पोखरा– नेपाली कांग्रेसका नम्दु गुरुङ मुस्ताङ ‘क’बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका इन्द्रधारा डादु विष्टलाई पराजित गर्दै प्रदेश सभामा विजयी बनेका हुन्। गुरुङले १ हजार ४८ र विष्टले ७ सय ९३ मत प्राप्त गरे।
निर्वाचित गुरुङ गत वैशाख ३०मा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए।
उनी लोमान्थाङ गाउँपालिका–४ को नेपाली कांग्रेसबाट उम्मेदवार बनेको थिए।
उनलाई नेकपा एमालेका छिरिङ धिन्डु गुरुङले २७ मतले पराजित गरेका थिए।
छिरिङले १ सय २६ मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।