• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
मलेठ घटना छानबिनका लागि प्रदेश २ सरकारद्वारा गठित समितिले काम सुरु गर्यो, सञ्चारकर्मीसँग छलफल
64x64
नेपाल लाइभ मंगलबार, साउन २२, २०७५  ०३:४५
1140x725

राजविराज– डेढ वर्षअघि सप्तरीको मलेठमा ५ जनाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्न प्रदेश २ को सरकारद्वारा गठित समितिले काम सुरु गरेको छ।

प्रदेश सरकारको साउन ७ गते बसेको बैठकले छानबिनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोकत्वमा ३ सदस्यीय मन्त्रीस्तरीय समिति गठन गरेको थियो।

समितिले सोमबार सप्तरीका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरी घटनाको जानकारी लिएको छ। सञ्चारकर्मीले घटनाको विषयमा आ–आफुले देखेका विषय जानकारी गराउँदै प्रतिवेदनलाई तोडमोड नगरी सत्यतथ्य सार्वजनिक गर्न समिति समक्ष आग्रह गरेका छन्।

घटनाको छानबिन गर्न संघीय सरकारद्वारा गठित समितिले यथार्थ विषय बंग्याएर एकतर्फी प्रतिवेदन सार्वजनिक गरेको केही पत्रकारहरुले आरोप लगाएका थिए।

प्रशासन र प्रदर्शनकारी दुवै पक्ष संयमित हुन नसक्दा घटना घटेको र प्रहरी/प्रशासन आवश्यकता भन्दा बढी उत्तेजित भएर गोली चलाउँदा ५ जनाको ज्यान गएको उनीहरुको भनाइ थियो। ‘एमालेको कार्यक्रम लगभग अन्त्य भइसकेपछि प्रहरीले एक्कासी गोली चलायो’, केही सञ्चारकर्मीहरुले भने, ‘जबकी गोली चलाउनु पर्ने अवस्था नै थिएन।’

समितिलाई सञ्चारकर्मीको प्रश्न

संयोजक यादव, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह र सामाजिक विकास मन्त्री नवलकिशोर साहसहितको छानबिन टोलीलाई सञ्चारकर्मीहरुले ‘मलेठ घटनाको मात्रै छानबिन किन’ भन्दै प्रश्न गरेका थिए।

मधेश आन्दोलनका क्रममा सप्तरीदेखि पर्सासम्म विभिन्न ठाउँमा आन्दोलनकारी तथा प्रहरी मारिए पनि प्रदेश सरकार मलेठ घटनामा मात्रै केन्द्रित भएको विषयमा उनीहरुले जिज्ञासा राखेका थिए। ‘मधेश आन्दोलनमा सप्तरीमै भारदह, रुपनीलगायतका ठाउँमा प्रदर्शनकारीहरु मारिएका छन्। महोत्तरीमा आन्दोलनकारीले नै सुरक्षाकर्मी थमन विकको हत्या गरेका थिए।’, सञ्चारकर्मी हेमशंकर सिंहले प्रश्न गरे, ‘तर ति कुनै पनि घटनामा छानबिनको कुरा किन उठेन?’

Ncell 2
Ncell 2

समितिका संयोजक यादवले मलेठ आन्दोलनमा संघीय सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा जनताले असन्तुष्टि जनाएको र विभिन्न ठाउँमा आन्दोनलनसमेत सुरु भएपछि यथार्थ विवरण जनता समक्ष पुर्याउन मलेठ घटनाको छानबिन गर्न लागिएको बताए।

अन्य ठाउँमा भएका घटना सरकार र सर्वसाधारण दुवै पक्षले स्विकारी सकेकाले छानबिन गर्नुपर्ने अवस्था नआएको भन्दै उनले आवश्यकता देखिए अन्य घटनाको पनि प्रदेश सरकारले छानबिन गर्ने प्रतिवद्धता जनाए।

छानबिनको प्रतिवेदन सार्वजनिक भएपछि दोषी देखिएकालाई सरकारले कारबाही गर्ने समेत यादवले बताए।

shivam cement

shivam cement

तत्कालिन एमालेले छलफलमा बस्न मानेन

छानबिन समितिले सोमबार नै तत्कालीन नेकपा एमालेका नेताकार्यकर्तासँग पनि छलफलको प्रयास गरेको थियो। तर सप्तरीका सिडिओ सुरेन्द्र पौडेलको निवासमा बोलाइएको छलफलमा एमालेका नेता÷कार्यकर्ता भने उपस्थित भएनन्।

आफूहरुको अनिच्छाका कारण छलफल नभएको नेता गोविन्द न्यौपानेले जानकारी दिए। ‘उद्देश्य राम्रै भएपनि यो समिति स्वतन्त्र छैन।’, उनले भने, ‘आन्दोलनको एक पक्ष रहेको तत्कालिन लोकतान्त्रिक मधेशी मोर्चाकै नेता÷कार्यकर्ता सदस्य रहेको समितिसँग छलफल गर्न हामीले इच्छा देखाएनौं।’

प्रदेश सांसद तथा तत्कालिन एमालेका जिल्ला अध्यक्ष न्यौपानेले स्वतन्त्र रुपमा समिति गठन भए आफूहरु जुनसुकै समयमा छलफल तथा अन्तरक्रियाका लागि तयार रहेको जिकिर गरे। 

के छ राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा?

मलेठ घटनाबारे अध्ययन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन मानवअधिकार आयोगले गत साउन ४ गते सार्वजनिक गरेको थियो।

प्रतिवेदनमा ‘फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरीत औद्योगिक क्षेत्रमा सभा गर्ने एमाले, त्यसलाई जुन मूल्य चुकाएर भए पनि हुन नदिने वा बिथोल्न कटिबद्ध भई त्यहाँ जाइलाग्ने प्रदर्शनकारीहरुको अगुवाई गर्ने सप्तरी जिल्लाको मधेसी मोर्चा नै मुख्य दोषी रहेको’ उल्लेख छ।
दुवै पक्षबाट सुरक्षा निकाय र प्रशासनलाई निरीह बनाइएको र कार्यक्रम स्थलमा केपी शर्मा ओलीले बोल्दै गर्दा मोर्चाका कार्यकर्ताहरु आक्रोशित भई पर्खाल नाघेर कार्यक्रम स्थलमै प्रवेश गर्न खोज्दा तैनाथ सशस्त्र प्रहरीले गोली चलाएको उल्लेख छ।

यसैगरी, प्रहरीले चलाएको गोली लागि ३ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको, केही घाइते भएका र केही घाइतेको शरीरमा अहिले पनि गोली रहेको बताइएको छ।
 
२०७३ फागुन २३ मा तत्कालीन नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा मलेठमा आयोजित सभाको विरोधमा उत्रिएका तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  ०३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुलुक प्रधानमन्त्रीले नभई बिचौलियाहरुले चलाइरहेछन् : उपेन्द्र यादव
गीत बजाएको आरोपमा १४ जना पक्राउ
कावासोतीमा मोटरसाइकल दुर्घटनामा परी दाजुभाइको मृत्यु
सम्बन्धित सामग्री
कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर तर उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन्। यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति जनता माव... शनिबार, वैशाख २७, २०८२
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात्... शनिबार, वैशाख २७, २०८२
आजदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’ हुँदै सशक्तीकरण अभियानमार्फत कर्णालीका छोरीहरूलाई सचेत, सबल, सक्षम तथा आत्मनिर्भर बनाउनका साथै कर्णालीका छोरीहरूको व्यक्तित्व विकासमा सघाउ... शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
मुलुक प्रधानमन्त्रीले नभई बिचौलियाहरुले चलाइरहेछन् : उपेन्द्र यादव शनिबार, वैशाख २७, २०८२
गीत बजाएको आरोपमा १४ जना पक्राउ शनिबार, वैशाख २७, २०८२
कावासोतीमा मोटरसाइकल दुर्घटनामा परी दाजुभाइको मृत्यु शनिबार, वैशाख २७, २०८२
भ्रष्टाचार गर्नकै लागि विमानस्थल बनाइयो: राजेन्द्र लिङ्देन शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्धविराम शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्