• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रतिनिधि सभा निर्वाचन: टिकटका लागि फरक पार्टी प्रवेश गरेकाहरू पराजित

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ९, २०७९  १९:४९
1140x725

काठमाडौं– निवर्तमान सांसद तथा लोसपाका नेता एकवाल मियाँ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बारा- ४ बाट निर्वाचित भएका थिए। यसपटक पनि आफ्नै पार्टी लोकतान्त्रिक समाजवादी पार्टीबाट सोही क्षेत्रको उम्मेदवार बन्न चाहन्थे। तर, सत्ता गठबन्धनले त्यो क्षेत्र एकीकृत समाजवादीका लागि सहमति गर्‍यो। आफू उम्मेदवार नै बन्न नपाउने बुझेपछि मियाँ मनोनयनको अघिल्लो दिन एमाले प्रवेश गरे।

बुधबार सार्वजनिक अन्तिम मत परिणाममा मियाँ पराजित भए। सो क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठले २० हजार २९७ मत ल्याउँदा मियाँले केवल १३ हजार ८६३ मत पाए। अर्थात्, निर्वाचनको मुखमा एमाले प्रवेश मियाँका लागि उपलब्धिमूलक भएन। मियाँ मात्रै होइन, यो निर्वाचनमा उम्मेदवार हुन र सफलता पाउने लक्ष्य राखेका अधिकांश उम्मेदवारले सफलता पाउन सकेनन्। केहीलाई भने सफलता प्राप्त भएको पनि छ।

मियाँ जस्तै लोसपाबाट एमाले प्रवेश गर्ने अर्का नेता थिए, उमाशंकर अरगरिया। प्रतिनिधि सभामा लोसपाको तर्फबाट प्रमुख सचेतक पनि थिए। तर, तर उनी गत असोज ८ गते एमाले प्रवेश गरे। र आफू २०७४ को निर्वाचनमा उम्मेदवार बनेकै क्षेत्र धनुषा- २ बाट प्रतिस्पर्धामा उत्रिए। तर, कांग्रेस उम्मेदवार रामकृष्ण यादवसँग पराजित भए।

पर्साका जालिम मियाँ अन्सारी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको रुपमा पर्साको जगरनाथपुर गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। उनी २०७८ पुस ८ गते नेकपा एमाले प्रवेश गरेका थिए। उनलाई एमालेले पर्सा- ४ को उम्मेदवार बनायो। तर उनी कांग्रेसका रमेश रिजालसँग पराजित भए।

विवेकशील साझामा जोडिएर केही राजनीतिक परिचय बनाएका गोरखाका अब्दुस मियाले यस निर्वाचनमा काठमाडौं- ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए। तर उनको घोषणा लामो समय टिक्न सकेन। गत असोज ६ गते उनी एमाले प्रवेश गरेका थिए। एमाले प्रवेश गरेको दुई हप्तामै उनी गोरखा- २ मा एमालेबाट उम्मेदवार बने। तर माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भए।

बाग्लुङकी मञ्जु शर्मा २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बाग्लुङको गलकोट नगरपालिकाको मेयरको उम्मेदवार बन्न चाहेकी थिइन्। कांग्रेसबाट टिकट पाउने अपेक्षासहित उनले जागिरबाट राजीनामा दिएकी थिइन्। तर टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनिन् र पराजित भइन्। त्यसपछि एमाले प्रवेश गरेकी उनी प्रतिनिधि सभा निर्वाचनमा एमालेबाटै उम्मेदवार बनिन्। तर माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलसँग पराजित भइन्।

चुनावमा उम्मेदवार बन्ने लक्ष्यका साथ एमाले प्रवेश गर्ने अर्का नेता थिए, सल्यानका राजेन्द्र वीर राय। कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपालको अध्यक्ष भएपछि २०७८ फागुनमा उनलाई उपाध्यक्षमा मनोनयन गरेका थिए। तर २०७९ भदौमा उनी एमाले प्रवेश गरेका थिए। लगत्तै एमालेबाट सल्यानमा उम्मेदवार बनेका उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालासँग फराकिलो मतान्तरले पराजित भए।

डोल्पाका गणेशबहादुर शाही २०७४ मा डोल्पाको ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेबाट निर्वाचित भएका थिए। एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका उनी २०७९ भदौ १६ गते फेरि एमालेमै प्रवेश गरेका थिए। प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट डोल्पाका उम्मेदवार बनेका उनी एकीकृत समाजवादीका उम्मेदवा धनबहादुर बुढासँग पराजित भए।

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचनको मुखमा एमाले प्रवेश गरेकाहरु मात्रै होइन, नेकपा विभाजनका बेलामा माओवादी केन्द्र नफर्किई एमालेतिर प्रवेश गरेका प्राय नेतालाई सफलता हात लागेन। अछाम- १ बाट झपट बोहरा, कैलाली- ४ बाट लेखराज भट्ट र कैलाली- ३ बाट गौरीशंकर चौधरी पराजित भए। अर्घाखाँचीबाट टोपबहादुर रायमाझीले मात्रै जित निकाल्न सके। ज्वालाकुमारी साह बारा- ३ बाट विजयी बनिन्। त्यतिबेलै एमाले प्रवेश गरेका प्रभु साहले भने एमालेको टिकट ‘होल्ड’ गरेर स्वतन्त्र उम्मेदवार दिएर विजयी भए।

माओवादी प्रवेश गर्नेहरुले पनि सफलता हात पारेको देखिँदैन।

नरेन्द्र साह कलवार २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही- ३ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। तर तेस्रो स्थानमा रहँदै पराजित भए। त्यसअघि उनी २०७० को संविधान सभा निर्वाचनमा तराई मधेस सद्भावना पार्टीबाट समानुपातिक सभासद बनेका थिए। तर यसपटक उनले उम्मेदवार बन्नका लागि २०७९ असोज १२ गते माओवादी केन्द्र प्रवेश गरे। तर एमालेका हरिप्रसाद उप्रेतीसँग पराजित भए।

झापाका हरिकुमार राना २०७४ मा उनी नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। राना २०४९ र २०५४ मा एमालेको तर्फबाट शनिश्चरे गाविसको अध्यक्ष निर्वाचित भएका थिए। तत्कालीन एमाले विभाजन भएर माले बन्दा उनी सो पार्टीतिर लागेका थिए। पछि एमालेमै फर्किएर राजनीति अघि बढाएका थिए। तर निर्वाचनअघि एमालेबाट माओवादी केन्द्र प्रवेश गरेका उनी झापा- २ बाट उम्मेदवार बनेका थिए। तर पराजित भए। एमालेका देवराज घिमिरे विजयी भएको सो क्षेत्रमा राना तेस्रो स्थानमा रहँदै पराजित भएका हुन्।

कैलालीका कृष्णकुमार चौधरी (कुन्दन) नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धमा सहभागी भएका नेता हुन्। २०६४ को संविधान सभा निर्वाचनमा माओवादीको तर्फबाट कैलाली- ४ बाट निर्वाचित भएका थिए। २०७३ मा डा बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति गठन भएपछि उनी त्यतै लागेका थिए। र, २०७८ चैतसम्म बाबुराम समेत रहेको जसपामै थिए। सो पार्टीको सुदूरपश्चिम अध्यक्ष थिए। तर, २०७८ चैत २९ मा उनी माओवादी केन्द्र प्रवेश गरे। प्रतिनिधि सभा निर्वाचनमा कैलाली- ३ बाट उम्मेदवार बनेका थिए। तर नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीसँग पराजित भए। 

२०७४ को निर्वाचनमा शैलेन्द्र साह एमालेबाट प्रदेश सभाका लागि रौतहट- २ (क)बाट उम्मेदवार बनेका थिए। त्यतिबेला पराजित भएका उनी यसपटक जसपाबाट रौतहट- २ का उम्मेदवार बने। तर स्वतन्त्र उम्मेदवार किरणकुमार साहसँग पराजित भए।  शैलेन्द्र तेस्रो स्थानमा रहँदै पराजित भएका हुन्।

त्यस्तै, सद्भावनाकै विभिन्न समूह, तमलोपा, राजपा, जसपा हुँदै लोसपा भएका पर्साका सुरेन्द्रकप्रसाद कुर्मी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनपछि उनी जसपा प्रवेश गरेका थिए। यसपटक पर्सा- २ बाट उम्मेदवार भएका उनी कांग्रेस अजयकुमार चौरसियासँग पराजित भए।

नवप्रवेशीहरु प्रतिनिधि सभाको उम्मेदवार उदाहरण कांग्रेसमा यसपटक थिएन। २०७७ साउन १३ गते कांग्रेस प्रवेश गरेका राप्रपा नेता सुनिलकुमार थापा भने धनकुटामा पराजित भए। उनी राजेन्द्रकुमार राईसँग पराजित भएका थिए।

साझा पार्टी गठनको नेतृत्वकर्ता तथा पछि विवेकशील साझाको अध्यक्ष भएर राजीनामा दिएका रवीन्द्र मिश्र २०७९ असोज १२ गते राप्रपा प्रवेश गर्दै वरिष्ठ उपाध्यक्ष बने। २०७४ मा विवेकशील साझा पार्टीबाट काठमाडौं- १ मा उम्मेदवार बनेर पराजित भएका उनी यसपटक राप्रपाका तर्फबाट उम्मेदवार बनेका थिए। तर पराजित भए।

निर्वाचनअघि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका कतिपय नेताहरु नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए। तिनैमध्येका एक थिए, पुकार बम। उज्ज्वल थापासँगै अभियन्ताको रुपमा अघि बढेका उनले जेठमै उम्मेदवारी घोषणा गरेका थिए। तर उनी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दै सोही पार्टीबाट उम्मेदवार बन्दै पराजित भए।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १९:४९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्