• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

रुपन्देहीमा कांग्रेसको शक्ति ६ महिनामै तहसनहस

64x64
प्रतिक पौडेल बुधबार, मंसिर १४, २०७९  २०:४०
1140x725

बुटवल- गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस रुपन्देहीमा पहिलो दल बन्यो। स्थानीय निर्वाचनमा कांग्रेसले रुपन्देहीका १६ वटा पालिकामध्ये १० वटामा जित निकालेको थियो।

२०७४ सालको स्थानीय निर्वाचनमा ७ वटा पालिकामा जितेको नेकपा एमाले यस पटक २ वटामा मात्र विजयी भएको थियो। २०६४ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले ५ मध्ये ३ वटा क्षेत्र जितेको थियो भने २ वटामा एमालेले जितेको थियो। 

नेपाली कांग्रेस यस पटकको स्थानीय निर्वाचनमा रुपन्देहीमा शक्तिको रुपमा उदाएको थियो। तर त्यो शक्ति ६ महिनामै तहसनहस भयो। स्थानीय तह निर्वाचन भएको ६ महिना बित्दा नबित्दै प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस रुपन्देहीमा प्रत्यक्षतर्फ 'क्लिन स्विप' भएको छ। 

नेपाली कांग्रेस रुपन्देहीमा क्लिन स्विप हुनुको कारण मतदाता कम भएर भने होइन। समानुपातिक मत हेर्ने हो भने कांग्रेसले ९१ हजार ५ सय ३४ मत ल्याएर पहिलो दल बनेको छ। कांग्रेसलाई पछ्याएको एमालेले ७८ हजार ३ सय ५९ मत ल्याएको छ। तेस्रोमा रहेको छ ६६ हजार १ सय ७९ ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी। 

मतदाता सबैभन्दा धेरै भएको दल किन पछारियो त रुपन्देहीमा? अहिले जिल्लामा यो विषय चर्चामा रहेको छ। नेपाली कांग्रेसले रुपन्देहीमा शक्ति आर्जन गरेको ६ महिना पनि टिकाउन नसक्नुको मुल कारण कांग्रेस भित्रकै अन्तरकलह र सांगठनिक कमजोरी भएको स्थानीय नेताहरु बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

समाजशास्त्री उमेशचन्द्र रिजाल भन्छन्, 'पुराना त्यागी कार्यकर्ताहरुलाई साथमा लिएर हिँड्न नसक्नु, संगठन परिचालनमा कमजोर हुनु, सबैलाई मिलाएर लैजान नसक्नु लगायत कारणले नेपाली कांग्रेस रुपन्देहीमा शून्य भएको हो।'  

पार्टीका अधिवेशनहरुमा केन्द्रीय नेता हावी हुँदा विवाद बढ्नु, बढेको विवाद साम्य पार्नुको सट्टा पन्छाएर लैजानु, जिल्लाका केन्द्रीय नेता सीमित घेराबन्दीमा रमाउनु, विगतमा पार्टी छोडेर हिँडेकालाई अघि बढाएर हिँड्नु र निर्वाचनमा आफूले आफैंलाई हराउन भूमिका खेल्नुले रुपन्देहीमा कांग्रेसको पराजय भएको एक स्थानीय नेता बनाउँछन्। 

पहिले कांग्रेसले जितेको क्षेत्र रुपन्देही- ४ र ५ मा यस पटक पराजित हुनुको मुल कारण पहिला जितेर गएका उम्मेद्वार दोहोरिन खोज्दा अलोकप्रिय हुनु र उम्मेदवारको अहं मुख्य रहेको स्थानीय कार्यकर्ताको दावी छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

गत स्थानीय निर्वाचनमा सिङ्गो बुटवल उपमहानगरपालिकामा बर्चश्व जमाए पनि गठबन्धनका कारण प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस रुपन्देही- २ उम्मेदवारविहीन भयो। राजनीतिक विश्लेषक डा बुद्ध थापा भन्छन्, 'नेपाली कांग्रेसबाटै बलियो उम्मेदवार दिन सकेको भए रुपन्देही- २ जित्ने बलियो सम्भावना थियो।' 

रुपन्देही- ३ मा गृहमन्त्री बालकृष्ण खाँणले नै पराजय भोग्नुपर्यो। यसको मुल कारण गृहमन्त्रीको कार्यशैली र अन्तरकलह नै बढी देखिएको छ। रुपन्देहीमा नेपाली कांग्रेस मात्र होइन, कांग्रेस नेतृत्वको गठबन्धन नै सफल हुन सकेन। रुपन्देही- २ मा गठबन्धनका सबै उम्मेदवारले हार ब्यहोर्नुपर्यो भने रुपन्देही- १ मा गठबन्धनको सहयोगमा उठेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पनि हार्नुपर्यो। 

यसको प्रमुख कारण पनि नेपाली कांग्रेस भित्रको अन्तरकलह नै हो। स्थानीय स्तरमा भएका चर्चा अनुसार यी दुई क्षेत्रमा नेपाली कांग्रेसका आफ्नै आकांक्षी रहेको र उनीहरु उठ्न नपाएपछि पार्टीले समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप छ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  २०:४०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्