काठमाडौं– पूर्वविश्व च्याम्पियन स्पेनसँग पहिलाे हाफमा एक गाेलले पछाडि परेकाे नतिजा उल्टाउँदै एसियाली फुटबलकाे ‘सुपरहाउस’ जापान कतारमा जारी विश्वकपकाे अन्तिम १६ मा प्रवेश गरेकाे छ।
दाेस्राे हाफकाे ६ मिनेटभित्र जापानले २ गाेल गर्दै स्पेनलाई मात्र हाेइन, ४ पल्टकाे विश्व च्याम्पियन जर्मनीलाई पनि स्तब्ध पार्याे। समूह ‘इ’ अन्तर्गत बिहीबार राती भएकाे अर्काे खेलमा जर्मनीले ४–२ गाेलले काेस्टारिकालाई पराजित गरे पनि अन्तिम १६ मा प्रवेश पाउन सकेन।
जापान समूह विजेता बन्दै नकआउटमा प्रवेश गरेकाे हाे। उसले समूह चरणकाे खेलमा जर्मनीलाई पनि २–१ गाेलले पराजित गरेकाे थियाे। बिहिबार समूह चरणकाे अन्तिम खेलमा स्पेनलाई पनि उसले २–१ गाेलले नै स्तब्ध पार्याे।
जापानकाे जितमा रित्सु दाेवान र आवाे तानाका हिराे सावित भए। दाेस्राे हाफपछि अतिरिक्त खेलाडीकाे रुपमा मैदान प्रवेश गरेका रित्सुले ४८ मिनेटमा गाेल गर्दै पहिलाे हाफमा स्पेनले बनाएकाे एक गाेलकाे अग्रतालाई बराबरी गरेका थिए।
स्पेनका लागि अल्भाराे माेराटाले ११ मिनेटमा गाेल गरेका थिए। जापानका लागि तानाकाले ५१ मिनेटमा अर्काे गाेल थपे। स्पेनले बाँकी ४० मिनेटमा गाेल फर्काउन सकेन।
जापानसँग पराजित भए पनि स्पेन अधिक गाेल गरेकाे आधारमा अन्तिम १६ मा प्रवेश गरेका छ। स्पेन र जर्मनीले बराबरी ४ अंक जाेडे पनि स्पेनले विपक्षी टाेलीविरुद्ध ९ गाेल गरेकाे थियाे। त्यसैले उ उपविजेता हुँदै दाेस्राे चरणमा प्रवेश गर्याे। जर्मनीले विपक्षी टाेलविरुद्ध ६ गाेलमात्र सम्भव बनायाे।
बिहीबारकाे खेलमा जर्मनीका लागि १० मिनेटमा सर्जे नाब्रीले गाेल गर्दै पहिलाे हाफमा अग्रता दिलाएका थिए। तर दाेस्राे हाफकाे खेल सुरु भएकाे ७० मिनेटभित्र दुई गाेल फर्काउदै काेस्टारिका खेलमा फर्किएकाे थियाे। उसका लागि यात्सीन तेजेडाले ५८ मिनेटमा र हुँवा पाब्लाे भार्गसले ७० मिनेटमा गाेल गर्दै अग्रता दिलाएका थिए।
तर काेस्टारिकाकाे अग्रता धेरै समय कायम रहेन। थाेमस मुलरकाे स्थानमा ६७ मिनेटमा मैदान प्रवेश गरेका काइ हाभर्टले ७३ मिनेटमा गाेल फर्काउदै खेल पुन: २–२ गाेलकाे बराबरीमा ल्याएका थिए। हाभर्टले मैदान प्रवेश गरेकाे ६ मिनेटभित्रै बराबरी गाेल गरेका थिए।
उनले ८५ मिनेटमा अर्काे गाेल थपेपछि जर्मनीले ३–२ काे अग्रता लिएकाे थियाे। ८९ मिनेटमा निक्लास फुलक्रुगले चाैथाे गाेल थपेका थिए। जर्मनी २०१८ काे विश्वकपमा पनि पहिलाे चरणबाटै बाहिरिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।