काठमाडौं– फुटबलमा आत्मघाती गोल हुनुलाई दुर्भाग्य मानिन्छ। अझ भनौ विश्वकपजस्तो ठूलो प्रतियोगितामा आत्मघाती गोल गर्ने खेलाडीको हत्यासमेत भएका घटना छन्। यसर्थ, खेलाडीहरु यसप्रति सचेत हुने गर्छन्। यति हुँदाहुँदा पनि गोल बचाउने क्रममा आत्मघाती गोल लाग्ने गर्छ।
अघिल्लो विश्वकपको तुलानामा कतारमा जारी विश्वकपमा ज्यादै नै कम आत्मघाती गोल लागिरहेका छन्। समूह चरणसँगै अन्तिम १६ का दुई खेल सकिँदासम्म जम्मा दुईवटा मात्र आत्मघाती गोल लागेका छन्। यो सन् २०१८ मा रुसमा भएको विश्वकपको तुलनामा ९९.७६ प्रतिशत कम हो।
जबकि, अघिल्लो विश्वकपमा समूह चरणमै नौ आत्मघाती गोल लागेका थिए। नकआउटमा तीन थपिएपछि जम्मा १२ वटा आत्मघाती गोल भयो। यो विश्वकपको इतिहासमै सबैभन्दा धेरै आत्मघाती गोल लागेको हो।
यो पटक समूह चरण सकिँदा जम्मा एउटामात्रै आत्मघाती गोल लागेको छ। क्यानडाविरुद्ध खेल्ने क्रममा मोरक्कोका नायेफ अगुर्डले आत्मघाती गोल लगाएका थिए। तर, पछि उनको छोलीले खेल २–१ ले जित्दै समूह विजेता बनेर नकआउट चरणमा पुगेपछि अगुर्डले राहत महसुस गरेका छन्।
यस्तै, अन्तिम १६ को खेलमा अर्जेन्टिनाका इनो फर्नान्डेजले एउटा आत्मघाती गोल गर्न पुगे। सो खेल पनि अर्जेन्टिनाले २–१ ले जितेपछि उनले पनि राहत महसुुस गरेका छन्।
जर्मनीका गोलकिपर म्यानुअल नोयरले पनि कोस्टारिकासँग खेल्दा आत्मघाती गोल गरेको भनिएको थियो। तर, पछि त्यो आत्मघाती ठहर भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।