काठमाडौं– अष्ट्रियामा रहेका नेपालीहरूद्वारा निर्माण गरिएको म्युजिक भिडियो ‘नेपाली- हामी गोर्खाली’ बजारमा आएको छ।
शुभद्रा भण्डारीको शब्द रहेको गीतमा शेखर लामाले सँगीत भरेका छन्। गीतमा संगीतकार लामाका साथै गायिका सुजाता सेन्चुरी, मनी थेवे र निपोन लामाको स्वर दिएका छन्।
एरेन्जर राहुन प्रधानले संगीत संयोजन गरेका छन्।
अष्ट्रियामै बस्ने कलाकारहरू श्वेता वज्राचार्य, जपन राई र भूपेन्द्र गुरूङले कोरियोग्राफी गरेका छन्।
गीतको भिडियोमा अष्ट्रियाका स्थानीय कलाकार लक्ष्मी गिरी, ध्रुव पौडेल, प्रभु श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, दीपक मल्ल, मोहन चौधरी लगायत ५५ जनाको सहभागिता छ।
https://youtu.be/ral7LkWh43U?t=6
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।