• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सत्ता-गठबन्धनको बहुमत पुग्न कठिन, नयाँ कुन दल समेटिएला?

64x64
नेपाल लाइभ बुधबार, मंसिर १४, २०७९  १४:३०
1140x725

काठमाडौं- सत्ता-गठबन्धनकै सरकार बन्ने देखेर नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्रीका लागि लबिङ गर्न थालिसकेका छन्। तर समानुपातिकको मतगणना अन्तिमतिर पुग्दै गर्दा सत्ता-गठबन्धनमा सामेल दलहरुकै स्पष्ट बहुमत पुग्ने देखिँदैन।

गणना बाँकी झन्डै ९ लाख मत यही अनुपातमा आउने हो भने नेपाली कांग्रेसले समानुपातिकमा ३२ सिट पाउनेछ। प्रत्यक्षमा ५४ जित र एक अग्रता गरी ५५ हुनसक्ने देखिन्छ। कांग्रेसले दुवै तर्फबाट गरी ८७ सिट ल्याउनेछ। 

गठबन्धनको अर्को दल माओवादी केन्द्रले प्रत्यक्षमा १७ सिट जितेको छ। समानुपातिक बढीमा १४ पाउने देखिन्छ। जम्मा ३१ सिट माओवादी केन्द्रको भागमा पर्नेछ। 

यसैगरी एकीकृत समाजवादीले १० सिट प्रत्यक्षमा जितेको छ। यही अनुपातमा मत आउँदा राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिँदैन। त्यसैले समानुपातिकमा भाग पाउने छैन। 

अहिलेको परिस्थितिअनुसार तीन ठूला दलको मत जोड्दा जम्मा १ सय २८ पुग्छ। २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सिट चाहिन्छ।

लोकतान्त्रिक समाजवादी पार्टीले जितेको ४ र राष्ट्रिय जनमोर्चाको एक सिट जोड्दा गठबन्धनको जम्मा १ सय ३३ सिट हुन्छ। चुनाव र मतगणना हुन बाँकी तीन क्षेत्र समेत सत्ता-गठबन्धनले नै जित्दा १ सय ३६ पुग्छ। 

अझै दुई सिट अभाव हुने भएकाले गठबन्धन बाहिर रहेका साना दल वा स्वतन्त्र रुपमा जितेका केहीलाई समावेश गर्नुपर्ने हुन्छ। स्वतन्त्र सबै फरक पृष्ठभूमिका भएकाले गठबन्धन बलियो बनाउन कुनै एक दललाई समावेश गर्नुपर्ने देखिन्छ। 

एमाले बाहेकका दलहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी ७ प्रत्यक्ष र १४ समानुपातिक गरी सम्भवत: २१ सिटसहित संसद्मा हुनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ प्रत्यक्ष र त्यही हाराहारीमा समानुपातिक पाउनेछ। जनता समाजवादी पार्टीले ७ प्रत्यक्ष र ५ जति समानुपातिकमा ल्याउनेछ।

nimb
nimb

यसैगरी जनतमत पार्टी १ स्वतन्त्र र ४ समानुपातिक गरी पाँच सिटसहित संसद्मा उपलब्ध हुनेछ भने नागरिक उन्मुक्ति पार्टी ३ र एक स्वतन्त्र प्रतिनिधि सभामा आइपुगेको छ। 

यी सबैमध्ये कुनै एक पार्टी नै सत्ता-गठबन्धनको सरकार जोगाउन प्रशस्त हुनेछ। सत्ता-गठबन्धनले अनुकुल पार्टी खोज्नेछ। खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीले 'पूर्व प्रधानमन्त्रीकै नेतृत्वमा सरकारमा नजाने' भनिसकेकाले दलका शिर्ष नेताहरु कसरत नै गर्ने छैनन्। राप्रपालाई एमालेले साथ दिएर चुनाव जित्न सघाएकाले पहिलो प्रयास त्यतातिर हुने देखिँदैन। जसपाले चुनावकै मुखमा गठबन्धन छाडेकाले पुनर्मिलनको सम्भावना कम छ। 

यस्तो अवस्थामा दुई पार्टी र एक स्वतन्त्र समूह केही सजिलो गरी उपलब्ध हुनेछन्। सुदूरपश्चिमको कैलालीको तीन र बर्दियाको एउटा क्षेत्रमा स्वतन्त्र जिताएको नागरिक उन्मुक्ति पार्टी सत्ता-गठबन्धनको पहिलो रोजाइमा परेको छ।

गठबन्धनले जेलमा रहेका उक्त पार्टीका नेता रेशम चौधरीसँग संवाद समेत अघि बढाइसकेको छ। चौधरीको जेलमुक्ति तथा प्रतिवेदन सार्वजनिक मुख्य अजेन्डा बनाएको पार्टीसँग त्यहीअनुसार डिल गर्नुपर्ने हुन सक्छ। 

उक्त पार्टी सत्तामा सहभागी हुँदा सत्ता-गठबन्धनलाई सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पनि सरकार बनाउने लाभ हुने देखिन्छ। त्यसकारण पहिलो प्रयास उक्त पार्टीलाई समेट्नका लागि गरिने देखिन्छ। 

दोस्रो तराईबाट उदाएको जनमत पार्टी हो। उक्त पार्टीसँग पनि सत्ता-गठबन्धनका नेताहरुले निकटता बढाएका छन्। मधेश प्रदेश सरकारसहितको डिल उक्त पार्टीले गर्ने देखिन्छ।

जनमतका नेताहरुका अनुसार जुन पक्षसँग गठबन्धन गर्दा पनि मधेश प्रदेशको नेतृत्वको दावी रहनेछ। तर यसपल्ट ठूला दल आफैंले मधेशको नेतृत्व लिने प्रयास गर्ने भएका कारण त्यसमा सहमति हुने सम्भावना न्यून देखिन्छ। 

अर्को, चुनावको अघिल्लो दिन एमाले छाडेको प्रभु साहको समूह हो। उक्त समूहले दुई सिट जितेको छ। प्रभु समूहलाई ल्याउँदा पनि गठबन्धनको बहुमत भने पुग्छ। 

एमाले सरकारको सम्भावना कति?
नेपाली राजनीतिमा असम्भव भन्ने केही देखिँदैन। पाँच वर्षअघि जम्मा ६३ सिट पाएको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाएको घटनाले आगामी पाँच वर्षका लागि कुनै सम्भावनालाई खारेज गर्न मिल्दैन। 

हाल सत्ता-गठन्धनमा रहेका दल बाहेकलाई जोड्दा बहुमत बाहिरै छ तर बाहिर रहेकाहरुमा समस्या छ। एमालेले नेतृत्व गर्न पाउँदा प्रधानमन्त्रीका लागि अध्यक्ष केपी शर्मा ओली नै अघि सर्नेछन्। उनी अघि सर्दा राष्ट्रिय स्वतन्त्र पार्टी पछि हट्ने निश्चित छ। किनभने, उक्त पार्टीका सभापति रवि लामिछानेले भनिसकेका छन्, 'पूर्वप्रधानमन्त्रीहरुको नेतृत्वमा सरकारमा जाँदैनौं।'

ओली नेतृत्वमा जान नचाहने अर्को समूह प्रभु साहको हो। उनले ओलीसँग सम्बन्ध सुमधुर हुन नसकेकै कारण चुनावको मुखमा एमाले छाडेका हुन्। 

यी समस्या राम्रोसँग केलाएरै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर पुनर्मिलनको प्रस्ताव गरेका हुन्। तर प्रचण्डले अहिल्यै यो गठबन्धनबाट निस्किने संकेत गरिरहेका छैनन्। 

कांग्रेसमा सरकारको नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठिरहेको छ। यदि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेतामा पराजित भएर महामन्त्री गगन थापाले जितेमा सत्ता समीकरणमा फेरबदल आउन सक्छ। राजनीतिमा भएको पुस्तान्तरण स्वीकार्न नसक्ने अवस्थामा प्रचण्डले ओली स्वीकार्न सक्ने आकलन भने गरिँदैछ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्