• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

रुपन्देहीमा कांग्रेसको शक्ति ६ महिनामै तहसनहस

64x64
प्रतिक पौडेल बुधबार, मंसिर १४, २०७९  २०:४०
1140x725

बुटवल- गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस रुपन्देहीमा पहिलो दल बन्यो। स्थानीय निर्वाचनमा कांग्रेसले रुपन्देहीका १६ वटा पालिकामध्ये १० वटामा जित निकालेको थियो।

२०७४ सालको स्थानीय निर्वाचनमा ७ वटा पालिकामा जितेको नेकपा एमाले यस पटक २ वटामा मात्र विजयी भएको थियो। २०६४ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले ५ मध्ये ३ वटा क्षेत्र जितेको थियो भने २ वटामा एमालेले जितेको थियो। 

नेपाली कांग्रेस यस पटकको स्थानीय निर्वाचनमा रुपन्देहीमा शक्तिको रुपमा उदाएको थियो। तर त्यो शक्ति ६ महिनामै तहसनहस भयो। स्थानीय तह निर्वाचन भएको ६ महिना बित्दा नबित्दै प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस रुपन्देहीमा प्रत्यक्षतर्फ 'क्लिन स्विप' भएको छ। 

नेपाली कांग्रेस रुपन्देहीमा क्लिन स्विप हुनुको कारण मतदाता कम भएर भने होइन। समानुपातिक मत हेर्ने हो भने कांग्रेसले ९१ हजार ५ सय ३४ मत ल्याएर पहिलो दल बनेको छ। कांग्रेसलाई पछ्याएको एमालेले ७८ हजार ३ सय ५९ मत ल्याएको छ। तेस्रोमा रहेको छ ६६ हजार १ सय ७९ ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी। 

मतदाता सबैभन्दा धेरै भएको दल किन पछारियो त रुपन्देहीमा? अहिले जिल्लामा यो विषय चर्चामा रहेको छ। नेपाली कांग्रेसले रुपन्देहीमा शक्ति आर्जन गरेको ६ महिना पनि टिकाउन नसक्नुको मुल कारण कांग्रेस भित्रकै अन्तरकलह र सांगठनिक कमजोरी भएको स्थानीय नेताहरु बताउँछन्।

Ncell 2
Ncell 2

समाजशास्त्री उमेशचन्द्र रिजाल भन्छन्, 'पुराना त्यागी कार्यकर्ताहरुलाई साथमा लिएर हिँड्न नसक्नु, संगठन परिचालनमा कमजोर हुनु, सबैलाई मिलाएर लैजान नसक्नु लगायत कारणले नेपाली कांग्रेस रुपन्देहीमा शून्य भएको हो।'  

पार्टीका अधिवेशनहरुमा केन्द्रीय नेता हावी हुँदा विवाद बढ्नु, बढेको विवाद साम्य पार्नुको सट्टा पन्छाएर लैजानु, जिल्लाका केन्द्रीय नेता सीमित घेराबन्दीमा रमाउनु, विगतमा पार्टी छोडेर हिँडेकालाई अघि बढाएर हिँड्नु र निर्वाचनमा आफूले आफैंलाई हराउन भूमिका खेल्नुले रुपन्देहीमा कांग्रेसको पराजय भएको एक स्थानीय नेता बनाउँछन्। 

पहिले कांग्रेसले जितेको क्षेत्र रुपन्देही- ४ र ५ मा यस पटक पराजित हुनुको मुल कारण पहिला जितेर गएका उम्मेद्वार दोहोरिन खोज्दा अलोकप्रिय हुनु र उम्मेदवारको अहं मुख्य रहेको स्थानीय कार्यकर्ताको दावी छ। 

गत स्थानीय निर्वाचनमा सिङ्गो बुटवल उपमहानगरपालिकामा बर्चश्व जमाए पनि गठबन्धनका कारण प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस रुपन्देही- २ उम्मेदवारविहीन भयो। राजनीतिक विश्लेषक डा बुद्ध थापा भन्छन्, 'नेपाली कांग्रेसबाटै बलियो उम्मेदवार दिन सकेको भए रुपन्देही- २ जित्ने बलियो सम्भावना थियो।' 

रुपन्देही- ३ मा गृहमन्त्री बालकृष्ण खाँणले नै पराजय भोग्नुपर्यो। यसको मुल कारण गृहमन्त्रीको कार्यशैली र अन्तरकलह नै बढी देखिएको छ। रुपन्देहीमा नेपाली कांग्रेस मात्र होइन, कांग्रेस नेतृत्वको गठबन्धन नै सफल हुन सकेन। रुपन्देही- २ मा गठबन्धनका सबै उम्मेदवारले हार ब्यहोर्नुपर्यो भने रुपन्देही- १ मा गठबन्धनको सहयोगमा उठेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पनि हार्नुपर्यो। 

यसको प्रमुख कारण पनि नेपाली कांग्रेस भित्रको अन्तरकलह नै हो। स्थानीय स्तरमा भएका चर्चा अनुसार यी दुई क्षेत्रमा नेपाली कांग्रेसका आफ्नै आकांक्षी रहेको र उनीहरु उठ्न नपाएपछि पार्टीले समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप छ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  २०:४०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी... शनिबार, माघ १०, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक... शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम... शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
महिला टी–२० विश्वकप छनोट, स्कटल्यान्डसँग आज निर्णायक खेल सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
यस्तो रहनेछ देशभरको मौसम सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्