पोखरा– प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर १ मा मतगणनाका क्रममा बढी मत देखिएपछि मतगणना कार्य स्थगित भएको छ।
मादी गाउँपालिकामा ५ अन्तर्गतको मत गणनाका क्रममा मुचुल्कामा भन्दा १ मत बढी देखिएपछि मत गणना स्थगित भएको हो।
सो क्षेत्रमा नेकपा एमालेबाट मनबहादुर गुरुङ र नेपाली कांग्रेसबाट किशोरदत्त बरालले उम्मेदवारी दिएका थिए। मतगणनाका क्रममा एमालेका गुरुङको अग्रता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।