• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

विवेक पुर्‍याउनुपर्ने बेला 

64x64
नेपाल लाइभ शनिबार, मंसिर ३, २०७९  १६:१६
1140x725

यतिबेला आमनिर्वाचनको प्रतीक्षा छ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगको भनाइ छ। आइतबार (मंसिर ४ गते) हुने निर्वाचनले प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधि सभाका २७५ र ७ वटा प्रदेश सभाका ५५० सदस्यको छिनोफानो गर्नेछ। र मुलुकको आगामी दिनको पनि संकेत गर्नेछ। यतिबेला सबैको ध्यान मतदाताको विवेक प्रयोगमा छ। त्यसैले मतदातालाई शक्तिशाली ठानिने समयमा हामी आइपुगेका छौँ। त्यो शक्ति प्रयोगमा विवेक हाबी भयो भने हाम्रो आगामी दिनहरु पक्कै पनि सहज हुँदै जानेछन्।

मतमार्फत् आफ्नो सार्वभौमिकता आफ्ना जनप्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने यो अवसरको सदुपयोग गर्नु सबैको दायित्व हो। त्यसका लागि मतदातालाई मताधिकार प्रयोग गर्दैगर्दा निर्धक्क र सचेत हुन तथा अन्य सरोकारवालाहरुलाई त्यस खालको वातावरण तयार गर्न भूमिका खेल्न नेपाल लाइभ आग्रह गर्छ। अर्कोतिर, बढीभन्दा बढी मतदातालाई मतदान प्रक्रियामा सहभागी बनाउन र उनीहरुलाई उम्मेदवार तथा दलका घोषित नीति र अजेन्डाले बाहेक अन्य क्षणिक विषयले प्रभावित नबनाओस् भन्ने सुनिश्चितता होस् भन्ने हाम्रो अपेक्षा छ।

मुलुकमा गएको स्थानीय निर्वाचनदेखि नै परिवर्तनको हावा चलेको सञ्चार माध्यमहरुले रिपोर्ट गर्दै आएका थिए। तर आफैं नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाबमा रहेको नेतृत्वले परिवर्तनको त्यो चाहनालाई आत्मसात् गर्न सकेको देखिएन। टिकट वितरण गर्दा आफ्नो कार्यशैलीमाथि कुनै पनि प्रश्न नउठाउने समर्थकहरुलाई प्राथमिकता दिइयो। त्यसैले यो निर्वाचनले केही स्थानमा अनपेक्षित नतिजा पनि प्रदर्शन गर्न सक्छ। तर मुलुक सञ्चालन गर्ने भनेको प्रमुख दलहरुकै जिम्मेवारी हो र त्यसको लागि दलहरुभित्र आन्तरिक लोकतन्त्रको अभ्यासलाई बलियो बनाउनुको विकल्प छैन।

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ संविधान जारी भएपछि दोस्रोपटक निर्वाचन हुन लागेको हो। त्यसैले हामीसँग संविधानको कार्यान्वयनलाई अझै बढी सहज बनाउनुपर्ने र विगतका अनुभवबाट सिक्नुपर्ने दायित्व छ। किनकि, मतदान मतादाता स्वयं र मुलुकको भविष्यको मार्गचित्र पनि हो। त्यसैले हाम्रो मतदानमा विगतको अनुभव र भविष्यको अपेक्षा प्रतिबिम्बित हुन सक्यो भने मात्र यो निर्वाचन सार्थक हुनसक्छ।

२०७४ को निर्वाचनमा व्यक्त जनादेशको सम्मान हुन सक्यो कि सकेन? २०७४ मा जुन वाचालाई विश्वास गरिएको थियो र जस्ता अपेक्षा राखिएको थियो, ती पूरा भए कि भएनन् वा पूरा गराउने प्रयत्न भए कि भएनन्? निर्वाचनमा विजयी भएर सदनमा पुग्नेहरुले मतदाताको आवाजलाई त्यहाँ सुनाए कि सुनाएनन्? ती मतदाताका प्रतिनिधि बने कि आफूलाई विशिष्ट प्राणीको रुपमा प्रस्तुत गरे? यसबीच कोरोना महामारीको अप्ठ्यारो समयमा ती मतदाताका लागि बोले कि बोलेनन्? जितेर जाने सांसदको भूमिका कस्तो रह्यो, जिताएर पठाएका सांसद सम्मिलित दलको भूमिका कस्तो रह्यो? ५ वर्षअघि गरेको आफ्नै वाचाप्रति को इमानदार भयो, को भएन? सदनमा को नियमित रह्यो, कानुन निर्माणमा को सक्रिय रह्यो? कुन दलले कस्ता नीति निर्माणमा कस्तो भूमिका खेल्यो? मतदानअघि आम मानिसले विचार गर्नुपर्ने सवाल यिनै हुन्।

त्यस्तै, जितेर जानेहरुले संविधानको कार्यान्वयनमा भूमिका खेले कि यसलाई धक्का दिए? प्रतिनिधि सभाको सहज सञ्चालन र यसको प्रभावकारी भूमिकाका लागि सहयोगी भए कि बलमिच्याइँद्वारा यसलाई पंगु बनाउन भूमिका खेले? सिधै भन्दा, सर्वोच्च अदालतले नै असंवैधानिक ठहर गरिदिएको दुई पटकको प्रतिनिधि सभा विघटनका बेलामा कुन सांसदको भूमिका के थियो? ती जनताको सर्वोच्च संस्थाको बचाउ र त्यसको प्रभावकारी उपस्थितिको पक्षमा थिए कि सत्तासीनको तालमा नाच्दै थिए? कस्ता उम्मेदवारलाई पुन: सांसद बनाउँदा यो संविधान र प्रणालीको रक्षा हुन सक्छ? कस्तालाई पराजित गर्दा यो संविधानमाथिको खतरा टर्छ? को उम्मेदवार समयको गतिलाई तीव्रताका साथ अगाडि बढाउन प्रयत्नमा प्रतिबद्ध छ, को उम्मेदवार पछाडि फर्काउने जिद्दी गरिरहेको छ? को आफ्ना व्यवसाय र संलग्न पेसाको हित सुरक्षितका लागि सांसद बन्न खोज्दैछ, को नागरिकको बृहत्तर हितको लागि समर्पित छ? मतदानअघि मतदाताले ख्याल गर्नसक्ने विषय यी पनि हुनसक्छन्। जसले उम्मेदवार चयनमा सहजता प्रदान गरोस्।

मतदानका समयमा विगतप्रति मात्रै होइन, भविष्यप्रति पनि दृष्टि पुर्याकउनु जरुरी छ। खासगरी हाम्रा विकास र समृद्धिका लक्ष्यका सारथि खोज्नुपर्ने समय हो यो। कस्ता पार्टी र उम्मेदवारहरुलाई जिताउँदा हाम्रा संविधानले तोकेका लक्ष्य र आम नागरिकका सामूहिक अपेक्षा पूरा हुन्छन्? कुन पार्टी र उम्मेदवार त्यसका लागि सहयोगी बन्न सक्छन्? कसले आम मानिसका प्रश्नलाई सदनमा पुर्‍याउँछन्? निश्चित स्वार्थी समूहका फाइदामा ल्याइने नीतिका विरुद्धमा को बोल्छन्? आम जनताको हितका लागि ल्याउनैपर्ने नीतिका लागि को प्रतिबद्ध भएर लाग्छन्? यस्ता सवालमा घोत्लिन र उम्मेदवारहरुको परख गर्न सकियो भने मात्रै हाम्रो मतको सदुपयोग हुन जान्छ। र आगामी ५ वर्ष हामीले पछुतोमा बिताउनुपर्ने छैन।
 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १६:१६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्