• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

के हुन्छ मतगणनादेखि नतिजा घोषणासम्मको प्रक्रिया?

64x64
नेपाल लाइभ आइतबार, मंसिर ४, २०७९  १८:०४
1140x725
फाइल तस्बिर

काठमाडौं– निर्वाचन आयोगले आइतबार बेलुकादेखि मतगणना प्रारम्भ गर्ने बताएको छ। आइतबार बिहान आफूले मतदान गरेर पत्रकारसँग प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आइतबार साँझ ८ बजेबाट मतगणना प्रारम्भ गर्ने बताएका थिए। 

‘आइतबार ५ बजेसम्ममा मतदान कार्य सम्पन्न भइसकेपछि सबै मतपेटिका संकलन गर्ने कार्य प्रारम्भ हुन्छ। तराईका जिल्ला र उपत्यकाका जिल्लामा जहाँ यातायात साधनको सहजता हुन्छ, त्यस्ता स्थानमा ७ बजेसम्ममा मतपेटिका संकलन सम्पन्न गर्ने आयोगको तयारी छ। 

‘सबै मतपेटिका आइसकेपछि १ घण्टा अरु छलफलमा लाग्ला र ८ देखि ९ बजे भित्र मतगणना प्रराम्भ गर्ने हाम्रो तयारी छ,’ प्रमुख आयुक्त थपलियाले भने।  

४ वटा मतपत्रलाई ४ स्थानमा एकैपटक गणना प्रारम्भ गर्ने आयोगको तयारी रहेको छ। प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक, प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकसहित ४ वटा मतपत्र रहेका छन्। 

यद्यपी, त्यो सम्भव नभएमा प्रत्यक्ष तर्फका मतगणना अभिलम्ब सुरु गर्ने थपलियाले पत्रकारहरु समक्ष जानकारी दिए। निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणनाका लागि ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७४’जारी गरेको छ। 

उक्त निर्देशिकाको दफा ४ मा मतदान सम्पन्न भएपछि मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउने व्यवस्था मिलाउनेबारे व्यवस्था गरिएको छ। ‘प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरी मतदान सम्पन्न भएपछि मतदान केन्द्रबाट सुरक्षितरुपमा मतपेटिका मतगणनास्थलमा ल्याउने व्यवस्था मिलाउनु पर्नेछ र निर्वाचन अधिकृतले यसरी संकलन भएका मतपेटिका मतदान अधिकृतबाट बुझी सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाउनु पर्नेछ,’ निर्देशिकामा भनिएको छ।

यसरी, मतदान केन्द्रबाट मतगणनास्थलमा मतपेटिका ल्याउँदा अनिवार्य रुपमा सुरक्षाकर्मीको सुरक्षागस्ती (स्कर्टीङ) गरी सुरक्षित तवरले ल्याउन प्रमुख जिल्ला अधिकारीले निर्वाचन अधिकृतसँग समन्वय गरी विशेष प्रबन्ध मिलाउन भनिएको छ। 

यस्तै, सोही निर्देशिकाको दफा १९ मा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनको मतगणना गर्दाको चरणबारे व्यवस्था गरिएको छ। त्यसका लागि मतगणनास्थलमा मतपेटिका आएपछि मतगणना कार्य सुरु गर्नु अगावै उम्मेदवार, निजका प्रतिनिधि वा दलको प्रतिनिधिको बैठक डाकी आवश्यक छलफलसमेत गरी मतगणनासम्बन्धी कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने एवं मतगणना कार्यलाई सहज बनाउन सकारात्मक वातावरण सिर्जना गर्नेबारे व्यवस्था गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, सोही दफामा मतगणनासम्बन्धी सम्पूर्ण फाराम, मुचुल्कालगायतका कागजात तयार गरी अभिलेख राख्नेबारे व्यवस्था उल्लेख गरिएको छ। 

को–को बस्न पाउँछन् मतगणनास्थलमा?
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बमोजिम हुने निर्वाचनको मतगणनाको लागि उम्मेदवार वा निजको एकजना निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि हुने व्यवस्था छ। 

त्यस्तै, समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणनाको लागि दलको एकजना निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि बस्न पाउने कानुनी व्यवस्था छ। 

यसैगरी मतगणनाको काममा खटिएका कर्मचारी, आयोगबाट अनुगमन वा अन्य प्रयोजनको लागि खटिएका पदाधिकारी वा कर्मचारी, आयोगबाट अनुमति प्राप्त स्वदेशी तथा विदेशी पर्यवेक्षक, सुरक्षाको लागि खटिएका कर्मचारी, र आयोग वा निर्वाचन अधिकृतबाट अनुमति पाएका व्यक्तिहरुमात्र मतगणना स्थलमा बस्न पाउँछन्। 

कस्तो अवस्थामा स्थगित हुन्छ मतगणना?
मतगणनाको काम समाप्त हुनुभन्दा पहिले सो मतगणनाको कार्य लगातार जारी राख्न नसक्ने काबु बाहिरको परिस्थिति सिर्जना भएमा निर्वाचन अधिकृतले मतगणना समाप्त हुनुभन्दा पहिले सो मतगणना कार्य स्थगित गर्न सक्ने व्यवस्था निर्देशिकामा गरिएको छ। 

मत बराबर भएमा के गर्ने?
सम्बन्धित निर्वाचन क्षेत्रमा मतदान भएको सबै मतदान केन्द्रको मतपत्र मतगणना कार्य समाप्त भएपछि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा दुई वा दुई भन्दा बढी उम्मेदवारले प्राप्त गरेको सदर मत बराबर भई निर्वाचित उम्मेदवार छुट्याउन नसकिने भएमा निर्वाचन अधिकृतले त्यसरी बराबर मत पाउने उम्मेदवारहरूबीच गोला हाली निर्णय गर्नुपर्नेछ।

नतिजा घोषणाः
पहिलो हुने निर्वाचित हुने निर्वाचन  (प्रत्यक्ष) प्रणाली बमोजिमको निर्वाचनको हकमा सबैभन्दा बढी सदर मत पाउने उम्मेदवार निर्वाचित भएको प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को अनुसूची–८१ बमोजिमको घोषणा तयार गरी एकप्रति आफ्नो कार्यालयमा प्रकाशन गरी एक प्रति आयोगमा पठाउनु पर्ने व्यवस्था छ।

निर्देशिकाले उल्लेख गरेको उक्त व्यवस्थालाई पूर्ण गरेर आयोगले ८ दिनभित्र सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। त्यस्तै, मंसिर २२ गतेसम्ममा सपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने आयोगको तयारी रहेको प्रमुख आयुक्त थपलियाले बताएका छन्। 

सम्पूर्ण मतगणना ८ दिनभित्रमा सक्ने तयारी छ। मंसिर २२ गतेभित्र अन्तिम प्रतिवेदन तयारी गर्नेगरी आयोगको रणनीति बनेको छ,’ आयुक्त थपलियाले भने। 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:०४
  • #चुनाव_२०७९
  • #मतगणना–प्नक्रिया

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अपर त्रिशूलीका तीनवटै सुरुङमा उद्धार टोली पुग्न सकेन
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ
बाढीमा बेपत्ता आफ्ना पाँच नागरिक खोजिदिन जापानी प्रधानमन्त्रीको आग्रह
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
अपर त्रिशूलीका तीनवटै सुरुङमा उद्धार टोली पुग्न सकेन मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
बाढीमा बेपत्ता आफ्ना पाँच नागरिक खोजिदिन जापानी प्रधानमन्त्रीको आग्रह मंगलबार, भदौ १६, २०८३
बाढी प्रभावित १२० साइटमध्ये ११३ सञ्चालनमा, टेलिकमले थप तीन साइट चलायो मंगलबार, भदौ १६, २०८३
सिटी एक्सप्रेसले बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्