• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
दुई गठबन्धनलाई पछि पार्दै अन्तिम समयमा ‘सरप्राइज’ दिएका सिंह
64x64
नेपाल लाइभ बिहीबार, मंसिर ८, २०७९  १८:५७
1140x725

काठमाडौं– राप्रपाको अध्यक्षका लागि भएको निर्वाचनमा कमल थापा पराजित भए। त्यसपछि उनी सुषुप्त रहेको राप्रपा नेपालको अध्यक्ष भए। तर आफ्नो पार्टीलाई अघि बढाउने भन्दा पनि एमालेसँग निकट हुने र उसकै साथमा अघि बढ्ने प्रयत्नमा लागे। तर बिहीबारको अन्तिम मत परिणाममा पराजित भए। त्यसअघि नै उनले हार स्वीकार गरिसकेका थिए।

मकवानपुर–२ मा राप्रपा नेपालले एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा होमिएको थियो। राप्रपा नेपालको अध्यक्ष पदमै रहेर एमालेको चुनाव चिह्नबाट उम्मेदवार बनेका उनले आलोचना पनि खेपेका थिए। तर एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर एमाले पंक्तिको मत तान्ने उनको प्रयास सफल हुन सकेन। थापालाई हारको उपहार दिने अरु कोही होइनन्, उनकै पूर्वसहयात्री दीपकबहादुर सिंह हुन्।

‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ। प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो। व्यक्ति हारे पनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ’, उनको भनाइ  छ, ‘सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ।’

२०५६ सालदेखि सांसदको लागि चुनावी प्रतिस्पर्धामा रहेका सिंहले २३ वर्षपछि आफ्नो लक्ष्य भेट्टाएका छन्। उनको यो विजयी किन पनि उल्लेखनीय बन्यो भने, उनले दुई बलिया गठबन्धनका उम्मेदवारलाई पराजित गरे। एमाले र राप्रपा नेपालका गठबन्धनबाट उम्मेदवार रहेका थापा र सत्ता गठबन्धनको उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पराजित गर्दै सांसदमा निर्वाचित भएका हुन्।

मनोनयन दर्तापछि उक्त क्षेत्रमा थापा र डिनाको मात्र चर्चा रहेको थियो। सबैको नजर यी दुई उम्मेदवारमा मात्र केन्द्रित भइरहेका थिए। मतगणनाको अन्तिम समय चलिरहँदा पनि डिना नै विजय हुने आकलन भइरहेको थियो। मतगणना नसकिँदै थापाले पराजय स्वीकार गरेको र डिनाले अग्रता लिइरहेको परिप्रेक्ष्यमा उनको जित हुने ठानिएको थियो। तर अन्तिममा सिंहले सरप्राइज दिए।

निरन्तर पराजित हुने छविमा पूर्णविराम
सिंहको निर्वाचन अनुभव लामो रहेको छ। उनी निरन्तर चुनावी मैदानमा छन्। २०७९ वैशाख ३० गते स्थानीय निर्वाचनमा पनि उनी हेटौंडा उपमहानगरपालिकामा मेयर पदका प्रत्यासी थिए। उक्त निर्वाचनमा कडा प्रतिस्पर्धाका बीच उनी पराजित भए। तर उनले हार मानेनन्। मंसिर ४ को निर्वाचनका लागि फेरि उम्मेदवार बनेर मैदानमा आए।

यो प्रतिस्पर्धा उनका लागि सहज थिएन। केही महिनाअघि सम्पन्न स्थानीय निर्वाचनमा भोगेको हारको चर्चा सेलाएकै थिएन। निर्वाचनको मैदानमा दुईवटा गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता आइहाल्यो। तर उनी मतदाता समक्ष आफ्ना कुरा लिएर पुगे। मतदाताको पनि विश्वास जिते।

दुवै गठबन्धनका उम्मेदवारलाई अविश्वास गर्दै मतदाताले सिंहको पोल्टामा २७ हजार ८१६ मत दिए। उनका निकटतम प्रतिस्पर्धी डिनाले २५ हजार ४ सय २३ मत पाइन्। सिंहले २३ सय ९३ मतान्तरले जित हात पारे। योसँगै निरन्तर चुनावी मैदानमा हुने तर पराजय भोग्ने आफ्नो पुरानो छवि पनि उनले मेटाएका छन्।

सिंहको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भएको थियो। २४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षबाट उनको राप्रपाको राजनीति सुरु भएको थियो।

२०५४ सालमा उनी हेटौंडा नगरपालिकाको मेयरमा उम्मेदवार बने। त्यतिबेला उनी डोरमणि पौडेलसँग पराजित भए। उनै पौडेल २०७४ मा बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए।

पौडेलसँग मेयरमा पराजित भए पनि उनी फेरि चुनावी मैदानमा उत्रे। २०५६ को प्रतिनिधि सभा निर्वाचनमा विरोध खतिवडासँग र २०६० को संविधान सभा निर्वाचनमा अनन्तप्रसाद पौडेलसँग पराजित भए।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा सिंह प्रत्यक्षतर्फ उम्मेदवार भएनन्। समानुपातिकतर्फ बसे। त्यतिबेला राप्रपाले समानुपातिकका लागि ३ प्रतिशत मत कटाउन सकेन। उनी सांसद बन्न पाएनन्। यसरी पटकपटक सांसदमा पराजित भएका उनी वैशाखमा मेयरका लागि उम्मेदवार बनेर पराजित भए।

अन्तिम समयमा ‘सरप्राइज’ जित 
मंसिर ४ मा भएको निर्वाचनमा सिंहको चर्चा कम मात्रै थियो। सबैको नजर एमालेबाट उम्मेदवार बनेका कमल थापा र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका महालक्ष्मी उपाध्याय डिनामा थियो। मतगणनाको अन्तिम समयसम्मै थापा र डिनाबीच नै प्रतिस्पर्धा देखिएको थियो।

सिंहले वैशाखको स्थानीय निर्वाचनमा २० हजार ५ सय ३१ मत ल्याएका थिए। सो निर्वाचनमा एकिकृत समाजवादीकी मीनाकुमारी लामाले जित हात पारेकी थिइन्। सिंहले स्थानीय निर्वाचनमा पाएको मतमा ७ हजार २८५ मत बढाएको देखिन्छ। 

मतगणनामा बिहीबार बिहानसम्मै सिंह पछि थिए। तर अन्तिम समयमा उनले अग्रता लिए। र जित सुनिश्चित गरे। यसरी उनको सांसद बन्ने उनको वर्षौंको सपना पूरा भयो।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:५७
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक हजार ७४ किलो गाँजासहित चार पक्राउ
राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद‍्हरुले यस्तो भने
झोलुङ्गे पुलले छोटियो यात्रा
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
एक हजार ७४ किलो गाँजासहित चार पक्राउ मंगलबार, असार १७, २०८२
राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद‍्हरुले यस्तो भने मंगलबार, असार १७, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा मंगलबार, असार १७, २०८२
नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ : सचेतक शाही मंगलबार, असार १७, २०८२
निजामती विधेयकमा कर्मचारीलाई देखाएर सांसदहरू उम्कन मिल्दैन : सुमना श्रेष्ठ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्