• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

दुई गठबन्धनलाई पछि पार्दै अन्तिम समयमा ‘सरप्राइज’ दिएका सिंह

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ८, २०७९  १८:५७
1140x725

काठमाडौं– राप्रपाको अध्यक्षका लागि भएको निर्वाचनमा कमल थापा पराजित भए। त्यसपछि उनी सुषुप्त रहेको राप्रपा नेपालको अध्यक्ष भए। तर आफ्नो पार्टीलाई अघि बढाउने भन्दा पनि एमालेसँग निकट हुने र उसकै साथमा अघि बढ्ने प्रयत्नमा लागे। तर बिहीबारको अन्तिम मत परिणाममा पराजित भए। त्यसअघि नै उनले हार स्वीकार गरिसकेका थिए।

मकवानपुर–२ मा राप्रपा नेपालले एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा होमिएको थियो। राप्रपा नेपालको अध्यक्ष पदमै रहेर एमालेको चुनाव चिह्नबाट उम्मेदवार बनेका उनले आलोचना पनि खेपेका थिए। तर एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर एमाले पंक्तिको मत तान्ने उनको प्रयास सफल हुन सकेन। थापालाई हारको उपहार दिने अरु कोही होइनन्, उनकै पूर्वसहयात्री दीपकबहादुर सिंह हुन्।

‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ। प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो। व्यक्ति हारे पनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ’, उनको भनाइ  छ, ‘सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ।’

२०५६ सालदेखि सांसदको लागि चुनावी प्रतिस्पर्धामा रहेका सिंहले २३ वर्षपछि आफ्नो लक्ष्य भेट्टाएका छन्। उनको यो विजयी किन पनि उल्लेखनीय बन्यो भने, उनले दुई बलिया गठबन्धनका उम्मेदवारलाई पराजित गरे। एमाले र राप्रपा नेपालका गठबन्धनबाट उम्मेदवार रहेका थापा र सत्ता गठबन्धनको उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पराजित गर्दै सांसदमा निर्वाचित भएका हुन्।

मनोनयन दर्तापछि उक्त क्षेत्रमा थापा र डिनाको मात्र चर्चा रहेको थियो। सबैको नजर यी दुई उम्मेदवारमा मात्र केन्द्रित भइरहेका थिए। मतगणनाको अन्तिम समय चलिरहँदा पनि डिना नै विजय हुने आकलन भइरहेको थियो। मतगणना नसकिँदै थापाले पराजय स्वीकार गरेको र डिनाले अग्रता लिइरहेको परिप्रेक्ष्यमा उनको जित हुने ठानिएको थियो। तर अन्तिममा सिंहले सरप्राइज दिए।

निरन्तर पराजित हुने छविमा पूर्णविराम
सिंहको निर्वाचन अनुभव लामो रहेको छ। उनी निरन्तर चुनावी मैदानमा छन्। २०७९ वैशाख ३० गते स्थानीय निर्वाचनमा पनि उनी हेटौंडा उपमहानगरपालिकामा मेयर पदका प्रत्यासी थिए। उक्त निर्वाचनमा कडा प्रतिस्पर्धाका बीच उनी पराजित भए। तर उनले हार मानेनन्। मंसिर ४ को निर्वाचनका लागि फेरि उम्मेदवार बनेर मैदानमा आए।

यो प्रतिस्पर्धा उनका लागि सहज थिएन। केही महिनाअघि सम्पन्न स्थानीय निर्वाचनमा भोगेको हारको चर्चा सेलाएकै थिएन। निर्वाचनको मैदानमा दुईवटा गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता आइहाल्यो। तर उनी मतदाता समक्ष आफ्ना कुरा लिएर पुगे। मतदाताको पनि विश्वास जिते।

दुवै गठबन्धनका उम्मेदवारलाई अविश्वास गर्दै मतदाताले सिंहको पोल्टामा २७ हजार ८१६ मत दिए। उनका निकटतम प्रतिस्पर्धी डिनाले २५ हजार ४ सय २३ मत पाइन्। सिंहले २३ सय ९३ मतान्तरले जित हात पारे। योसँगै निरन्तर चुनावी मैदानमा हुने तर पराजय भोग्ने आफ्नो पुरानो छवि पनि उनले मेटाएका छन्।

nimb
nimb

सिंहको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भएको थियो। २४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षबाट उनको राप्रपाको राजनीति सुरु भएको थियो।

२०५४ सालमा उनी हेटौंडा नगरपालिकाको मेयरमा उम्मेदवार बने। त्यतिबेला उनी डोरमणि पौडेलसँग पराजित भए। उनै पौडेल २०७४ मा बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए।

पौडेलसँग मेयरमा पराजित भए पनि उनी फेरि चुनावी मैदानमा उत्रे। २०५६ को प्रतिनिधि सभा निर्वाचनमा विरोध खतिवडासँग र २०६० को संविधान सभा निर्वाचनमा अनन्तप्रसाद पौडेलसँग पराजित भए।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा सिंह प्रत्यक्षतर्फ उम्मेदवार भएनन्। समानुपातिकतर्फ बसे। त्यतिबेला राप्रपाले समानुपातिकका लागि ३ प्रतिशत मत कटाउन सकेन। उनी सांसद बन्न पाएनन्। यसरी पटकपटक सांसदमा पराजित भएका उनी वैशाखमा मेयरका लागि उम्मेदवार बनेर पराजित भए।

अन्तिम समयमा ‘सरप्राइज’ जित 
मंसिर ४ मा भएको निर्वाचनमा सिंहको चर्चा कम मात्रै थियो। सबैको नजर एमालेबाट उम्मेदवार बनेका कमल थापा र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका महालक्ष्मी उपाध्याय डिनामा थियो। मतगणनाको अन्तिम समयसम्मै थापा र डिनाबीच नै प्रतिस्पर्धा देखिएको थियो।

सिंहले वैशाखको स्थानीय निर्वाचनमा २० हजार ५ सय ३१ मत ल्याएका थिए। सो निर्वाचनमा एकिकृत समाजवादीकी मीनाकुमारी लामाले जित हात पारेकी थिइन्। सिंहले स्थानीय निर्वाचनमा पाएको मतमा ७ हजार २८५ मत बढाएको देखिन्छ। 

मतगणनामा बिहीबार बिहानसम्मै सिंह पछि थिए। तर अन्तिम समयमा उनले अग्रता लिए। र जित सुनिश्चित गरे। यसरी उनको सांसद बन्ने उनको वर्षौंको सपना पूरा भयो।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:५७
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो
त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ भित्र पस्ने प्रयास हुँदै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो आइतबार, भदौ १४, २०८३
त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ भित्र पस्ने प्रयास हुँदै आइतबार, भदौ १४, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै आइतबार, भदौ १४, २०८३
‘विपदमा आफन्त गुमाएकालाई मनोसामाजिक सहयोग आवश्यक’ : मन्त्री वादी आइतबार, भदौ १४, २०८३
त्रिशूली थ्री–ए सुरुङमा उद्धार प्रयास तीव्र, हावा पठाउन पाँच ठाउँमा ड्रिल आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्