• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कांग्रेस सांसदहरू, गर्वलाग्दो विगत रोज्ने कि अत्यासलाग्दो आगत?

च्यवन घिमिरे शुक्रबार, मंसिर १६, २०७९  २०:५१
1140x725

राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चारवटा सैद्धान्तिक खम्बाको धरातलीय आडमा राणा शासनको उत्तरार्धमा नेपाली कांग्रेस स्थापना भएको थियो। वीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराईले बलियो कांग्रेस बनाउन यी चार खम्बा गाडेका थिए। तर, वर्तमान नेतृत्वले यी खम्बा धमिरा लगाइदिएका छन्। नेतृत्वकै कारण मक्किदै गएका खम्बाहरू ढलेर आफैं थिचिने डरले कांग्रेसकै शुभचिन्तक पर-पर हुन थालेको संकेत यो निर्वाचनले दिएको छ।

गर्वलाग्दो विगत
यी चार खम्बामा उभिएको कांग्रेसले नेपालीको दयनीय आर्थिक, सामाजिक, शैक्षिक परिवेशलाई दृष्टिगत गरेर सबै नेपालीहरूलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताका लागि जोड दियो। विकासका आधारभूत लक्ष्यहरू यातायात, भौतिक पूर्वाधार, शैक्षिक संस्थाहरूको जगेर्ना, स्वास्थ्य संस्थाहरूको सर्वाङ्गिण विकास, कृषिमा आधुनिकिकरण, राष्ट्रियताको सम्वर्द्धन गर्न नेतृत्वदायी भूमिका खेल्यो। 

राजनैतिक अधिकारहरू वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, बहुदलीय प्रजातन्त्र, बालिग मताधिकार सुनिश्चित गर्न सफल भयो। कांग्रेस आफ्नो सैद्धान्तिक तेज र स्पष्टताका कारण खोपीभित्र सीमित रहेको नाम मात्रको राजसंस्थालाई जनताको बीचमा देखिने र सुनिने बनाउन सक्षम भयो।

साथसाथै राणाहरूको एकतन्त्रीय जहानियाँ शासन अन्त्य गरेर प्रजातन्त्रको न्यानो घाम नेपाली आकाशमा झुल्काउन सफल भएको थियो। धेरै सपुतहरू गुमाएर प्राप्त भएको त्यो प्रजातन्त्रमा महेन्द्रको महत्वाकांक्षाका कारण ग्रहण लाग्यो। सयौं नेपाली कांग्रेसका नेता कार्यकर्ता स्वयं वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतलाई जेलनेल, देश निकाला एवं अमानवीय यातनाका साथै कारागारमा कोचियो र युवा हुनै नपाइ नेपाली प्रजातन्त्रको गला रेटियो।

नेपाली कांग्रेसले २०४६ साल, २०६२-६३ सालमा आन्दोलन गरेर प्रजातन्त्रलाई संस्थागत गर्नका लागि धेरै मिहिनेत गर्नुपरेको इतिहास हामी सामु छ। २००७ साल पछिका सबै आन्दोलनमा नेपाली कांग्रेससँग प्रजातन्त्रप्रति निष्ठावान वाममोर्चाका नेता कार्यकर्ता र अन्य परिवर्तनकारी शक्तिहरूको समेत साथ र सहयोग रहेको कुरालाई नकार्न सकिन्न।

यस हिसाबले हेर्दा नेपाली कांग्रेसले जहिल्यै पनि यथास्थितिवादी, निरंकुश, एकतन्त्रीय जहानियाँ शासनशैलीको विरुद्ध परिवर्तनको पक्षमा शंखनाद गरेको छ र त्यसमा कांग्रेस सफल भएको पनि छ। जहाँ-जहाँ कांग्रेसले परिवर्तनकारी सोचलाई सर्वोपरि मानेको छ, त्यहाँ कांग्रेस सफल भएको छ।

त्यसैले यथास्थितिवादी कांग्रेसको चरित्र होइन र  हुनै सक्दैन। कांग्रेसको बिरासत परिवर्तनकारी सोच हो, त्यसैले परिवर्तनकारी सोचलाई संरक्षण गर्ने एकल शक्ति नेपाली कांग्रेससँग जबसम्म रह्यो, तबसम्म पार्टीमा कुनै किसिमको ग्रहण लाग्न सकेन। यो उदाइरह्यो, उजेलिइरह्यो, प्रकाशवान र सुगन्धित भइरह्यो।

धर्मराएको वर्तमान
कांग्रेसमा ग्रहण त्यतिबेलादेखि सुरु भयो, जब कांग्रेसले परिवर्तनकारी विचार दृष्टिलाई आफ्नो शत्रु मान्न थाल्यो। कांग्रेस भन्नाले समग्र कांग्रेस कार्यकर्तालाई नमानेर कांग्रेसको मुल नेतृत्वलाई बुझ्नुपर्छ। २०६४ सालको निर्वाचनमा पछि परेको कांग्रेस सज्जन, निष्कलंक सभापति शुशील कोइरालाको वैचारिक र सैद्धान्तिक स्पष्टता, राजनैतिक निष्ठा अनि सादगीपूर्ण जीवनशैली र व्यवहारका कारण २०७० सालको निर्वाचनपश्चात् पहिलो पार्टीको रुपमा पुन: उदय भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो पार्टीमा रुपान्तरित भएतापनि सैद्धान्तिक रुपमा कांग्रेसलाई वर्ग शत्रुको रुपमा मान्दै आएका कम्युनिष्ट घटकहरू नेकपा एमाले, नेकपा माओवादी, जनमोर्चा, लगायतका दलहरूको संसद्‌मा बढ्दो उपस्थितिले गर्दा त्यो संक्रमणकालीन संसद्‌मा नेपाली कांग्रेसले भूमिका प्रभावकारी हुन सकेन। तर,  नेपालको संविधान जारी गर्न भने तत्कालीन प्रधानमन्त्री शुशील कोइराला सफल हुनुभयो।

संविधान जारी भएको केही समयपश्चात् सम्पन्न नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन अगाडि कोइरालको अनायास देहान्त भयो। कोइरालापश्चात् कार्यवाहक सभापति बनाइएका रामचन्द्र पौडेलको कमजोर नेतृत्व, संकुचित सोच र सङ्कीर्ण स्वभावका कारण नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले रथारोहण गरे। नेपाली कांग्रेसको इतिहासमै नभएको गुटको निर्माण र मलजल स्वयं सभापति देउवाले गर्नुभयो। नेपाली कांग्रेसका कार्यकर्तालाई गुटगत कार्यकर्तामा रुपान्तरण गर्नुभयो, जसको फलस्वरुप नेपाली कांग्रेस कमजोर हुँदै जान थाल्यो।

पार्टी कमजोर भएकाले निर्वाचन अगाडि नै कम्युनिस्ट घटकसँग चुनावी तालमेल गर्नुपर्ने अवस्था आयो। स्थानीय निर्वाचन २०७४ मा चितवनमा प्रचण्डपुत्री रेणु दाहालका लागि नेपाली कांग्रेसको लोकतन्त्रप्रतिको निष्ठालाई उहाँले नारायणी नदीको भेलमा बगाइदिनुभयो। 

सत्तालाई राम्रोसँग बुझेका प्रचण्डले स्थानीय निर्वाचनपश्चात् सरकारमा बसीबसी नेकपा एमालेसँग गठबन्धन गरेर नेपाली कांग्रेसलाई संसदीय हिसाबले फुच्चे बनाइदिनुभयो। आज कांग्रेस ठूलो पार्टी भएको छ। ठूलो पार्टीका रुपमा पाखुरा देखाउँदै गर्दा विचारणीय कुरा के छ भने हिजो २३ सिटमा खुम्चिएको कांग्रेस आज भर्खर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा धेरै ठूलो मान्न सकिँदैन।

नेतृत्वको लोभ, लालच, अहंकार, परिवर्तन बिरोधी सोच, शुभलाभप्रतिको आशक्ति, परिवार मोह, हुक्के, ढोके, चाकरिवाज नेता कार्यकर्ताप्रतिको अथाह विश्वास आदिले गर्दा वास्तविक नेपाली कांग्रेस नै हराइसकेको महसुस भएको छ। 

संघीय संसद्‌का १६५ सिटमध्ये ९१ सिटमा उमेदवारी दिएर ५४ सिटमा प्रतिस्पर्धात्मक विजय हासिल गरेको नेपाली कांग्रेसले समानुपातिकतर्फ समेत ठूलो संख्यामा मत गुमाएको छ। समानुपातिक सूची हेर्दै मत हाल्न जाँगर लागेर आउने खालको बनाइनुपर्थ्यो। चुनाव जित्न नसक्ने, जनाधार नभएका, परिवार र चाकरीबाजहरूलाई समानुपातिक सूचीमा राख्नाले मतदाताको ठूलो संख्या राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीतिर आकर्षित भएको तथ्यले देखाउँदैछन्।

जनताबाट बहिस्कृत नेकपा माओवादी, अनि कम्युनिस्ट आन्दोलनको मुलधारको रुपमा रहेको नेकपा एमालेसँग बिना कुनै सैद्धान्तिक मतभेद केवल मुनाफा र लाभका अवसरहरू नपाएको कारण चोइटिएर बनेको नेकपा एकीकृत समाजवादी र  मधेश आन्दोलनको रापबाट सिर्जित भएर मधेशमै दुर्नाम कमाएका लोसपाजस्ता शक्तिहरूलाई काँधमा बोकेर कांग्रेस निर्वाचनको महासंग्राम लड्न गएको थियो। कांग्रेसको 'महान नेतृत्व'लाई आमजनताहरूले दिएको गतिलो झापड हो आम निर्वाचन २०७९।

आफ्ना सबै नेता कार्यकर्ताहरूलाई संगठित एवम् एकबद्ध बनाएर आफ्ना सैद्धान्तिक आधार र धरातलमा उभिएर, नेपाली कांग्रेसभित्रका उदारचित्त भएका परिवर्तनकारी युवा सोच भएका सबैलाई समेटेर एक्लै निर्वाचन लडेको भए आज नेपाली कांग्रेसले एक्लै बहुमत हासिल गर्न सक्षम थियो। गिजोलिएको संसदीय राजनीतिको फोहोर आहालमा तैरिन सिपालु नेपाली कांग्रेसको मुल नेतृत्वले पुन: संसद्लाई अस्थिरतातिर धकेलेको छ। त्यही अस्थिरताको फाइदा उठाएर सात पटकसम्म प्रधानमन्त्री बन्ने ज्योतिषीको भविष्यवाणी सफल तुल्याउन सक्रिय छ। यसले तमाम नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको भविष्यलाई अन्यौलग्रस्त बनाइदिएको छ।

अत्यासलाग्दो आगत
२०४६ सालमा १६ वर्ष पुगेर पञ्चायती शासकबिरुद्ध लडेको युवा आज ५० वर्षको हाराहारीमा पुगिसकेको छ। नेपाली कांग्रेसभित्र अझै पनि यो ५० वर्षको हाराहारिमा पुगेको पुस्ता आफूलाई युवा कहलाउने परिस्थितिमा छ। यी ५० वर्षे युवाहरूको पीडा र कष्ट देखेर वास्तविक युवा भनेका त नेपाली कांग्रेसमा जन्मिन नै डराउन थाल्ने अवस्था आएको छ। कुनैपनि संगठन नयाँ पुस्ता र पुराना पुस्ताबीचको सन्तुलनमा टिकेको हुन्छ तर, नेपाली कांग्रेसमा युवा पुस्ताले सन्नतुलन हीनतामा श्वास फेर्नुपर्ने बाध्यता छ। 

अब निर्वाचन सकियो, निर्वाचनमा हार जित के भयो, त्यो कोट्याउने अवस्था छैन र कोट्याउनु पनि हुँदैन। तर, अब नेपाली कांग्रेसले युवालाई साथमा हिँडाउने सोचलाई अगाडि बढाउनु जरुरी छ। नयाँ मतदातालाई आकर्षण गर्न नसकेमा नेपाली कांग्रेसको भविष्य प्रजापरिषद् जस्तो वा अझै राम्रो उदाहरण भारतीय राष्ट्रिय कांग्रेस जस्तो भएर इतिहासका पानाहरूमा मात्रै सीमित हुनसक्छ।

युवा सोचलाई जगेर्ना गर्न सक्ने, युवा मष्तिस्कलाई आकर्षित गर्न सक्ने, विश्व सुहाउँदो बिकासलाई संस्थागत गर्न सक्ने, संस्कृति र परम्परालाई आत्मसात गर्दै हाम्रो समाजलाई अस्थिरताबाट मुक्त गराउन सक्ने, युगान्तकारी परिवर्तनलाई घर-घरमा पुर्‍याउन सक्ने वैचारिक स्पष्टता भएको नेतृत्वलाई स्थापित गराउन सक्ने नेतालाई संसदीय दलको नेता बनाउन सक्नुपर्छ। 

आम निर्वाचन २०७९ले नेपालमा फुटेकै अवस्थामा पनि कम्युनिस्टहरूको बाहुल्यता देखिएको छ। अब गरिने गल्तिले नेपाली प्रजातन्त्रलाई भीरबाट खसाल्ने काम गर्छ भन्ने कुरा नेपाली कांग्रेसका निर्वाचित जनप्रतिनीधिहरूले बुझ्नुपर्छ। उनीहरूले नेपाली कांग्रेसका गाउँ-शहरका कार्यकर्ताहरूले बुझेर आगामी कदम चाल्नु आवश्यक छ।

विगतमा सबैले गलत भनेका, गलत ठम्याएका क्रियाकलापहरूलाई पुन: कुनै लोभ, लालचमा परेर वा गुट उपगुटको स्वार्थमा परेर निरन्तरता दिन थाले भने आज त लाभ पुग्ला। तर, भविष्य भने अन्धकार छ। त्यसैले कांग्रेसले हिजो गरेका गल्तिहरूलाई सच्याउनुपर्छ। यसका लागि नेतृत्वलाई सच्याउनु जरुरी छ।

गर्वलाग्दो विगत रहेको कांग्रेसको कहालीलाग्दो आगत देखिन्छ। त्यसबाट कांग्रेसलाई मुक्त गर्न संसदीय दलको नेताका रुपमा ऊर्जावान् नेतालाई निर्वाचित गर्नुपर्छ। विभिन्न निर्वाचन क्षेत्रबाट जितेर आउने सांसदले संसदीय दलमा आफ्नो मत आफूलाई निर्वाचित गर्ने पार्टीकै भविष्‍यका लागि दान गर्नुपर्ने बेला आएको छ। सोच्ने अवस्था आएको छ- गर्वलाग्दो विगत रोज्ने कि कहालीलाग्दो आगत?

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  २०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्