• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सांसद

समानुपातिक सांसद गमता विकः दुई दिन बन्धक, तानेर विवाह

64x64
धनु विश्वकर्मा शनिबार, पुस २, २०७९  ०८:३६
1140x725

काठमाडौं- कर्णाली प्रदेशको दैलेखबाट समानुपातिक सांसद बन्न सफल दलित महिला हुन् गमता विक। उनी नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्य चुनिएकी हुन्।

दैलेखको आठबीस नगरपालिका- १, सात्तला निवासी गमता लामो समयदेखि राजनीतिसँगै सामाजिक काममा समेत सक्रिय थिइन्। विद्यालय गएर पढ्न नपाए पनि प्रौढ शिक्षा लिएकी उनलाई राजनीति तथा समाजमा गरेको योगदानको कदर गर्दै एमालेले प्रदेश सभामा सांसद बनाएको हो।

गमताका बुबा भारतमा चौकीदारी गरेर घर चलाउँथे। बुबाको निधनपछि घरकी जेठी छोरी भएकोले आमा, चार भाइ र तीन बहिनीको जिम्मेवारी उनकै काँधमा आयो। गरिब परिवारकी गमताको बाल्यकाल मेलापात, घाँस-दाउरा, वस्तुभाउ हेरेर बित्यो।

केही पछि उनका भाइ भारत जान थाले। गाउँका पुरुष भारतमा चौकादारी र कालापहाडमा काम गर्न जान्थे। गाउँमा महिला मात्र हुन्थे। उनकी आमाले पनि आठ छोराछोरी हुर्काउन निकै कष्ट भोग्नुपर्‍यो। गमता भन्छिन्, ‘जसोतसो आमाले हुर्काइन्, बढाइन्। पढ्न मन थियो। त्यो बेला छोरी त्यसमाथि दलित समुदायबाट सम्भव भएन। पढ्ने हुट्हुटी कहिल्यै सकिएन। बाँच्न धौधौ थियो, कहाँ पढ्न पाउनु’, उनले सुनाइन्।

दुई दिन बन्धक राखेर, तानेर विवाह
गमता १८ वर्षकी भएकी थिइन्। उनका सबै दौंतरीको विवाह भएर छोराछोरी समेत भइसकेका थिए। यो उमेर परिवार र समाजका लागि भारी थियो। उमेर बढ्दै जाँदा घरमा विवाहको कुरा चल्यो। चर्चा सुरु भयो। आफूभन्दा साना बहिनीको विवाह भइसकेकोले उनलाई पनि जसरी हुन्छ घर गरेर खाने चुनौती बढ्यो। 

२०४९ सालमा गाउँ नजिकैका हरि कामीसँग गमताको विवाह गरिदिने कुरा भयो। दुवै परिवारले निर्णय गरे तर गमतालाई सोधिएन। उनलाई हरिसँग विवाह गर्न मन थिएन। इन्कार गरिन्। केही सिप चलेन। 

असार १४ गतेको दिन थियो। घरकाले उनलाई दुई दिनसम्म कोठामा बन्धक बनाएर राखे। उनी हरिसँग केही भन्न चाहन्थिन् तर छुट थिएन। त्यतिबेला श्रीमान्को अनुहारसम्म नहेरी विवाह गर्ने चलन थियो।

नमान्दा नमान्दै माइती र घर पक्षले उमेर ढल्किसकेको भन्दै जबरजस्ती तानेर ८ कक्षासम्म पढेका हरिसँग उनको विवाह गरिदिए।

Ncell 2
Ncell 2
nimb
nimb

झरोको सहारामा प्रौढ शिक्षा
विवाह भइसकेपछि पनि पढ्ने इच्छा कायमै थियो। तर कसरी पढ्ने? माइतीघरमा पढ्ने अवसर नपाएकी गमताले श्रीमान्को घरमा पढ्न पाउने त कल्पना नै थिएन। 

२०५३ सालमा उनले छोरा जन्माइन्। छोरा दुर्गेश विकले रेडियोग्राफी पढेका छन्। बुटवलको निजी अस्पतालमा काम गर्छन्। २०५४ मा उनकी छोरी जन्मिइन्। 

श्रीमान् नेकपा एमालेका कार्यकर्ता थिए। राजनीतिक चेतनाको श्रेय श्रीमानलाई नै दिन्छन् उनी। दुवै जनाको सल्लाहमा दुई सन्तान ईश्वरका बरदान भन्दै परिवार नियोजन गरे। उनी भन्छिन्, ‘त्यो बेला ८/१० सन्तान जन्माउने मेरा दौंतरी छन्। घरमा दबाब हुँदाहुँदै मैले भने परिवार नियोजन गरें।’

छोरी जन्मिसकेपछि गाउँमा प्रौढ शिक्षा सुरु भएको थियो। जहाँ निरक्षरहरुलाई पढाइन्थ्यो। पुरुषहरु पढ्न जान्थे। महिलालाई भने भात–भान्सामा ठिक्क। उनले परिवारमा विद्रोह गरेर प्रौढ शिक्षा पढिन्। सल्लाको झराको सहारामा नाम लेख्न सिकिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बेलुका खाना खाइसकेपछि गाउँकै प्रौढ शिक्षक महेन्द्र थापाले पढाउँथे। बिजुली थिएन। पहिलो पटक लाल्टिन त्यहीँ देखेकी हुन् उनले। गाउँमा पढाइबाट वञ्चित भएका महिलाले पछि प्रौढबाट १० कक्षासम्म पढे।

गमताको भने पारिवारिक कामले गर्दा पढाइ प्रौढमै सीमित भयो। बाहिर गए छरछिमेकमा फलानोकी श्रीमती बिग्री भनेर कुरा काट्थे। छोराछोरी साना थिए। उनी सासु–ससुरासँग अलग भइन्। घरधन्दा उनको थाप्लोमा आइलाग्यो। जसले गर्दा विद्यालय जान पाइनन्। ‘अझै विद्यालयमा गएर पढ्न मन छ,’ उनले भनिन्। 

छाउ नबार्दा गाउँमा दही-दूध बारेँ
गमता विभिन्न सामाजिक काम लागिन्। स्वास्थ्य स्वयंसेविका भएर काम गरिन्। गाउँमा कृषि समूह, आमा समूह निर्माण गरिन्। छुवाछुत र छाउपडीमुक्त गर्नाका लागि महिला सञ्जाल खोलिन्। 

दैलेखमा छाउपडी प्रथाले समाज आक्रान्त थियो। रजस्वला हुँदा विभेद हुन्थ्यो। आजसम्म पनि महिनावारीलाई पापका रुपमा बुझिन्छ। २०५६ सालदेखि छाउ बार्न छाडिन्। उनी भन्छिन्, ‘गाउँमा पहिलो पटक मैले छाउ बार्न छाडें।’ पहिला अन्य महिला जस्तै छाउगोठ बसे पनि चेतनशील हुँदै गएपछि यसको विरुद्ध आवाज उठाएको उनी बताउँछिन्।

जब छाउ उनले बार्न छाडिन् समाजले बहिष्कार गर्‍यो। घरमा छरछिमेक आउने छाडे। छिमेकीको घरमा जान बन्देज गरियो। एकै धारा र कुवाको पानी पिउन दिइएन। उनको हातको कसैले खाएनन्। दूध-दही न कसैले खाए न कसैले दिए। 

उनले छाउपडी प्रथा विरुद्ध आन्दोलन गरिन्। गाउँमै देवी-देवताका धामी समेत रहेका भीमसिंह थापा र गाउँकै विद्यालयमा विज्ञान पढाउने शिक्षक शेरबहादुर थापाले भने सहयोग गरे। गाउँकै दिदी बहिनीहरुले पहिला छोइछिटो गरे। 

‘तिमी महिनावारी हुँदैनौ’ भनेर सोध्न थाले। छाउ रोक्ने औषधि भए हामीलाई पनि देऊ भन्न थाले। गमताले छाउ नबार्दा पनि छोराछोरी पढेकै छन्। उसलाई केही भएको छैन। यस्तो खालका जिज्ञासा महिलाहरुमा बढ्न थाल्यो। उनले प्रशासनसँग पनि सहयोग मागिन्। 

२० जना महिलाको समूह बनाएर छाउपडी प्रथाका विरुद्ध अभियान चलाइन्। २० जना महिलालाई साथमा लिएर ‘छुई छाना भत्काउने शौचालय बनाउने’ पहिला ७ नम्बर वडामा यो अभियान चलाइन्। र, छुई छानामुक्त वडाका रुपमा घोषणा गरिन्। विस्तारै १ देखि ९ वडासम्म छुई छाना भत्काइन्। जसले गर्दा एक खालको सामाजिक जागरण समेत ल्यायो। 

दलित भएकै कारण प्रमुख अतिथि अस्वीकार
२०५४ को स्थानीय निर्वाचनमा श्रीमान् हरि कामी नेकपा एमालेको तर्फबाट साविकको ५ नम्बरमा वडाध्यक्ष निर्वाचित भए। श्रीमान्को सहयोगले राजनीतिमा लाग्न प्रेरित भइन्। २०५१ सालदेखि नै टोल कमिटीमा संगठित सदस्य भइन्। पार्टीको वडा कमिटी अध्यक्ष हुँदै इलाका उपाध्यक्ष भइन्। 

उनले दुई कार्याकाल क्षेत्रीय कमिटीमा पनि सक्रिय रुपमा काम गरिन्। २०७१ मा भने पार्टीको जिल्ला कमिटी सदस्यमा निर्वाचित भइन्। जिल्ला कमिटी सदस्य भइसकेपछि विभिन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोलाइन्थ्यो। तर जातकै कारण कसैले उनले स्वीकार गरेनन्। गमता भन्छिन्, ‘दलित भएकै कारण मलाई प्रमुख अतिथि बनाएनन्।’ उनी २०७४ पछि पार्टीको प्रदेश सदस्य भइन्। 

२०६२ सालदेखि उनले स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गरिन्। गाउँमा महिलालाई हुने हरेक समस्याको सारथि थिइन गमता। स्वास्थ्य स्वयंसेविका भएर नै उनले दुई सन्तान जन्माउने निर्णय गरेकी थिइन्। महिलाका स्वास्थ्यका सवालमा पनि पैरवी गरिन्। २०७४ मा उपमेयरमा उम्मेदवारी दिएपछि भने स्वयंसेविकाबाट राजीनामा दिइन्।

आठबीस नगरपालिकाको उपमेयरको उम्मेदवार हुँदै प्रदेश सभा सांसद
२०७४ मा संघीयतापछि पहिलो पटक स्थानीय तहको निर्वाचन भयो। गमताले स्वास्थ्य स्वयंसेविकाबाट राजीनामा दिएर आठबीस नगरपालिकाको उपमेयरको उम्मेदवार बनिन्। काम देखेर पार्टीका नेताहरु रातको १२ बजे घरमै आएर उपमेयरको टिकट दिएको उनी बताउँछिन्।

महिला त्यसमा पनि दलित, भोट पाउँदिन कि भन्ने डर लाग्यो। चुनाव लड्न आर्थिक स्रोत थिएन। चुनावी कार्यक्रममा विपक्षीले दलित महिलाले हार्छन् भनेर भाषण गर्न थाले। चुनावी अभियानमा जाँदा उनलाई पनि त्यो खालको अनुभूति भयो। अन्ततः उनी पराजित भइन्। नेपाली कांग्रेसकी दीपा बोहरा निर्वाचित भइन्।

चुनाव हारे पनि पार्टीका काममा भने निरन्तर सक्रिय भइन् गमता। भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पनि उनलाई उपमेयरमा उठ्ने दबाब थियो। अन्य महिलालाई पनि अवसर दिनुपर्छ भन्ने लाग्यो। र, उनी पछि हटिन्।

पार्टीले गमताको कामको मूल्यांकन गरेको थियो। पार्टीबाट प्रदेश सभामा समानुपातिकतर्फ उनको एकल सिफारिस भयो। सबैले स्वागत गरे। अन्ततः उनी प्रदेश सभा सदस्यमा निर्वाचित भइन्।

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  ०८:३६
  • #नयाँ सांसद
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न उनले सुनारमाथि महिलामाथि घरेलु हिंसाको आरोप रहेको सांसद चौलागाईंले बताए। बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना पार्टीले एक सार्वजनिक सूचना जारी गर्दै आवश्यक मापदण्ड पूरा गर्ने घर तथा जग्गाधनीहरूबाट औपचारिक प्रस्ताव आह्वान गरेको हो। बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्