा २३ सहित सबैभन्दा ठूलो दल एमालेसँग बराबरी गर्नेछ। प्रतिनिधि सभामा जसपाको १२ र एकीकृत समाजवादीको १० सिट छ। मधेश प्रदेशमा जसपाको १६ र एकीकृत समाजवादीको ७ सिट छ।

यी दुई पार्टीबीच एकता भएमा त्यसले उनीहरुलाई थप सम्भावनाको नजिक पुर्‍याउने छ। पहिलो त, उनीहरुको बार्गेनिङ शक्ति बढ्नेछ। अहिले २० सिटसहित चौथो ठूलो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाएको छ। साथै, सबैले चासो राख्ने शक्ति बनेको छ। सो पार्टीभन्दा दुई सिट बढी भएपछि त्यो स्थानमा आफूहरुले पाउने एकता पक्षधर नेताको छ।

अर्कोतिर, राजनीतिक तानातानमा आफ्नो पार्टीले प्रधानमन्त्री नै पाउन सक्ने सम्भावना पनि उनीहरु दर्शाउँछन्। साथै, मधेस प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्न पनि सहज हुनेछ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १८:०५
  • #माधवकुमार नेपाल
  • #उपेन्द्र यादव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्