• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

विवेक पुर्‍याउनुपर्ने बेला 

64x64
नेपाल लाइभ शनिबार, मंसिर ३, २०७९  १६:१६
1140x725

यतिबेला आमनिर्वाचनको प्रतीक्षा छ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगको भनाइ छ। आइतबार (मंसिर ४ गते) हुने निर्वाचनले प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधि सभाका २७५ र ७ वटा प्रदेश सभाका ५५० सदस्यको छिनोफानो गर्नेछ। र मुलुकको आगामी दिनको पनि संकेत गर्नेछ। यतिबेला सबैको ध्यान मतदाताको विवेक प्रयोगमा छ। त्यसैले मतदातालाई शक्तिशाली ठानिने समयमा हामी आइपुगेका छौँ। त्यो शक्ति प्रयोगमा विवेक हाबी भयो भने हाम्रो आगामी दिनहरु पक्कै पनि सहज हुँदै जानेछन्।

मतमार्फत् आफ्नो सार्वभौमिकता आफ्ना जनप्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने यो अवसरको सदुपयोग गर्नु सबैको दायित्व हो। त्यसका लागि मतदातालाई मताधिकार प्रयोग गर्दैगर्दा निर्धक्क र सचेत हुन तथा अन्य सरोकारवालाहरुलाई त्यस खालको वातावरण तयार गर्न भूमिका खेल्न नेपाल लाइभ आग्रह गर्छ। अर्कोतिर, बढीभन्दा बढी मतदातालाई मतदान प्रक्रियामा सहभागी बनाउन र उनीहरुलाई उम्मेदवार तथा दलका घोषित नीति र अजेन्डाले बाहेक अन्य क्षणिक विषयले प्रभावित नबनाओस् भन्ने सुनिश्चितता होस् भन्ने हाम्रो अपेक्षा छ।

मुलुकमा गएको स्थानीय निर्वाचनदेखि नै परिवर्तनको हावा चलेको सञ्चार माध्यमहरुले रिपोर्ट गर्दै आएका थिए। तर आफैं नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाबमा रहेको नेतृत्वले परिवर्तनको त्यो चाहनालाई आत्मसात् गर्न सकेको देखिएन। टिकट वितरण गर्दा आफ्नो कार्यशैलीमाथि कुनै पनि प्रश्न नउठाउने समर्थकहरुलाई प्राथमिकता दिइयो। त्यसैले यो निर्वाचनले केही स्थानमा अनपेक्षित नतिजा पनि प्रदर्शन गर्न सक्छ। तर मुलुक सञ्चालन गर्ने भनेको प्रमुख दलहरुकै जिम्मेवारी हो र त्यसको लागि दलहरुभित्र आन्तरिक लोकतन्त्रको अभ्यासलाई बलियो बनाउनुको विकल्प छैन।

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ संविधान जारी भएपछि दोस्रोपटक निर्वाचन हुन लागेको हो। त्यसैले हामीसँग संविधानको कार्यान्वयनलाई अझै बढी सहज बनाउनुपर्ने र विगतका अनुभवबाट सिक्नुपर्ने दायित्व छ। किनकि, मतदान मतादाता स्वयं र मुलुकको भविष्यको मार्गचित्र पनि हो। त्यसैले हाम्रो मतदानमा विगतको अनुभव र भविष्यको अपेक्षा प्रतिबिम्बित हुन सक्यो भने मात्र यो निर्वाचन सार्थक हुनसक्छ।

२०७४ को निर्वाचनमा व्यक्त जनादेशको सम्मान हुन सक्यो कि सकेन? २०७४ मा जुन वाचालाई विश्वास गरिएको थियो र जस्ता अपेक्षा राखिएको थियो, ती पूरा भए कि भएनन् वा पूरा गराउने प्रयत्न भए कि भएनन्? निर्वाचनमा विजयी भएर सदनमा पुग्नेहरुले मतदाताको आवाजलाई त्यहाँ सुनाए कि सुनाएनन्? ती मतदाताका प्रतिनिधि बने कि आफूलाई विशिष्ट प्राणीको रुपमा प्रस्तुत गरे? यसबीच कोरोना महामारीको अप्ठ्यारो समयमा ती मतदाताका लागि बोले कि बोलेनन्? जितेर जाने सांसदको भूमिका कस्तो रह्यो, जिताएर पठाएका सांसद सम्मिलित दलको भूमिका कस्तो रह्यो? ५ वर्षअघि गरेको आफ्नै वाचाप्रति को इमानदार भयो, को भएन? सदनमा को नियमित रह्यो, कानुन निर्माणमा को सक्रिय रह्यो? कुन दलले कस्ता नीति निर्माणमा कस्तो भूमिका खेल्यो? मतदानअघि आम मानिसले विचार गर्नुपर्ने सवाल यिनै हुन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यस्तै, जितेर जानेहरुले संविधानको कार्यान्वयनमा भूमिका खेले कि यसलाई धक्का दिए? प्रतिनिधि सभाको सहज सञ्चालन र यसको प्रभावकारी भूमिकाका लागि सहयोगी भए कि बलमिच्याइँद्वारा यसलाई पंगु बनाउन भूमिका खेले? सिधै भन्दा, सर्वोच्च अदालतले नै असंवैधानिक ठहर गरिदिएको दुई पटकको प्रतिनिधि सभा विघटनका बेलामा कुन सांसदको भूमिका के थियो? ती जनताको सर्वोच्च संस्थाको बचाउ र त्यसको प्रभावकारी उपस्थितिको पक्षमा थिए कि सत्तासीनको तालमा नाच्दै थिए? कस्ता उम्मेदवारलाई पुन: सांसद बनाउँदा यो संविधान र प्रणालीको रक्षा हुन सक्छ? कस्तालाई पराजित गर्दा यो संविधानमाथिको खतरा टर्छ? को उम्मेदवार समयको गतिलाई तीव्रताका साथ अगाडि बढाउन प्रयत्नमा प्रतिबद्ध छ, को उम्मेदवार पछाडि फर्काउने जिद्दी गरिरहेको छ? को आफ्ना व्यवसाय र संलग्न पेसाको हित सुरक्षितका लागि सांसद बन्न खोज्दैछ, को नागरिकको बृहत्तर हितको लागि समर्पित छ? मतदानअघि मतदाताले ख्याल गर्नसक्ने विषय यी पनि हुनसक्छन्। जसले उम्मेदवार चयनमा सहजता प्रदान गरोस्।

मतदानका समयमा विगतप्रति मात्रै होइन, भविष्यप्रति पनि दृष्टि पुर्याकउनु जरुरी छ। खासगरी हाम्रा विकास र समृद्धिका लक्ष्यका सारथि खोज्नुपर्ने समय हो यो। कस्ता पार्टी र उम्मेदवारहरुलाई जिताउँदा हाम्रा संविधानले तोकेका लक्ष्य र आम नागरिकका सामूहिक अपेक्षा पूरा हुन्छन्? कुन पार्टी र उम्मेदवार त्यसका लागि सहयोगी बन्न सक्छन्? कसले आम मानिसका प्रश्नलाई सदनमा पुर्‍याउँछन्? निश्चित स्वार्थी समूहका फाइदामा ल्याइने नीतिका विरुद्धमा को बोल्छन्? आम जनताको हितका लागि ल्याउनैपर्ने नीतिका लागि को प्रतिबद्ध भएर लाग्छन्? यस्ता सवालमा घोत्लिन र उम्मेदवारहरुको परख गर्न सकियो भने मात्रै हाम्रो मतको सदुपयोग हुन जान्छ। र आगामी ५ वर्ष हामीले पछुतोमा बिताउनुपर्ने छैन।
 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १६:१६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्