• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मत कम खस्नुको कारण सुरक्षा थ्रेट कि दलहरुप्रति वितृष्णा ?

64x64
नेपाल लाइभ आइतबार, मंसिर ४, २०७९  २१:१७
1140x725

काठमाडौं- आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा देशभरबाट कूल ६१ प्रतिशत मत खस्यो। यो पटक अपेक्षाभन्दा धेरै कम मत खसेको छ। स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता भए पनि यो चुनावमा भने त्यो रौनक देखिएन। 

त्यसका विभिन्न कारणमध्ये सुरक्षा थ्रेटलाई पनि औंल्याउने गरिएको छ। स्थानीय तहको चुनावमा अहिले निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपा आफैं चुनावी मैदानमा उत्रिएको थियो। तर अहिले पनि यो स्थिति फरक बन्यो।

विप्लव सहितका केही पार्टी भने अहिले चुनावी बहिष्कारमा लागेका छन्। जसकारण स्थानीय तहमा भन्दा अहिले चुनावी सुरक्षा थ्रेट देखिएको छ। प्रहरीले पनि सोही अनुसार सुरक्षा रणनीति बनाएर लागू गरे पनि सोचेअनुसार सुरक्षित रुपमा चुनाव सम्पन्न भएको भने देखिएन।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी टेकप्रसाद राई भने छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको बताउँछन्। प्रहरीले यसो भनिरहँदा चुनाव भड्काउने लक्ष्यसहित राखिएका 'होक्स बम' (शंकास्पद वस्तु) १९ जिल्लामा भेटिएका थिए। १९ जिल्लाका ३३ स्थानमा 'होक्स बम' भेटिएको प्रवक्ता राईले बताए। विभिन्न ११ जिल्लामा हुलदंगा हुँदा प्रहरीले गोली समेत चलाएको छ। 

विभिन्न ११ जिल्लामा प्रहरीले ४० भन्दा बढी हवाई फायर समेत गर्नुपरेको थियो। झडपका कारण विभिन्न ६१ मतदान केन्द्रमा मतदान रोकिएको थियो। तीमध्ये धेरैजसो मतदान केन्द्रमा केही समयपछि पुनः मतदान सुरु पनि भएको थियो। चुनावमा क्रममा भएको झडपमा  केही स्थानीय र प्रहरी समेत घाइते भए। बाजुरामा त एक स्थानीयले ज्यानै गुमाए। 

Ncell 2
Ncell 2

यसरी विभिन्न त्रास र झडपका बीच निर्वाचन सम्पन्न भएको छ। चुनावलाई लक्षित गरेर केही दिन अघिदेखि नै होक्स वस्तुहरु राखिएको त्यसका त्रासले पनि मत कम खसेको भन्ने आकलन समेत गरिएको छ। 

नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल (आहुती), नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले यो चुनाव बहिष्कार गरेका थिए। वैद्य बाहेकका पार्टीले त चुनावको केही दिनअघि कमलादीस्थित प्रज्ञा भवनमा संयुक्त पत्रकार सम्मेलन गरेर चुनाव बहिष्कार गर्ने बताएका थिए।

एकातिर राजनीतिको मूलधारमा आएको भनेर सरकारसँग तीन बुँदे सहमति गरेको विप्लवसमेत अहिले चुनाव बहिष्कार अभियानमा देखिए। खुला राजनीतिमा आएको भनेर सहमति गर्ने तर उल्टै चुनाव बहिष्कार गर्नुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्नमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) राज्य सञ्चालकहरु नै यसको दोष दिन्छन्।

विगत पाँच वर्षमा राज्य सञ्चालकहरुले एमसीसी पास, लिपुलेक, अपर कर्णाली, अरुण तेस्रो लगायतमा गरेको राष्ट्रघात, भ्रष्टाचार, कमिसनको खेल, तस्करी गरेको आरोप उनीहरुको छ। यो चुनावबाट देशमा कुनै परिवर्तन सम्भव नभएको र परिवर्तन जनक्रान्तिबाट मात्रै सम्भव भएकाले दलाल सत्ताको रणनीतिमा आयोजना हुने चुनावमा खारेज र बहिष्कारको निर्णय गरिएको नेकपाका प्रवक्ता विश्वकर्माको भनाइ छ।

कम मत खस्नुमा विभिन्न कारणमध्ये सुरक्षा थ्रेट पनि एक रहेको हुनसक्ने पूर्व डीआईजी हेमन्त मल्ल बताउँछन्। ‘सुरक्षा थ्रेटका कारण मात्रै कम मत खसेको भन्न मिल्दैन। विभिन्न कारणमध्ये यो पनि एक हुनसक्छ,’ मल्लले भने।

मल्लले भनेजस्तै केही जिल्लामा होक्स राखेर तर्साउन खोजिए पनि अन्य जिल्लामा भने शान्त रुपमा निर्वाचन सम्पन्न भएको थियो। त्यति हुँदा पनि सोचेअनुसार भने मत खसेको पाइएन। यसको मुख्य कारण दलहरुप्रति देखिएको वितृष्णा, आक्रोशका कारण पनि कम मत खसेको विश्लेषण गरिएको छ।

पटकपटक मत हालेर परिवर्तनको आश गरे पनि सोचेअनुसार नभएकाले उत्साहजनक मतदान नभएको विश्लेषण पनि गरिन्छ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  २१:१७
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज मध्यरातदेखि अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ
सम्बन्धित सामग्री
आज मध्यरातदेखि अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक निर्वाचन सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मको लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। यद्यपि अत्यावश्यक र नि... बुधबार, फागुन २०, २०८२
कैलाली झडपः इन्सपेक्टर र असई घाइते कैलालीका एसपी नरेन्द्र चन्दका अनुसार धनगढी–१३ मा दुई समुहबिच आपसी झगडा भएको थियो । प्रहरीले झडपमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । मंगलबार, फागुन १९, २०८२
सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन उनको निधनबारे प्रादेशिक अस्पताल मलंगवाका एक प्रहरी कर्मचारीमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई जानकारी प्राप्त भएको जिल्ला प्र... मंगलबार, फागुन १९, २०८२
ताजा समाचारसबै
आज मध्यरातदेखि अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक बुधबार, फागुन २०, २०८२
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव बुधबार, फागुन २०, २०८२
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ बुधबार, फागुन २०, २०८२
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह बुधबार, फागुन २०, २०८२
नेकपाका उम्मेदवार शंकास्पद बस्तुसहित पक्राउ बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार बुधबार, फागुन २०, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध मंगलबार, फागुन १९, २०८२
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्