• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नयाँ सरकारबारे निजी क्षेत्रको अपेक्षा– राजनीतिक भागबण्डा होइन, समृद्धि हासिल गर्ने नेतृत्व आवस्

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १६, २०७९  १५:५८
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर देशभरको मतपरिणामको टुंगो लाग्दै गर्दा आम चासोको विषय बनेको छ– अब सरकार कसको बन्छ? 

चुनावी परिणामअनुसार प्रतिनिधि सभामा दलहरुको संख्या बढेको छ। मतदाताले कुनै एउटा दललाई स्पष्ट बहुमत दिएका छैनन्। निर्वाचन क्षेत्रको बाँडफाँट नै गरेर चुनावमा गएको सत्ता गठबन्धनले पनि सरकार गठन गर्नका लागि स्पष्ट बहुमत पुर्‍याउन सक्ने अवस्था छैन, हालसम्मको चुनावी नतिजाअनुसार। 

चुनावपछि पनि स्थिर सरकार नबन्ने देखिएपछि देशको समग्र अर्थतन्त्र र आर्थिक विकासलाई लिएर चिन्ता व्यक्त हुन थालेको छ। अबको समय पनि राजनीतिक अस्थिरता र खिचातानी मै बित्ने हो कि? भन्ने चिन्तामा निजी क्षेत्र पनि छ। 

नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले सबै नेपालीहरुको आर्थिक समृद्धि चाहेकाले मुलुकमा समृद्धि ल्याउन सक्ने नेतृत्व सरकारमा आउनुपर्ने धारणा राखे। उनले अहिलेसम्म सबै राजनीतिक दलहरुले आर्थिक अजेन्डा बोके पनि त्यस्तो अजेन्डा लोकप्रियता कमाउनको लागि मात्रै प्रयोग हुने गरेको सुनाए। 

अब बन्ने सरकारले राजनीतिक भन्दा पनि आर्थिक अजेन्डालाई ध्यान दिएर आफ्ना लक्ष्य र उद्देश्यहरु तय गर्नुपर्ने गोल्छाको भनाइ छ।  विशेष गरेर अर्थतन्त्रको वर्तमान संकटलाई समाधान गरी दिगो आर्थिक विकासका लक्ष्यहरु हासिल गर्नसक्ने सरकार बन्नुपर्ने गोल्छाको भनाइ छ। संकटमा रहेको अर्थतन्त्रलाई सम्हाल्ने र अर्थतन्त्रलाई सवल बनाउनसक्ने नेतृत्व सरकारमा आउनेमा निजी क्षेत्र आशावादी रहेको गोल्छाले सुनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपाली जनताले चाहेकको मुलुकको समृद्धि हो। अब बन्ने सरकारले मुलुकमा कसरी समृद्धि प्राप्त गर्न सकिन्छ भनेर निजी क्षेत्रसँग सहकार्य बिना सम्भव छैन,’ उनले भने, ‘मुलुकमा समृद्धि प्राप्त गर्नसक्ने नेतृत्व सरकारमा आउनुपर्छ भन्ने विश्वास छ।’

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजनतिक अजेन्डालाई भन्दापनि आर्थिक अजेन्डा प्राथमिकता दिने नेतृत्व सरकारमा आउनुपर्ने बताए। उनले चुनावको परिणामले एउटा पार्टीको सरकार बन्नसक्ने अवस्था नदेखिएकाले मिलिजुली सरकार भए पनि आर्थिक स्थायित्व दिनसक्ने नेतृत्वको सरकार बन्नुपर्ने बताए।  राजनीतिक पार्टीका फरक–फरक धारणा भए पनि आर्थिक अजेन्डामा सबै दलका नेताहरुको एउटै धारणा भएको सरकार आउनु आवश्यक रहेको मल्लको भनाइ छ। 

‘अहिले निर्वाचनको परिणाम आउँदैछ। कुनै पनि एउटा पार्टीको बहुमतको सरकार बन्ने देखिएन। निजी क्षेत्र के चाहन्छ भने नयाँ बन्ने सरकार मिलिजुली भए पनि आर्थिक स्थायित्व दिने हुनुपर्छ ’ उनले भने ‘जनतालाई सेवा सुविधा दिने विषयमा सहज सरल बनाउन सकोस्। राजनीतिक पार्टीका फरकफरक धारणा भएपनि आर्थिक अजेन्डामा सबै दलका नेताहरुको एउटै धारणा भएको सरकार आउनुपर्छ भन्ने धारणा राख्दछु।’

Xtrem
Xtrem

त्यस्तै, उद्योगी तथा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले दिगो आर्थिक विकास गरी देश र जनताको लागि काम गर्ने सरकार आउन आवश्यक रहेको बताए। 

उनले अब बन्ने सरकार राजनीतिक भागबण्डालाई छाडेर देश बनाउने अजेन्डामा केन्द्रित बन्नुपर्ने बताए।  अध्यक्ष गोल्यानले ५ वर्षमा देशको माटो सुहाउँदो र आर्थिक विकासमा सहज हुने नीति बनाउनसक्ने नेतृत्व सरकारमा आउनुपर्ने बताए।  उनले नेपालका राजनीतिक दलहरुले सोचमा परिर्वतन गर्न आवश्यक भएको पनि बताए। 

‘अब बन्ने सरकारको पहिलो अजेन्डा नै आर्थिक अजेन्डा हुनुपर्छ। अब राजनीतिक भागबण्डा र राजनीतिलाई छाडेर देश बनाउने अजेन्डामा केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘देशको माटो र नेपाली जनता सुहाउँदो नीति आउनुपर्‍यो। सानो देश भएकाले ५ वर्षमा देशको माटो सुहाउँदो नीति बनाउन सक्छौं।’  

गोल्यानले अब बन्ने नयाँ सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएर कृषिलाई सबैभन्दा बढी नाफामूलुक उद्योग बनाउनसक्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताए।  उनले पर्यटन विकासका लागि भौतिक संरचना बनाउन लगानी बढाउनुपर्ने बताए।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
तीन वटा संसदीय समितिको बैठक बस्दै
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्