• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२ Sun, May 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिनिधि सभा निर्वाचन: टिकटका लागि फरक पार्टी प्रवेश गरेकाहरू पराजित
64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ९, २०७९  १९:४९
1140x725

काठमाडौं– निवर्तमान सांसद तथा लोसपाका नेता एकवाल मियाँ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बारा- ४ बाट निर्वाचित भएका थिए। यसपटक पनि आफ्नै पार्टी लोकतान्त्रिक समाजवादी पार्टीबाट सोही क्षेत्रको उम्मेदवार बन्न चाहन्थे। तर, सत्ता गठबन्धनले त्यो क्षेत्र एकीकृत समाजवादीका लागि सहमति गर्‍यो। आफू उम्मेदवार नै बन्न नपाउने बुझेपछि मियाँ मनोनयनको अघिल्लो दिन एमाले प्रवेश गरे।

बुधबार सार्वजनिक अन्तिम मत परिणाममा मियाँ पराजित भए। सो क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठले २० हजार २९७ मत ल्याउँदा मियाँले केवल १३ हजार ८६३ मत पाए। अर्थात्, निर्वाचनको मुखमा एमाले प्रवेश मियाँका लागि उपलब्धिमूलक भएन। मियाँ मात्रै होइन, यो निर्वाचनमा उम्मेदवार हुन र सफलता पाउने लक्ष्य राखेका अधिकांश उम्मेदवारले सफलता पाउन सकेनन्। केहीलाई भने सफलता प्राप्त भएको पनि छ।

मियाँ जस्तै लोसपाबाट एमाले प्रवेश गर्ने अर्का नेता थिए, उमाशंकर अरगरिया। प्रतिनिधि सभामा लोसपाको तर्फबाट प्रमुख सचेतक पनि थिए। तर, तर उनी गत असोज ८ गते एमाले प्रवेश गरे। र आफू २०७४ को निर्वाचनमा उम्मेदवार बनेकै क्षेत्र धनुषा- २ बाट प्रतिस्पर्धामा उत्रिए। तर, कांग्रेस उम्मेदवार रामकृष्ण यादवसँग पराजित भए।

पर्साका जालिम मियाँ अन्सारी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको रुपमा पर्साको जगरनाथपुर गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। उनी २०७८ पुस ८ गते नेकपा एमाले प्रवेश गरेका थिए। उनलाई एमालेले पर्सा- ४ को उम्मेदवार बनायो। तर उनी कांग्रेसका रमेश रिजालसँग पराजित भए।

विवेकशील साझामा जोडिएर केही राजनीतिक परिचय बनाएका गोरखाका अब्दुस मियाले यस निर्वाचनमा काठमाडौं- ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए। तर उनको घोषणा लामो समय टिक्न सकेन। गत असोज ६ गते उनी एमाले प्रवेश गरेका थिए। एमाले प्रवेश गरेको दुई हप्तामै उनी गोरखा- २ मा एमालेबाट उम्मेदवार बने। तर माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भए।

बाग्लुङकी मञ्जु शर्मा २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बाग्लुङको गलकोट नगरपालिकाको मेयरको उम्मेदवार बन्न चाहेकी थिइन्। कांग्रेसबाट टिकट पाउने अपेक्षासहित उनले जागिरबाट राजीनामा दिएकी थिइन्। तर टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनिन् र पराजित भइन्। त्यसपछि एमाले प्रवेश गरेकी उनी प्रतिनिधि सभा निर्वाचनमा एमालेबाटै उम्मेदवार बनिन्। तर माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलसँग पराजित भइन्।

चुनावमा उम्मेदवार बन्ने लक्ष्यका साथ एमाले प्रवेश गर्ने अर्का नेता थिए, सल्यानका राजेन्द्र वीर राय। कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपालको अध्यक्ष भएपछि २०७८ फागुनमा उनलाई उपाध्यक्षमा मनोनयन गरेका थिए। तर २०७९ भदौमा उनी एमाले प्रवेश गरेका थिए। लगत्तै एमालेबाट सल्यानमा उम्मेदवार बनेका उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालासँग फराकिलो मतान्तरले पराजित भए।

डोल्पाका गणेशबहादुर शाही २०७४ मा डोल्पाको ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेबाट निर्वाचित भएका थिए। एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका उनी २०७९ भदौ १६ गते फेरि एमालेमै प्रवेश गरेका थिए। प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट डोल्पाका उम्मेदवार बनेका उनी एकीकृत समाजवादीका उम्मेदवा धनबहादुर बुढासँग पराजित भए।

Ncell 2
Ncell 2

निर्वाचनको मुखमा एमाले प्रवेश गरेकाहरु मात्रै होइन, नेकपा विभाजनका बेलामा माओवादी केन्द्र नफर्किई एमालेतिर प्रवेश गरेका प्राय नेतालाई सफलता हात लागेन। अछाम- १ बाट झपट बोहरा, कैलाली- ४ बाट लेखराज भट्ट र कैलाली- ३ बाट गौरीशंकर चौधरी पराजित भए। अर्घाखाँचीबाट टोपबहादुर रायमाझीले मात्रै जित निकाल्न सके। ज्वालाकुमारी साह बारा- ३ बाट विजयी बनिन्। त्यतिबेलै एमाले प्रवेश गरेका प्रभु साहले भने एमालेको टिकट ‘होल्ड’ गरेर स्वतन्त्र उम्मेदवार दिएर विजयी भए।

माओवादी प्रवेश गर्नेहरुले पनि सफलता हात पारेको देखिँदैन।

नरेन्द्र साह कलवार २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही- ३ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। तर तेस्रो स्थानमा रहँदै पराजित भए। त्यसअघि उनी २०७० को संविधान सभा निर्वाचनमा तराई मधेस सद्भावना पार्टीबाट समानुपातिक सभासद बनेका थिए। तर यसपटक उनले उम्मेदवार बन्नका लागि २०७९ असोज १२ गते माओवादी केन्द्र प्रवेश गरे। तर एमालेका हरिप्रसाद उप्रेतीसँग पराजित भए।

झापाका हरिकुमार राना २०७४ मा उनी नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। राना २०४९ र २०५४ मा एमालेको तर्फबाट शनिश्चरे गाविसको अध्यक्ष निर्वाचित भएका थिए। तत्कालीन एमाले विभाजन भएर माले बन्दा उनी सो पार्टीतिर लागेका थिए। पछि एमालेमै फर्किएर राजनीति अघि बढाएका थिए। तर निर्वाचनअघि एमालेबाट माओवादी केन्द्र प्रवेश गरेका उनी झापा- २ बाट उम्मेदवार बनेका थिए। तर पराजित भए। एमालेका देवराज घिमिरे विजयी भएको सो क्षेत्रमा राना तेस्रो स्थानमा रहँदै पराजित भएका हुन्।

shivam cement

shivam cement

कैलालीका कृष्णकुमार चौधरी (कुन्दन) नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धमा सहभागी भएका नेता हुन्। २०६४ को संविधान सभा निर्वाचनमा माओवादीको तर्फबाट कैलाली- ४ बाट निर्वाचित भएका थिए। २०७३ मा डा बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति गठन भएपछि उनी त्यतै लागेका थिए। र, २०७८ चैतसम्म बाबुराम समेत रहेको जसपामै थिए। सो पार्टीको सुदूरपश्चिम अध्यक्ष थिए। तर, २०७८ चैत २९ मा उनी माओवादी केन्द्र प्रवेश गरे। प्रतिनिधि सभा निर्वाचनमा कैलाली- ३ बाट उम्मेदवार बनेका थिए। तर नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीसँग पराजित भए। 

२०७४ को निर्वाचनमा शैलेन्द्र साह एमालेबाट प्रदेश सभाका लागि रौतहट- २ (क)बाट उम्मेदवार बनेका थिए। त्यतिबेला पराजित भएका उनी यसपटक जसपाबाट रौतहट- २ का उम्मेदवार बने। तर स्वतन्त्र उम्मेदवार किरणकुमार साहसँग पराजित भए।  शैलेन्द्र तेस्रो स्थानमा रहँदै पराजित भएका हुन्।

त्यस्तै, सद्भावनाकै विभिन्न समूह, तमलोपा, राजपा, जसपा हुँदै लोसपा भएका पर्साका सुरेन्द्रकप्रसाद कुर्मी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनपछि उनी जसपा प्रवेश गरेका थिए। यसपटक पर्सा- २ बाट उम्मेदवार भएका उनी कांग्रेस अजयकुमार चौरसियासँग पराजित भए।

नवप्रवेशीहरु प्रतिनिधि सभाको उम्मेदवार उदाहरण कांग्रेसमा यसपटक थिएन। २०७७ साउन १३ गते कांग्रेस प्रवेश गरेका राप्रपा नेता सुनिलकुमार थापा भने धनकुटामा पराजित भए। उनी राजेन्द्रकुमार राईसँग पराजित भएका थिए।

साझा पार्टी गठनको नेतृत्वकर्ता तथा पछि विवेकशील साझाको अध्यक्ष भएर राजीनामा दिएका रवीन्द्र मिश्र २०७९ असोज १२ गते राप्रपा प्रवेश गर्दै वरिष्ठ उपाध्यक्ष बने। २०७४ मा विवेकशील साझा पार्टीबाट काठमाडौं- १ मा उम्मेदवार बनेर पराजित भएका उनी यसपटक राप्रपाका तर्फबाट उम्मेदवार बनेका थिए। तर पराजित भए।

निर्वाचनअघि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका कतिपय नेताहरु नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए। तिनैमध्येका एक थिए, पुकार बम। उज्ज्वल थापासँगै अभियन्ताको रुपमा अघि बढेका उनले जेठमै उम्मेदवारी घोषणा गरेका थिए। तर उनी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दै सोही पार्टीबाट उम्मेदवार बन्दै पराजित भए।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १९:४९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुलुक प्रधानमन्त्रीले नभई बिचौलियाहरुले चलाइरहेछन् : उपेन्द्र यादव
गीत बजाएको आरोपमा १४ जना पक्राउ
कावासोतीमा मोटरसाइकल दुर्घटनामा परी दाजुभाइको मृत्यु
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
मुलुक प्रधानमन्त्रीले नभई बिचौलियाहरुले चलाइरहेछन् : उपेन्द्र यादव शनिबार, वैशाख २७, २०८२
गीत बजाएको आरोपमा १४ जना पक्राउ शनिबार, वैशाख २७, २०८२
कावासोतीमा मोटरसाइकल दुर्घटनामा परी दाजुभाइको मृत्यु शनिबार, वैशाख २७, २०८२
भ्रष्टाचार गर्नकै लागि विमानस्थल बनाइयो: राजेन्द्र लिङ्देन शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्धविराम शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्